ताजा
बाँकेको बैजनाथका विद्यालयमा सरसफाइ र वृक्षारोपण गर्दै मनाइयो वातावरण दिवस  ||    विद्यार्थी तथा युवामैत्री नीति बनाउन नेविसंघद्वारा कर्णाली प्रदेश सरकारलाई आग्रह  ||    सुर्खेतमा कर्णाली प्रदेश युवा सम्मेलन सुरु, युवाको सहभागितामार्फत विकासमा जोड  ||    कालीकोटका छोरीहरू भन्छन्, ‘आत्मविश्वासले मात्र छोरीहरूलाई आत्मनिर्भर बनाउँछ’  ||    ‘छोरीलाई दया भाव नभई अवसर चाहिएको छ’  ||    कर्णालीका दुर्गम बस्ती अझै राज्यको मूलधारबाट टाढा छन्: सोनाम भुट्टी  ||    नयाँ बजेटप्रति डोल्पाबासी छैनन् सन्तुष्टि   ||    डोल्पा, जाजरकोट र रुकुम पश्चिमबीच निरन्तर सहकार्य र समन्वय गर्ने सहमति  ||   
शुक्रबार , जेठ २२, २०८३

डोल्पा । कर्णाली प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री बीरबहादुर शाहीले डोल्पा र हुम्लाको यातायात अवस्था प्रति प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रदेशसभाको दोस्रो कार्यकालको आठौँ अधिवेशन अन्तर्गत तेस्रो बैठकमा विनियोजन विधेयक, २०८३ का सिद्धान्त र प्राथमिकता (कर प्रस्ताव बाहेक) माथिको छलफलमा बोल्दै शाहीले प्रदेश राजधानीबाट भारत र अमेरिका पुग्न सजिलो भए पनि डोल्पा पुग्न अझै गाह्रो रहेको बताए ।

प्रदेश सभामा बोल्दै शाहीले कर्णालीका दुर्गम जिल्ला हुम्ला र डोल्पा विकासको पहुँचबाट अझै टाढा रहेको बताउँदै हुम्ला र डोल्पाका जनताले कहिले कालोपत्रे सडक देख्ने हुन भन्दै प्रदेश सरकारलाई प्रश्न गरे ।

शाहीले माथिल्लो डोल्पाका चार पालिका अझै राष्ट्रिय सडक सञ्जालमा जोडिन नसकेको बताउँदै पहुँच र बजारीकरणका आधारमा मात्रै विकास भइरहेको भन्दै दुर्गम क्षेत्रलाई राज्यले उपेक्षा गरेको आरोप लगाए ।

प्रदेश सरकारको नीति तथा कार्यक्रममा कर्णालीका वास्तविक समस्या समेटिन नसकेको भन्दै उनले असन्तुष्टि जनाए । ‘कुरा ठूला गर्छौं, तर कर्णालीका जनताका लागि सोच्ने कि नसोच्ने ?’ उनले भने ।

भेरीकरिडोर अन्तर्गत जाजरकोट- डोल्पा सडकखण्डमा निर्माणाधीन पुल तथा सडक आयोजना अलपत्र पर्दा डोल्पाबासीले सास्ती खेप्नुपरेको उनको भनाइ थियो । उनले भेरी करिडोर अन्तर्गत डोल्पा सडक खण्डमा ठेक्का सम्झौता भएर पनि निर्माण कार्य प्रभावकारी रूपमा अघि नबढेको बताए ।

त्यस्तै भेरी करिडोर र कर्णाली करिडोर आयोजनाका कार्यालय काठमाडौंमा राखेर काम प्रभावकारी हुन नसक्ने उल्लेख गर्दै उनले दुवै आयोजनाका कार्यालय कर्णालीमै राख्न संघीय सरकारको ध्यानाकर्षण गराए । उनले कर्णाली करिडोरको शाखा कार्यालय हुम्लामा तथा भेरी करिडोरको शाखा कार्यालय डोल्पामा स्थापना गर्नुपर्ने समेत धारणा राखे ।

कर्णालीमा निर्माण व्यवसायीले समयमै काम नगर्दा विकास आयोजना प्रभावित भएको भन्दै शाहीले काम नगर्ने ठेकेदारमाथि कारबाही गर्न प्रदेश सरकारले कानुन ल्याउनुपर्ने माग समेत गरे ।

त्यसैगरी उनले जाजरकोट र रुकुम पश्चिमका खानी, कर्णालीका किसानका समस्या तथा पेट्रोलियम पदार्थको मूल्यवृद्धिले डोल्पा र हुम्लाका नागरिक थप मारमा परेको विषय पनि प्रदेशसभामा उठाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पालाई आर्थिक केन्द्र बनाउने पाँच एजेन्डा प्रधानमन्त्री समक्ष लैजाने तयारी

सांसद बुढाद्वारा डोल्पाको साझा विकासका एजेन्डा तय गर्न सर्वदलीय छलफल आह्वान 

डोल्पा सडक अनियमितता प्रकरण: विशेष अदालतद्वारा ३ जना दोषी ठहर, अन्यलाई सफाइ

डोल्पाका यार्सापाटनमा लुकीछिपी प्रवेश गर्न खोज्ने १५ जना पक्राउ

डोल्पाबाट पञ्चकोशी दर्शन गर्न दैलेख पुगेका एक तीर्थालुको पानीमा डुबेर मृत्यु

डोल्पामा लुकीछिपी यार्सागुम्बा चोर्न जाने ८ जना पक्राउ 


TOP