ताजा
बाँकेको बैजनाथका विद्यालयमा सरसफाइ र वृक्षारोपण गर्दै मनाइयो वातावरण दिवस  ||    विद्यार्थी तथा युवामैत्री नीति बनाउन नेविसंघद्वारा कर्णाली प्रदेश सरकारलाई आग्रह  ||    सुर्खेतमा कर्णाली प्रदेश युवा सम्मेलन सुरु, युवाको सहभागितामार्फत विकासमा जोड  ||    कालीकोटका छोरीहरू भन्छन्, ‘आत्मविश्वासले मात्र छोरीहरूलाई आत्मनिर्भर बनाउँछ’  ||    ‘छोरीलाई दया भाव नभई अवसर चाहिएको छ’  ||    कर्णालीका दुर्गम बस्ती अझै राज्यको मूलधारबाट टाढा छन्: सोनाम भुट्टी  ||    नयाँ बजेटप्रति डोल्पाबासी छैनन् सन्तुष्टि   ||    डोल्पा, जाजरकोट र रुकुम पश्चिमबीच निरन्तर सहकार्य र समन्वय गर्ने सहमति  ||   
शुक्रबार , जेठ २२, २०८३

काठमाडौं । गृह मन्त्री सुदन गुरुङले पदबाट राजीनामा दिएका छन्। उनले आफूविरुद्ध उठेका शेयर सम्बन्धी प्रश्न, टिप्पणी र जनचासोलाई गम्भीर रूपमा लिँदै निष्पक्ष छानबिनका लागि मार्ग प्रशस्त गर्न पद त्याग गरेको बताएका छन्।

गुरुङले २०८२ चैत १३ गतेदेखि गृह मन्त्रीको जिम्मेवारी सम्हाल्दै आएका थिए। पछिल्ला दिनहरूमा नागरिक तहबाट उठेका विभिन्न जिज्ञासा र आरोपप्रति प्रतिक्रिया दिँदै उनले पदभन्दा ठूलो नैतिकता र जनविश्वास भएको उल्लेख गरेका छन्।

उनले जारी गरेको वक्तव्यमा देशमा सुशासन, पारदर्शिता र जवाफदेहिताको माग गर्दै उठिरहेको युवा पुस्ताको आवाजलाई पनि सम्मान गर्नुपर्ने बताएका छन्। ‘सार्वजनिक जीवन स्वच्छ हुनुपर्छ र नेतृत्व उत्तरदायी हुनुपर्छ’ उनले भनेका छन्।

निष्पक्ष छानबिनमा कुनै प्रभाव नपरोस् र ‘कन्फ्लिक्ट अफ इन्टरेस्ट’ नदेखियोस् भन्ने उद्देश्यले आफूले तत्काल लागू हुने गरी राजीनामा दिएको गुरुङले स्पष्ट पारेका छन्।

उनले आफूले नैतिक जिम्मेवारी पूरा गरेको दाबी गर्दै सञ्चारकर्मी, नागरिक समाज र युवाहरूलाई सत्य, इमानदारी र आत्मशुद्धिको बाटोमा उभिन आह्वान गरेका छन्। साथै, उनले मिडिया क्षेत्रभित्र समेत पारदर्शिता आवश्यक रहेको बताएका छन ।

सरकारमा उनको राजीनामापछि अब गृह मन्त्रालयको जिम्मेवारी कसले सम्हाल्ने भन्नेबारे चासो बढेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पालाई आर्थिक केन्द्र बनाउने पाँच एजेन्डा प्रधानमन्त्री समक्ष लैजाने तयारी

सांसद बुढाद्वारा डोल्पाको साझा विकासका एजेन्डा तय गर्न सर्वदलीय छलफल आह्वान 

डोल्पा सडक अनियमितता प्रकरण: विशेष अदालतद्वारा ३ जना दोषी ठहर, अन्यलाई सफाइ

डोल्पाका यार्सापाटनमा लुकीछिपी प्रवेश गर्न खोज्ने १५ जना पक्राउ

डोल्पाबाट पञ्चकोशी दर्शन गर्न दैलेख पुगेका एक तीर्थालुको पानीमा डुबेर मृत्यु

डोल्पामा लुकीछिपी यार्सागुम्बा चोर्न जाने ८ जना पक्राउ 


TOP