ताजा
बाँकेको बैजनाथका विद्यालयमा सरसफाइ र वृक्षारोपण गर्दै मनाइयो वातावरण दिवस  ||    विद्यार्थी तथा युवामैत्री नीति बनाउन नेविसंघद्वारा कर्णाली प्रदेश सरकारलाई आग्रह  ||    सुर्खेतमा कर्णाली प्रदेश युवा सम्मेलन सुरु, युवाको सहभागितामार्फत विकासमा जोड  ||    कालीकोटका छोरीहरू भन्छन्, ‘आत्मविश्वासले मात्र छोरीहरूलाई आत्मनिर्भर बनाउँछ’  ||    ‘छोरीलाई दया भाव नभई अवसर चाहिएको छ’  ||    कर्णालीका दुर्गम बस्ती अझै राज्यको मूलधारबाट टाढा छन्: सोनाम भुट्टी  ||    नयाँ बजेटप्रति डोल्पाबासी छैनन् सन्तुष्टि   ||    डोल्पा, जाजरकोट र रुकुम पश्चिमबीच निरन्तर सहकार्य र समन्वय गर्ने सहमति  ||   
शुक्रबार , जेठ २२, २०८३

पूर्ण सार्की/ डोल्पा। हिमाली जिल्ला डोल्पाको माथिल्लो क्षेत्रबाट लेक लागेर बिमारी परेका एकजनाको उद्दार गरिएको छ ।

जिल्लाको उत्तरी क्षेत्रमा पर्ने माथिल्लो डोल्पाको शे-फोक्सुण्डो गाउँपालिका–३ साल्दाङमा लेक लागेर बिरामी भएका बर्दियाको मधुवन नगरपालिका २ गंगा पटुवा घर भएका अन्दाजी ३० वर्षीय चन्द्र बहादुर चौधरीलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जानकारी दिएको छ ।

प्रहरी अनुसार चौधरी फोक्सुण्डो गाउँपालिकाको नाममा रहेको बा १ ग ३६३६ नम्बरको स्काभेटर मर्मतका लागि जगदम्बा इन्जिनियर कम्पनी ललितपुरबाट मुस्ताङ हुँदै जेठ ३ गते साल्दाङ पुगेका थिए।

जेठ ४ गते बिहान करिब ११:३० बजे अचानक उनलाई स्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि साल्दाङ स्वास्थ्य चौकीमा लगिएको थियो।

स्थानीय स्वास्थ्य चौकीमा समेत औषधि उपचार हुन नसकेपछि गाउँपालिका अध्यक्ष धावा सुम्दुक गुरुङको समन्वयमा थप उपचारको लागि मंगलबार नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरी प्रदेश हस्पिटल सुर्खेत पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पालाई आर्थिक केन्द्र बनाउने पाँच एजेन्डा प्रधानमन्त्री समक्ष लैजाने तयारी

सांसद बुढाद्वारा डोल्पाको साझा विकासका एजेन्डा तय गर्न सर्वदलीय छलफल आह्वान 

डोल्पा सडक अनियमितता प्रकरण: विशेष अदालतद्वारा ३ जना दोषी ठहर, अन्यलाई सफाइ

डोल्पाका यार्सापाटनमा लुकीछिपी प्रवेश गर्न खोज्ने १५ जना पक्राउ

डोल्पाबाट पञ्चकोशी दर्शन गर्न दैलेख पुगेका एक तीर्थालुको पानीमा डुबेर मृत्यु

डोल्पामा लुकीछिपी यार्सागुम्बा चोर्न जाने ८ जना पक्राउ 


TOP