ताजा
बाँकेको बैजनाथका विद्यालयमा सरसफाइ र वृक्षारोपण गर्दै मनाइयो वातावरण दिवस  ||    विद्यार्थी तथा युवामैत्री नीति बनाउन नेविसंघद्वारा कर्णाली प्रदेश सरकारलाई आग्रह  ||    सुर्खेतमा कर्णाली प्रदेश युवा सम्मेलन सुरु, युवाको सहभागितामार्फत विकासमा जोड  ||    कालीकोटका छोरीहरू भन्छन्, ‘आत्मविश्वासले मात्र छोरीहरूलाई आत्मनिर्भर बनाउँछ’  ||    ‘छोरीलाई दया भाव नभई अवसर चाहिएको छ’  ||    कर्णालीका दुर्गम बस्ती अझै राज्यको मूलधारबाट टाढा छन्: सोनाम भुट्टी  ||    नयाँ बजेटप्रति डोल्पाबासी छैनन् सन्तुष्टि   ||    डोल्पा, जाजरकोट र रुकुम पश्चिमबीच निरन्तर सहकार्य र समन्वय गर्ने सहमति  ||   
शनिबार , जेठ २३, २०८३

डोल्पा। हिमाली जिल्ला डोल्पाको शे- फोक्सुण्डो गाउँपालिकाद्वारा पालिका भित्र सडक र इन्टरनेटको समस्या समाधानको लागि प्रदेश सरकारसंग पहल गरिएको छ ।

शे-फोक्सुण्डो गाउँपालिकाका अध्यक्ष धावा सम्डुक गुरुङको नेतृत्वमा गएको टोलीले शुक्रबार कर्णाली प्रदेशका मुख्यमन्त्री र भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री शेरबहादुर बुढासँग पालिका भित्र सडक निर्माण र नेटवर्क विस्तारको लागि आवश्यक सहयोग र समन्वयको आग्रह गरेको हो ।

अध्यक्ष गुरुङका अनुसार भेटका क्रममा पालिकाको सिङथुप्रा-रिखे-पुग्मो हुँदै दुनै जोड्ने महत्वपूर्ण सडक योजनाका लागि चालु आर्थिक वर्ष २०८२/०८३ मा बजेट सुनिश्चित हुन नसकेको जानकारी गराउँदै आगामी आर्थिक वर्ष २०८३/०८४ मा बहुवर्षीय योजनाका रूपमा समावेश गरी बजेट व्यवस्था गर्न अनुरोध गरिएको छ।
उक्त सडक निर्माण भएमा गाउँपालिका केन्द्र र जिल्ला सदरमुकामबीचको दूरी घट्ने, यातायात पहुँच विस्तार हुने तथा पर्यटन विकासमा समेत टेवा पुग्ने अध्यक्ष गुरूङले बताए ।
गाउँपालिकाले यसअघि नै सडक सञ्जाल अभावका कारण सेवा प्रवाह, स्वास्थ्य सेवा, विपद् व्यवस्थापन र आर्थिक गतिविधिमा असर परेको उल्लेख गर्दै योजना अघि बढाउन सरकारलाई आग्रह गर्दै आएको थियो। योजनाको प्रारम्भिक खण्डको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) समेत तयार भइसकेको पालिकाले जनाएको छ।

यसैगरी, गाउँपालिकाका माथिल्ला सात वडामा विगत करिब ६ महिनादेखि इन्टरनेट सेवा अवरुद्ध रहेको विषय पनि उठाइएको छ।
वर्ल्डलिङ्क कम्युनिकेशनमार्फत सञ्चालित इन्टरनेटसेवा प्रभावकारी रूपमा सञ्चालन हुन नसक्दा अनलाइन सेवा, शिक्षा तथा प्रशासनिक कामकाज प्रभावित बनेको गाउँपालिकाको भनाइ छ। सेवा प्रदायकसँग पटक–पटक समन्वय गर्दा पनि समस्या समाधान नभएपछि प्रदेश सरकारसंग सहयोग माग्नु परेको अध्यक्ष गुरूङको जानकारी दिए ।

भेटमा मुख्यमन्त्री यामलाल कडेलले प्रमुख सचिवमार्फत आवश्यक पहल गरी समस्या समाधानका लागि समन्वय गर्ने आश्वासन दिएका छन्।
गाउँपालिकाले सडक र इन्टरनेट दुवैको समस्या समाधान भएमा स्थानीय नागरिकको जीवनस्तर सुधार हुने देखि सेवा प्रवाह थप प्रभावकारी बन्ने बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पालाई आर्थिक केन्द्र बनाउने पाँच एजेन्डा प्रधानमन्त्री समक्ष लैजाने तयारी

सांसद बुढाद्वारा डोल्पाको साझा विकासका एजेन्डा तय गर्न सर्वदलीय छलफल आह्वान 

डोल्पा सडक अनियमितता प्रकरण: विशेष अदालतद्वारा ३ जना दोषी ठहर, अन्यलाई सफाइ

डोल्पाका यार्सापाटनमा लुकीछिपी प्रवेश गर्न खोज्ने १५ जना पक्राउ

डोल्पाबाट पञ्चकोशी दर्शन गर्न दैलेख पुगेका एक तीर्थालुको पानीमा डुबेर मृत्यु

डोल्पामा लुकीछिपी यार्सागुम्बा चोर्न जाने ८ जना पक्राउ 


TOP