ताजा
बाँकेको बैजनाथका विद्यालयमा सरसफाइ र वृक्षारोपण गर्दै मनाइयो वातावरण दिवस  ||    विद्यार्थी तथा युवामैत्री नीति बनाउन नेविसंघद्वारा कर्णाली प्रदेश सरकारलाई आग्रह  ||    सुर्खेतमा कर्णाली प्रदेश युवा सम्मेलन सुरु, युवाको सहभागितामार्फत विकासमा जोड  ||    कालीकोटका छोरीहरू भन्छन्, ‘आत्मविश्वासले मात्र छोरीहरूलाई आत्मनिर्भर बनाउँछ’  ||    ‘छोरीलाई दया भाव नभई अवसर चाहिएको छ’  ||    कर्णालीका दुर्गम बस्ती अझै राज्यको मूलधारबाट टाढा छन्: सोनाम भुट्टी  ||    नयाँ बजेटप्रति डोल्पाबासी छैनन् सन्तुष्टि   ||    डोल्पा, जाजरकोट र रुकुम पश्चिमबीच निरन्तर सहकार्य र समन्वय गर्ने सहमति  ||   
शनिबार , जेठ २३, २०८३

सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गत फागुन २१को चुनावमा आफ्नो पार्टीले प्रत्यक्षतर्फ निर्वाचन जित्न नसकेको क्षेत्रमा समानुपातिक सांसदलाई जिम्मेवारी दिएको छ ।

आइतबार रास्वपाको केन्द्रीय सचिवालय बैठकले प्रतक्ष्य निर्वाचित सांसदहरू नभएका क्षेत्रमा समानुपातिक सांसदलाई जिम्मेवारी तोक्ने निर्णय गरेको थियो ।

सोही अनुसार आज मंगलबार प्रतक्ष्य निर्वाचित सांसद नभएका क्षेत्रमा जिम्मेवारी तोकेको रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।

रास्वपाका अनुसार कर्णालीका ११ निर्वाचन क्षेत्र सहित जित्न सकेको देशभरका ४० निर्वाचन क्षेत्रको लागि समानुपातिक सांसदलाई जिम्मेवारी तोकेको छ ।

महामन्त्री बुर्लाकोटीका अनुसार डोल्पाको जिम्मेवारी समानुपातिक सांसद विधुषी राणालाई दिइएको छ । त्यस्तै सुर्खेत निर्वाचन क्षेत्र १ मा अमृता विक, जाजरकोटमा प्रभा ढकाल, कालीकोटमा ज्ञानु पौड्याल, जुम्लामा समिना मिया , दैलेख-१ मा कुसुम महर्जन र दैलेख-२ मा श्रद्धा कुवर क्षत्री, मुगुमा खगेन्द्र कर्ण , रुकुम पश्चिममा सुरेन्द्र चौधरी, सल्यानमा खिमा विक, हुम्लामा सरिता महतोलाई जिम्मेवारी दिइएको छ ।

रास्वपाले फागुन २१ गते सम्पन्न भएको प्रतिनिधि सभा निर्वाचनमा सुर्खेत-२ बाहेक कर्णालीका सबै निर्वाचन क्षेत्रमा पराजय भोगेका थियो ।

निर्वाचन क्षेत्रको समस्या र मागहरू सहजै सम्बोधन गर्ने उद्देश्यले पराजय भोगेका क्षेत्रमा रास्वपाले जिम्मेवारी तोकेको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पालाई आर्थिक केन्द्र बनाउने पाँच एजेन्डा प्रधानमन्त्री समक्ष लैजाने तयारी

सांसद बुढाद्वारा डोल्पाको साझा विकासका एजेन्डा तय गर्न सर्वदलीय छलफल आह्वान 

डोल्पा सडक अनियमितता प्रकरण: विशेष अदालतद्वारा ३ जना दोषी ठहर, अन्यलाई सफाइ

डोल्पाका यार्सापाटनमा लुकीछिपी प्रवेश गर्न खोज्ने १५ जना पक्राउ

डोल्पाबाट पञ्चकोशी दर्शन गर्न दैलेख पुगेका एक तीर्थालुको पानीमा डुबेर मृत्यु

डोल्पामा लुकीछिपी यार्सागुम्बा चोर्न जाने ८ जना पक्राउ 


TOP