ताजा
बाँकेको बैजनाथका विद्यालयमा सरसफाइ र वृक्षारोपण गर्दै मनाइयो वातावरण दिवस  ||    विद्यार्थी तथा युवामैत्री नीति बनाउन नेविसंघद्वारा कर्णाली प्रदेश सरकारलाई आग्रह  ||    सुर्खेतमा कर्णाली प्रदेश युवा सम्मेलन सुरु, युवाको सहभागितामार्फत विकासमा जोड  ||    कालीकोटका छोरीहरू भन्छन्, ‘आत्मविश्वासले मात्र छोरीहरूलाई आत्मनिर्भर बनाउँछ’  ||    ‘छोरीलाई दया भाव नभई अवसर चाहिएको छ’  ||    कर्णालीका दुर्गम बस्ती अझै राज्यको मूलधारबाट टाढा छन्: सोनाम भुट्टी  ||    नयाँ बजेटप्रति डोल्पाबासी छैनन् सन्तुष्टि   ||    डोल्पा, जाजरकोट र रुकुम पश्चिमबीच निरन्तर सहकार्य र समन्वय गर्ने सहमति  ||   
शनिबार , जेठ २३, २०८३

सुर्खेत— उच्च अदालत सुर्खेत अगाडि आज अपरान्ह ४ः१५ बजे भएको धर्नाको रिपोर्टिङ गर्ने क्रममा सुर्खेत देखि प्रकाशित हुने जनचासो खबर दैनिकका संवाददाता अंगराज परियार र खुलानजर डटकमका संवाददाता प्रज्वल चुनारामाथि प्रहरीले गरेको कुटपिट तथा दुर्व्यवहार प्रति राष्ट्रिय दलित पत्रकार संघ नेपाल, सुर्खेतले गम्भीर आपत्ति जनाएको छ।

संघले सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख गरेअनुसार, रिपोर्टिङ ड्युटीमा रहेका दुवै पत्रकारले आफ्नो परिचयपत्र देखाउँदा समेत जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट ड्युटीमा खटिएका असई एन.वि. राना लगायत अन्य सुरक्षाकर्मीहरुले “यस्ता परिचयपत्रको काम छैन” भन्दै अपशब्द प्रयोग गर्दै धकेलेर उनीहरुलाई घटनास्थलबाट हटाएका थिए।

 

 

घटनाको क्रममा पत्रकारहरुको क्यामेरा नियन्त्रणमा लिई त्यसमा कैद गरिएका भिडियो फुटेज तथा अन्य भिडियो सामग्री समेत डिलिट गरिएको पत्रकार परियारले जानकारी दिए। संघले उक्त कार्यलाई प्रेस स्वतन्त्रता र पत्रकारिता माथिको नै हमला भन्दै घोर निन्दा गर्दै दोषीलाई कारबाही गर्न माग गरेको छ।

“आफ्नो पेशाप्रति कर्तव्यनिष्ठ पत्रकारमाथि प्रहरीद्वारा गरिएको दुर्व्यवहार केवल अशोभनीय मात्र नभई पूर्ण रूपमा निन्दनीय छ,” विज्ञप्तिमा भनिएको छ, “संघ यस घटनाको कडा शब्दमा भर्त्सना गर्दै संलग्न सुरक्षाकर्मीलाई कारबाहीको दायरामा ल्याउन सरकारसँग जोडदार माग गर्दछ।”

संघले पत्रकारलाई स्वतन्त्र र सुरक्षित वातावरणमा काम गर्ने सुनिश्चितता दिलाउन सरकार र सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण समेत गराएको छ।

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पालाई आर्थिक केन्द्र बनाउने पाँच एजेन्डा प्रधानमन्त्री समक्ष लैजाने तयारी

सांसद बुढाद्वारा डोल्पाको साझा विकासका एजेन्डा तय गर्न सर्वदलीय छलफल आह्वान 

डोल्पा सडक अनियमितता प्रकरण: विशेष अदालतद्वारा ३ जना दोषी ठहर, अन्यलाई सफाइ

डोल्पाका यार्सापाटनमा लुकीछिपी प्रवेश गर्न खोज्ने १५ जना पक्राउ

डोल्पाबाट पञ्चकोशी दर्शन गर्न दैलेख पुगेका एक तीर्थालुको पानीमा डुबेर मृत्यु

डोल्पामा लुकीछिपी यार्सागुम्बा चोर्न जाने ८ जना पक्राउ 


TOP