ताजा
बाँकेको बैजनाथका विद्यालयमा सरसफाइ र वृक्षारोपण गर्दै मनाइयो वातावरण दिवस  ||    विद्यार्थी तथा युवामैत्री नीति बनाउन नेविसंघद्वारा कर्णाली प्रदेश सरकारलाई आग्रह  ||    सुर्खेतमा कर्णाली प्रदेश युवा सम्मेलन सुरु, युवाको सहभागितामार्फत विकासमा जोड  ||    कालीकोटका छोरीहरू भन्छन्, ‘आत्मविश्वासले मात्र छोरीहरूलाई आत्मनिर्भर बनाउँछ’  ||    ‘छोरीलाई दया भाव नभई अवसर चाहिएको छ’  ||    कर्णालीका दुर्गम बस्ती अझै राज्यको मूलधारबाट टाढा छन्: सोनाम भुट्टी  ||    नयाँ बजेटप्रति डोल्पाबासी छैनन् सन्तुष्टि   ||    डोल्पा, जाजरकोट र रुकुम पश्चिमबीच निरन्तर सहकार्य र समन्वय गर्ने सहमति  ||   
शनिबार , जेठ २३, २०८३

पूर्ण सार्की/ डोल्पा। डोल्पाको जगदुल्ला गाउँपालिकाको कुच्चे घट्टे खोला लघुजलविद्युत तीन महिनापछि सञ्चालनमा आएको छ ।

गत फागुन ९ गते विद्युतका मेसिन जलेर पूर्ण रूपमा अवरुद्ध भएको लघु जलविद्युत आयोजना तीन महिनापछि शुक्रबारदेखि सञ्चालनमा आएको जगदुल्ला गाउँपालिकाले जानकारी दिएको छ ।

पालिकाका अनुसार विद्युतको जेनेरेटर, टर्बाइन, ट्रान्सफर लगाएतका मेसिन जलेर नष्ट हुँदा पालिकाको ४,५,६ नम्बर वडाका झण्डै ४०० घरधुरी तीन महिना देखि अन्धकारमा बस्न बाध्य थिए । अहिले पालिकाले झण्डै २० लाख लागतमा विद्युतको जलेका सामग्रीको पाटपुर्जा ल्याई मर्मत गरेपछि पुनः सुचारु भएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्त बहादुर पाण्डेले जानकारी दिए ।

उनका अनुसार विद्युत अवरुद्ध हुँदा पालिका भित्र रहेको टेलिकमको टावर समेत अवरुद्ध भएको थियो । जसका कारण गाउँपालिकाको सेवा प्रवाहमा समस्या भै अनलाइन सेवाबाट हुने सबै सेवा प्रवाहमा समेत प्रभावित भएको उनले बताए ।

पालिका अनुसार गाउँमा विद्युत अवरुद्ध हुँदा नेपाल टेलिकमको टावरमा रहेको सोलार ब्याट्रीले काम नगरेको कारण दैनिक टावर अवरुद्ध हुने गरेको थियो । टावर अबरुद्ध भई असहज भएपछि अहिले पालिकाले आफै टावरसम्म बिजुली विस्तार गरेको समेत प्रमुख प्रशासकीय अधिकृत पाण्डेले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पालाई आर्थिक केन्द्र बनाउने पाँच एजेन्डा प्रधानमन्त्री समक्ष लैजाने तयारी

सांसद बुढाद्वारा डोल्पाको साझा विकासका एजेन्डा तय गर्न सर्वदलीय छलफल आह्वान 

डोल्पा सडक अनियमितता प्रकरण: विशेष अदालतद्वारा ३ जना दोषी ठहर, अन्यलाई सफाइ

डोल्पाका यार्सापाटनमा लुकीछिपी प्रवेश गर्न खोज्ने १५ जना पक्राउ

डोल्पाबाट पञ्चकोशी दर्शन गर्न दैलेख पुगेका एक तीर्थालुको पानीमा डुबेर मृत्यु

डोल्पामा लुकीछिपी यार्सागुम्बा चोर्न जाने ८ जना पक्राउ 


TOP