ताजा
बाँकेको बैजनाथका विद्यालयमा सरसफाइ र वृक्षारोपण गर्दै मनाइयो वातावरण दिवस  ||    विद्यार्थी तथा युवामैत्री नीति बनाउन नेविसंघद्वारा कर्णाली प्रदेश सरकारलाई आग्रह  ||    सुर्खेतमा कर्णाली प्रदेश युवा सम्मेलन सुरु, युवाको सहभागितामार्फत विकासमा जोड  ||    कालीकोटका छोरीहरू भन्छन्, ‘आत्मविश्वासले मात्र छोरीहरूलाई आत्मनिर्भर बनाउँछ’  ||    ‘छोरीलाई दया भाव नभई अवसर चाहिएको छ’  ||    कर्णालीका दुर्गम बस्ती अझै राज्यको मूलधारबाट टाढा छन्: सोनाम भुट्टी  ||    नयाँ बजेटप्रति डोल्पाबासी छैनन् सन्तुष्टि   ||    डोल्पा, जाजरकोट र रुकुम पश्चिमबीच निरन्तर सहकार्य र समन्वय गर्ने सहमति  ||   
शनिबार , जेठ २३, २०८३

पुर्ण सार्की:डोल्पा।डोल्पाका सम्पूर्ण यार्सा पाटनहरु जेठ ५ गते खुला गरिने भएको छ । आईतवार डोल्पा सदरमुकाम दुनैमा जिल्ला समन्वय समितिका प्रमुख श्याम बहादुर रोकायाको अध्यक्षतामा बसेको जिल्लाको सर्वदलिय सर्वपक्षिय वैठकले जिल्लाका सवै यार्सापाटनहरु जेठ ५ गते आम संकलकहरुका लागी खुला गर्ने निर्णय गरेको हो । शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्ज र डिभिजन वन कार्यलयको आयोजनामा र डिभिजन वन कार्यलयको आयोजनामा वसेको वैठकले यार्सा पाटन खोल्ने देखी संरक्षण र व्यवस्थित गर्ने सम्मका बिभिध निर्णयहरु समेत गरेको छ ।

डोल्पा जिल्लाका सयौ बुकि पाटनहरुमा पाईने बहुमुल्य जडिवुटी यार्सागुम्बा संकलनका लागि एक महिनाको समयाअवधि तोकेर सर्वासाधारणका लागि हरेक बर्ष खुला गरिन्छ । जेठको ५ गते खुला हुने यार्सा पाटनहरु असारको ५ गते पुन बन्द हुने गर्दछन तर यार्सा पाउने समय अलि पछि सम्म रहेमा डिभिजन बन र निकुञ्जको नियमानुसार हेरेफेर हुने गरेको छ । बैशाखको आधादेखी नै यार्सागुम्बा टिप्न मानिसहरु लुकेरै पाटन जाने गरेकाले यो बर्ष चोरी गर्नेहरुलाइ नियन्त्रण गर्न निकुञ्ज क्षेत्र र मध्यवर्ति क्षेत्रका पाटनहरुमा कडा सुरक्षा व्वस्था गरिएकोले यो वर्ष यार्सा चोरी कम भएको निकुञ्जको दावी छ ।

 

यार्सा पाटनहरु सर्वसाधारणका लागि खुला गर्नु पूर्व नै चोरी हुने भएकोले बन र निकुञ्ज दुबै निकायले सुरक्षा व्यवस्थामा कडाई गरेको उनिहरुको दाबी छ । जेठ ५ गते डोल्पा जिल्लाका सवै यार्सा पाटन खुला हुनेछन र यार्सा संकलकले उक्त एक महिनाको समयमा सवै पाटनहरुमा प्रबेश शुल्क काटेर संकलन गर्न पाउनेछ । निकुञ्ज क्षेत्रका बन प्रबेशका लागि शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्जले प्रबेश शुल्क लिने छ भने मध्यवर्ति क्षेत्रका सामुदायिक बनहरुले सेवा शुल्क वापतको छुटै शुल्क लिन पाउनेछन ।

 

शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा निकुञ्जको कोर क्षेत्र र मध्यवर्ति क्षेत्रका नागरिकले रु ५ सय,डोल्पा जिल्ला भित्रका नागरिकले रु २ हजार र जिल्ला बाहिरका नागरिकले रु ३ हजार प्रबेश शुल्क तिरेर मात्र बन प्रबेश गर्न पाउनेछन । यसरी लिएको प्रबेश अनुमति पत्र रसिदवाट सवै बन क्षेत्रमा यार्सा संकलन गर्ने पाउनेछन तर एक सामुदायिक बनवाट अर्को सामुदायिक बनमा यार्सा संकलनका लागि प्रबेश गरेमा उक्त सामुदायिक वनले संकलकवाट सेवा शुल्क वापतको छुट्टै ५ सय रकम लिन पाउने छन । डोल्पाका सवै पाटनहरुमा यार्सा संकलन गर्न प्रबेश शुल्क नतिरेर जान भने पाउने छैनन । डिभिजन वन अन्तरगतका यार्सा पाटनहरुमा भने सामुदायिक बनले प्रबेश शुल्क लिने गरेका छन । आईतवार वसेको सर्वदलिय सर्वपक्षिय वैठकले बिभिन्न ११ वटा निर्णय समेत गरेको छ निर्णय जनमुखि र सवैलाइ हित हुनेगरी भएको र कार्यान्वयन पनि हुनेमा बिश्वस्त रहेको जिल्ला समन्वय समितिका प्रमुख श्याम बहादुर रोकायाले बताए ।

सर्वदलीय बैठकको निर्णय हेर्नुहोस्.

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पालाई आर्थिक केन्द्र बनाउने पाँच एजेन्डा प्रधानमन्त्री समक्ष लैजाने तयारी

सांसद बुढाद्वारा डोल्पाको साझा विकासका एजेन्डा तय गर्न सर्वदलीय छलफल आह्वान 

डोल्पा सडक अनियमितता प्रकरण: विशेष अदालतद्वारा ३ जना दोषी ठहर, अन्यलाई सफाइ

डोल्पाका यार्सापाटनमा लुकीछिपी प्रवेश गर्न खोज्ने १५ जना पक्राउ

डोल्पाबाट पञ्चकोशी दर्शन गर्न दैलेख पुगेका एक तीर्थालुको पानीमा डुबेर मृत्यु

डोल्पामा लुकीछिपी यार्सागुम्बा चोर्न जाने ८ जना पक्राउ 


TOP