ताजा
बाँकेको बैजनाथका विद्यालयमा सरसफाइ र वृक्षारोपण गर्दै मनाइयो वातावरण दिवस  ||    विद्यार्थी तथा युवामैत्री नीति बनाउन नेविसंघद्वारा कर्णाली प्रदेश सरकारलाई आग्रह  ||    सुर्खेतमा कर्णाली प्रदेश युवा सम्मेलन सुरु, युवाको सहभागितामार्फत विकासमा जोड  ||    कालीकोटका छोरीहरू भन्छन्, ‘आत्मविश्वासले मात्र छोरीहरूलाई आत्मनिर्भर बनाउँछ’  ||    ‘छोरीलाई दया भाव नभई अवसर चाहिएको छ’  ||    कर्णालीका दुर्गम बस्ती अझै राज्यको मूलधारबाट टाढा छन्: सोनाम भुट्टी  ||    नयाँ बजेटप्रति डोल्पाबासी छैनन् सन्तुष्टि   ||    डोल्पा, जाजरकोट र रुकुम पश्चिमबीच निरन्तर सहकार्य र समन्वय गर्ने सहमति  ||   
शुक्रबार , जेठ २२, २०८३

डोल्पा । हिमाली जिल्ला डोल्पामा १९औँ गणतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ। दिवसको अवसर पारेर
जिल्ला समन्वय समितिको आयोजनामा सदरमुकाम दुनैमा प्रभातफेरीसँगै जिल्ला अस्पतालमा उपचाररत बिरामीलाई फलफूल तथा जिल्ला कारागारमा रहेका कैदीबन्दीलाई खेलकुद सामग्री वितरण गरिएको छ ।


बिरामीलाई वितरण गरिएको फलफूल सामाजिक विकास कार्यालय डोल्पाले सहयोग गरेको थियो भने कैदीबन्दीका लागि आवश्यक खेलकुद सामग्री दुनै भ्याली क्लबले उपलब्ध गराएको जनाएको छ।


कार्यक्रमको समापनमा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख रोकायाले गणतन्त्र स्थापनाका लागि जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै गणतन्त्रको रक्षा र जनताले अनुभूति गर्ने गरी यसको कार्यान्वयनमा सबै लाग्नुपर्नेमा जोड दिए।

उनले अहिलेको व्यवस्था र सरकार पनि गणतन्त्रकै उपज भएकाले जनताको पक्षमा उभिएर काम गर्नुपर्ने तथा नागरिकले वास्तविक रूपमा सरकारको अनुभूति गर्न सक्ने वातावरण बनाउन आवश्यक रहेको बताए।


कार्यक्रममा समन्वय प्रमुख रोकायासँगै प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकाल, नेकपा एमालेका जिल्ला अध्यक्ष लंक बहादुर रोकाया, ठुली भेरी-०३ का वडा अध्यक्ष भक्त बहादुर भण्डारी लगायत विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा स्थानीय जनप्रतिनिधिको सहभागिता रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पालाई आर्थिक केन्द्र बनाउने पाँच एजेन्डा प्रधानमन्त्री समक्ष लैजाने तयारी

सांसद बुढाद्वारा डोल्पाको साझा विकासका एजेन्डा तय गर्न सर्वदलीय छलफल आह्वान 

डोल्पा सडक अनियमितता प्रकरण: विशेष अदालतद्वारा ३ जना दोषी ठहर, अन्यलाई सफाइ

डोल्पाका यार्सापाटनमा लुकीछिपी प्रवेश गर्न खोज्ने १५ जना पक्राउ

डोल्पाबाट पञ्चकोशी दर्शन गर्न दैलेख पुगेका एक तीर्थालुको पानीमा डुबेर मृत्यु

डोल्पामा लुकीछिपी यार्सागुम्बा चोर्न जाने ८ जना पक्राउ 


TOP