ताजा
बाँकेको बैजनाथका विद्यालयमा सरसफाइ र वृक्षारोपण गर्दै मनाइयो वातावरण दिवस  ||    विद्यार्थी तथा युवामैत्री नीति बनाउन नेविसंघद्वारा कर्णाली प्रदेश सरकारलाई आग्रह  ||    सुर्खेतमा कर्णाली प्रदेश युवा सम्मेलन सुरु, युवाको सहभागितामार्फत विकासमा जोड  ||    कालीकोटका छोरीहरू भन्छन्, ‘आत्मविश्वासले मात्र छोरीहरूलाई आत्मनिर्भर बनाउँछ’  ||    ‘छोरीलाई दया भाव नभई अवसर चाहिएको छ’  ||    कर्णालीका दुर्गम बस्ती अझै राज्यको मूलधारबाट टाढा छन्: सोनाम भुट्टी  ||    नयाँ बजेटप्रति डोल्पाबासी छैनन् सन्तुष्टि   ||    डोल्पा, जाजरकोट र रुकुम पश्चिमबीच निरन्तर सहकार्य र समन्वय गर्ने सहमति  ||   
शुक्रबार , जेठ २२, २०८३

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्यकर्मीमाथि भएको अभद्र व्यवहारपछि अवरुद्ध सेवा पुनः सञ्चालनमा आएको छ।

युवा अभियन्ता भनेर चिनिएका उपेन्द्र बुढथापा र नरेन्द्र बुढथापाले चिकित्सकहरूसँग माफी माग्दै आगामी दिनमा यस्तो व्यवहार नदोहोर्‍याउने लिखित प्रतिबद्धता जनाएपछि सेवा नियमित भएको हो।

बुधबार ड्युटीमा रहेका स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार र धम्की दिइएको घटनापछि सुरक्षाको माग गर्दै स्वास्थ्यकर्मीहरूले बिहीबार बिहानदेखि आकस्मिकबाहेकका सबै सेवा ठप्प पारेका थिए।

प्रतिष्ठानका रजिष्ट्रार एवं प्रवक्ता लक्ष्मीचन्द्र महतका अनुसार दुर्व्यवहारमा संलग्न युवाहरूले आफ्नो गल्ती स्वीकार गर्दै माफी मागेपछि दुवै पक्षबीच सहमति भएको हो।

“उहाँहरूले अबदेखि यस्तो व्यवहार नगर्ने प्रतिबद्धता जनाउनुभयो, र पीडित पक्षले पनि विषयलाई धेरै नचर्काउने भन्दै सहमति जनायो,” महतले बताए।

घटनापछि केही समय प्रतिष्ठानको वातावरण तनावपूर्ण बनेको थियो। सामाजिक अभियन्ताको नाममा केही युवाहरूले विभिन्न विभागमा पुगेर स्वास्थ्यकर्मीलाई गालीगलौज र धम्की दिएको बताइएको छ।

सेवा अवरुद्ध भएपछि बिहान १० बजेदेखि वार्ता सुरु गरिएको थियो। वार्तामा उपकुलपति डा. पुजन रोकाया, डीन डा. प्रेनित पोखरेल, रजिष्ट्रार महत तथा विवेक पुन मगर लगायतको टोलीले सहजीकरण गरेका थिए। सहमति पश्चात् प्रतिष्ठानका सम्पूर्ण सेवा पुनः सुचारु भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पालाई आर्थिक केन्द्र बनाउने पाँच एजेन्डा प्रधानमन्त्री समक्ष लैजाने तयारी

सांसद बुढाद्वारा डोल्पाको साझा विकासका एजेन्डा तय गर्न सर्वदलीय छलफल आह्वान 

डोल्पा सडक अनियमितता प्रकरण: विशेष अदालतद्वारा ३ जना दोषी ठहर, अन्यलाई सफाइ

डोल्पाका यार्सापाटनमा लुकीछिपी प्रवेश गर्न खोज्ने १५ जना पक्राउ

डोल्पाबाट पञ्चकोशी दर्शन गर्न दैलेख पुगेका एक तीर्थालुको पानीमा डुबेर मृत्यु

डोल्पामा लुकीछिपी यार्सागुम्बा चोर्न जाने ८ जना पक्राउ 


TOP