ताजा
बाँकेको बैजनाथका विद्यालयमा सरसफाइ र वृक्षारोपण गर्दै मनाइयो वातावरण दिवस  ||    विद्यार्थी तथा युवामैत्री नीति बनाउन नेविसंघद्वारा कर्णाली प्रदेश सरकारलाई आग्रह  ||    सुर्खेतमा कर्णाली प्रदेश युवा सम्मेलन सुरु, युवाको सहभागितामार्फत विकासमा जोड  ||    कालीकोटका छोरीहरू भन्छन्, ‘आत्मविश्वासले मात्र छोरीहरूलाई आत्मनिर्भर बनाउँछ’  ||    ‘छोरीलाई दया भाव नभई अवसर चाहिएको छ’  ||    कर्णालीका दुर्गम बस्ती अझै राज्यको मूलधारबाट टाढा छन्: सोनाम भुट्टी  ||    नयाँ बजेटप्रति डोल्पाबासी छैनन् सन्तुष्टि   ||    डोल्पा, जाजरकोट र रुकुम पश्चिमबीच निरन्तर सहकार्य र समन्वय गर्ने सहमति  ||   
शुक्रबार , जेठ २२, २०८३

पूर्ण सार्की/ डोल्पा। हिमाली जिल्ला डोल्पाको सडक, स्वास्थ्य, सञ्चार र ऊर्जा क्षेत्रमा विशेष बजेटको माग गरिएको छ ।

जिल्लाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य धन बहादुर बुढाले आर्थिक वर्ष २०८३/८४ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै डोल्पाका विभिन्न विकास आयोजनालाई प्राथमिकतामा राख्न सरकारसँग माग गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद बुढाले भेरी करिडोर अन्तर्गत तल्लु–दुनै सडक खण्डमा १४ वटा पुल निर्माणको लागि स्रोत सहमती दिएको भन्दै नेपाल सरकार र अर्थ मन्त्रालयलाई धन्यवाद व्यक्त गरे ।

उनले दुनै- लासिक्याप ३३ किलोमिटर सडक ट्रयाक खोल्ने जिम्मा नेपाली सेनालाई दिएको र उक्त आयोजनालाई तीव्र गतिमा अघि बढाउन आवश्यक बजेट विनियोजन गर्न आग्रह गरे।

२०७० सालदेखि निरन्तर डोल्पाका वास्तविक समस्या उजागर गर्दै आए पनि अझै अधिकांश समस्या समाधान हुन नसकेको भन्दै सांसद बुढाले सम्बन्धित निकायको ध्यानाकर्षण गराए।

उनले लासिक्याप–सिसौल सडक खण्ड निर्माणका लागि ३३ किलोमिटर सडक ट्रयाक खोल्ने जिम्मा नेपाली सेनाले पाएको उल्लेख गर्दै उक्त आयोजना तीव्र गतिमा अघि बढाउन आवश्यक बजेट विनियोजन गर्न आग्रह गरे। साथै मुस्ताङ हुँदै डोल्पाको छार्का, पिम्ली, कागकोट, लासिक्याप खण्डसम्म सडक ट्रयाक खोल्ने तथा स्तरोन्नति कार्यलाई प्राथमिकता दिन सरकारसँग माग गरे।

सांसद बुढाले ठूलीभेरी नगरपालिका, त्रिपुरासुन्दरी नगरपालिका, मुड्केचुला गाउँपालिका र जगदुल्ला गाउँपालिकामा रिङ रोड अवधारणासहित सडक स्तरोन्नति तथा कालोपत्रेका लागि बजेट सुनिश्चित गर्नुपर्ने बताए।

ऊर्जा क्षेत्रतर्फ उनले ३२८ मेगावाट क्षमताको भारबुङ जलाशययुक्त जलविद्युत आयोजनालाई राष्ट्रिय गौरवको आयोजना घोषणा गरी तीव्र मोडलमा तत्काल कार्यान्वयन गर्न माग गरे। यस्तै, आँखे खोला मिनी हाइड्रो ७५० किलोवाट आयोजनाको डिपिआर सम्पन्न भइसकेकाले तत्काल निर्माण प्रक्रिया अघि बढाउन आग्रह गरे।

