ताजा
बाँकेको बैजनाथका विद्यालयमा सरसफाइ र वृक्षारोपण गर्दै मनाइयो वातावरण दिवस  ||    विद्यार्थी तथा युवामैत्री नीति बनाउन नेविसंघद्वारा कर्णाली प्रदेश सरकारलाई आग्रह  ||    सुर्खेतमा कर्णाली प्रदेश युवा सम्मेलन सुरु, युवाको सहभागितामार्फत विकासमा जोड  ||    कालीकोटका छोरीहरू भन्छन्, ‘आत्मविश्वासले मात्र छोरीहरूलाई आत्मनिर्भर बनाउँछ’  ||    ‘छोरीलाई दया भाव नभई अवसर चाहिएको छ’  ||    कर्णालीका दुर्गम बस्ती अझै राज्यको मूलधारबाट टाढा छन्: सोनाम भुट्टी  ||    नयाँ बजेटप्रति डोल्पाबासी छैनन् सन्तुष्टि   ||    डोल्पा, जाजरकोट र रुकुम पश्चिमबीच निरन्तर सहकार्य र समन्वय गर्ने सहमति  ||   
शनिबार , जेठ २३, २०८३

जाजरकोट । जाजरकोटको जुनीचाँदे गाउँपालिकाले आफ्नै गाउँ प्रहरी परिचालन गर्ने तयारी थालेको छ । स्थानीय सरकार सञ्चालन ऐनले दिएको अधिकार प्रयोग गर्दै गाउँपालिकाले गाउँ प्रहरी भर्ना प्रक्रिया पूरा गरी परिचालनको अन्तिम तयारी अघि बढाएको हो ।

गाउँपालिकाले गत वैशाख २९ गते सार्वजनिक सूचना जारी गर्दै गाउँ प्रहरी भर्नाका लागि आवेदन आह्वान गरेको थियो । छनोट प्रक्रियाबाट ७ जना जनशक्ति नियुक्त गरिएको गाउँपालिका उपाध्यक्ष बिरेन्द्र बहादुर शाहीले जानकारी दिए । उनका अनुसार नियुक्त भएका जनशक्तिमा १ जना वरिष्ठ हवलदार र ६ जना प्रहरी जवान रहेका छन् ।

नेपालको संविधान तथा स्थानीय सरकार सञ्चालन ऐनअनुसार स्थानीय तहलाई आवश्यकता अनुसार प्रहरी व्यवस्था गर्न सक्ने अधिकार छ । सोही व्यवस्थाअनुसार गाउँपालिकाले गाउँ प्रहरी सञ्चालनसम्बन्धी कानुन निर्माण गरी भर्ना प्रक्रिया अघि बढाएको जनाएको छ ।

गाउँ प्रहरीलाई गाउँपालिकाको सम्पत्तिको सुरक्षा तथा संरक्षण, स्थानीय स्तरमा हुने सभा–समारोह, जात्रा तथा चाडपर्वको सुरक्षा व्यवस्थापन, स्थानीय बजार तथा पार्किङस्थलको रेखदेख तथा गाउँ सरसफाइसम्बन्धी मापदण्ड कार्यान्वयनको जिम्मेवारी दिइने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रेशम महताराले जानकारी दिए ।

उनका अनुसार स्थानीय तहमा शान्ति–सुव्यवस्था कायम गर्न, अमनचयन सुनिश्चित गर्न तथा पालिकाका नीति–नियम प्रभावकारी रूपमा कार्यान्वयन गर्न गाउँ प्रहरी व्यवस्था लागू गरिएको हो ।

हाल नियुक्त भएका गाउँ प्रहरीलाई जिल्ला प्रहरी कार्यालय जाजरकोटबाट प्रहरी सहायक निरीक्षक किरण राना मगर तथा प्रहरी नायब निरीक्षकको टोलीले आधारभूत तालिम दिइरहेको गाउँपालिकाले जनाएको छ ।

जिल्लामै पहिलो पटक जुनीचाँदे गाउँपालिकाले गाउँ प्रहरी भर्ना प्रक्रिया अघि बढाएको हो । यसअघि जिल्लाका अन्य स्थानीय तहहरूले गाउँ तथा नगर प्रहरी व्यवस्था लागू गर्न सकेका थिएनन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पालाई आर्थिक केन्द्र बनाउने पाँच एजेन्डा प्रधानमन्त्री समक्ष लैजाने तयारी

सांसद बुढाद्वारा डोल्पाको साझा विकासका एजेन्डा तय गर्न सर्वदलीय छलफल आह्वान 

डोल्पा सडक अनियमितता प्रकरण: विशेष अदालतद्वारा ३ जना दोषी ठहर, अन्यलाई सफाइ

डोल्पाका यार्सापाटनमा लुकीछिपी प्रवेश गर्न खोज्ने १५ जना पक्राउ

डोल्पाबाट पञ्चकोशी दर्शन गर्न दैलेख पुगेका एक तीर्थालुको पानीमा डुबेर मृत्यु

डोल्पामा लुकीछिपी यार्सागुम्बा चोर्न जाने ८ जना पक्राउ 


TOP