ताजा
बाँकेको बैजनाथका विद्यालयमा सरसफाइ र वृक्षारोपण गर्दै मनाइयो वातावरण दिवस  ||    विद्यार्थी तथा युवामैत्री नीति बनाउन नेविसंघद्वारा कर्णाली प्रदेश सरकारलाई आग्रह  ||    सुर्खेतमा कर्णाली प्रदेश युवा सम्मेलन सुरु, युवाको सहभागितामार्फत विकासमा जोड  ||    कालीकोटका छोरीहरू भन्छन्, ‘आत्मविश्वासले मात्र छोरीहरूलाई आत्मनिर्भर बनाउँछ’  ||    ‘छोरीलाई दया भाव नभई अवसर चाहिएको छ’  ||    कर्णालीका दुर्गम बस्ती अझै राज्यको मूलधारबाट टाढा छन्: सोनाम भुट्टी  ||    नयाँ बजेटप्रति डोल्पाबासी छैनन् सन्तुष्टि   ||    डोल्पा, जाजरकोट र रुकुम पश्चिमबीच निरन्तर सहकार्य र समन्वय गर्ने सहमति  ||   
शनिबार , जेठ २३, २०८३

डोल्पा:हिमाली जिल्ला डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१, त्रिपुराकोटस्थित स्वास्थ्य चौकीमा वैशाख २१ गतेदेखि सुरु भएको संयुक्त स्वास्थ्य शिविरमा फिस्टुला, कुष्ठरोग र प्रजनन समस्याजस्ता संवेदनशील तथा दीर्घकालीन रोगहरूका लागि निःशुल्क स्वास्थ्य सेवा प्रदान भइरहेको छ।

त्रिपुरासुन्दरी नगरपालिकाको आयोजनामा जिल्ला जनस्वास्थ्य सेवा कार्यालयको समन्वय, प्लान इन्टरनेशनल नेपाल र जर्मन कोर्पोरेशनको सहयोगमा सञ्चालित उक्त शिविरमा साइनिङ नेपाल र आइएनएफ नेपाल (INF Nepal) सुर्खेतले प्राविधिक सहयोग गरेका छन्।

स्वास्थ्य चौकी लिकुका जन स्वास्थ्य निरीक्षक तुलबहादुर श्रेष्ठका अनुसार शिविरमा विशेष गरी महिलामा देखिने प्रसव पश्चातको फिस्टुला, कुष्ठरोगजस्ता छालासम्बन्धी रोग र लामो समयदेखि सन्तान नहुने समस्याको समाधानमा केन्द्रित सेवा दिइँदैछ।

शिविरमा जिल्ला अस्पताल दुनैका डाक्टर भीमबहादुर बुढा र आइएनएफ सुर्खेतका डाक्टर सुभक्षा देवा श्रेष्ठ नेतृत्वको स्वास्थ्य टोलीले बिरामीहरूको परीक्षण तथा परामर्श सेवा दिइरहेका छन्।

दुरदराज र दुर्गम क्षेत्रबाट स्वास्थ्य सेवा लिन कठिन हुने डोल्पाका स्थानीयवासीका लागि यस्तो शिविरले गुणस्तरीय सेवा पुर्‍याउने विश्वास गरिएको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पालाई आर्थिक केन्द्र बनाउने पाँच एजेन्डा प्रधानमन्त्री समक्ष लैजाने तयारी

सांसद बुढाद्वारा डोल्पाको साझा विकासका एजेन्डा तय गर्न सर्वदलीय छलफल आह्वान 

डोल्पा सडक अनियमितता प्रकरण: विशेष अदालतद्वारा ३ जना दोषी ठहर, अन्यलाई सफाइ

डोल्पाका यार्सापाटनमा लुकीछिपी प्रवेश गर्न खोज्ने १५ जना पक्राउ

डोल्पाबाट पञ्चकोशी दर्शन गर्न दैलेख पुगेका एक तीर्थालुको पानीमा डुबेर मृत्यु

डोल्पामा लुकीछिपी यार्सागुम्बा चोर्न जाने ८ जना पक्राउ 


TOP