सञ्चार क्षेत्रको समस्या उठाउँदै सांसद बुढाले डोल्पाका धेरै गाउँ अझै डिजिटल अन्धकारमा रहेको बताए। ‘टावर छ, सेवा छैन; मोबाइल छ, नेटवर्क छैन,’ भन्दै उनले डिजिटल डोल्पा र पूर्ण इन्टरनेटयुक्त डोल्पा बनाउन त्रिपुरासुन्दरी गाउँपालिकाका रंग, दापु, बन्तडी, हुम, मुहु, पहाडा, जीउ, सुं तथा ठूलीभेरी नगरपालिकाका रह र परीलामा तत्काल फोरजी सेवासहितका टावर निर्माण गर्न माग गरे। साथै शे-फोक्सुण्डो, डोल्पोबुद्ध, छार्का ताङ्सोङ र काइके गाउँपालिकामा फोरजी इन्टरनेट सेवा विस्तार गर्न सरकारसँग आग्रह गरे।

उनले दुनैस्थित डोल्पो क्याम्पसलाई आङ्गिक क्याम्पस बनाउन, त्रिपुराकोट मावि मद्दु र लक्ष्मी मावि थरगाउँ विद्यालयलाई स्थायी माध्यमिक विद्यालयको मान्यता दिन माग गरे।

स्वास्थ्य क्षेत्र सुधारका लागि माथिल्लो डोल्पा, मध्य डोल्पा र तल्लो डोल्पामा कम्तीमा ५ श्यया अस्पताल स्थापना गर्नुपर्ने उल्लेख गर्दै जिल्ला अस्पताल डोल्पामा अत्यावश्यक उपकरणसहित चिकित्सक आवास तत्काल निर्माण गर्नुपर्ने आवश्यकता औंल्याए।

त्यसैगरी खेलकुद क्षेत्र विकासका लागि मुड्केचुला गाउँपालिकाको सर्मी गाउँमा क्रिकेट रंगशाला निर्माणका लागि बजेट व्यवस्था गर्न उनले सरकारसँग माग गरे।

सांसद बुढाले मध्यपहाडी लोकमार्ग अन्तर्गत पूर्वी रुकुम–डोल्पा सडक खण्डको सिस्ने–काँडाताली–माझफाल हुँदै तातोपानी–रुपगाड–दुनै सडकका लागि बजेट व्यवस्था गर्न आग्रह गरे। यस्तै पूर्वी रुकुमको मैकोट, काइके, शहरतारा, ठागे, थाला, लोचा, तिब्ला हुँदै दुनैसम्म सडक विस्तारका लागि समेत बजेट आवश्यक रहेको बताए।

उनले दुनै–सुलीगाड–छेप्का–र्याचि–सुन्धुवा–पुग्मो–रिखे–नाम्दो–सा ल्दाङ–निजाल–कोमास–सिमेन–क्याटो नाकासम्म सडक निर्माण तथा स्तरोन्नतिका लागि बजेट माग गरे। साथै जुम्ला–डोल्पा सडक खण्ड अन्तर्गत मौरे, चौरीकोट हुँदै त्रिपुरासुन्दरी नगरपालिकासम्म सडक कालोपत्रेका लागि बजेट विनियोजन गर्नुपर्ने बताए।

सांसद बुढाले राष्ट्रिय विद्युत् प्रसारण लाइनलाई जिल्लाका गाउँगाउँसम्म यथाशीघ्र विस्तार गर्न तथा दुनैस्थित जैरीगाड लघु जलविद्युत आयोजना जीर्ण भएकाले तत्काल मर्मतसम्भारका लागि बजेट व्यवस्था गर्न पनि सरकारसँग माग गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पालाई आर्थिक केन्द्र बनाउने पाँच एजेन्डा प्रधानमन्त्री समक्ष लैजाने तयारी

सांसद बुढाद्वारा डोल्पाको साझा विकासका एजेन्डा तय गर्न सर्वदलीय छलफल आह्वान 

डोल्पा सडक अनियमितता प्रकरण: विशेष अदालतद्वारा ३ जना दोषी ठहर, अन्यलाई सफाइ

डोल्पाका यार्सापाटनमा लुकीछिपी प्रवेश गर्न खोज्ने १५ जना पक्राउ

डोल्पाबाट पञ्चकोशी दर्शन गर्न दैलेख पुगेका एक तीर्थालुको पानीमा डुबेर मृत्यु

डोल्पामा लुकीछिपी यार्सागुम्बा चोर्न जाने ८ जना पक्राउ 


TOP