ताजा
बाँकेको बैजनाथका विद्यालयमा सरसफाइ र वृक्षारोपण गर्दै मनाइयो वातावरण दिवस  ||    विद्यार्थी तथा युवामैत्री नीति बनाउन नेविसंघद्वारा कर्णाली प्रदेश सरकारलाई आग्रह  ||    सुर्खेतमा कर्णाली प्रदेश युवा सम्मेलन सुरु, युवाको सहभागितामार्फत विकासमा जोड  ||    कालीकोटका छोरीहरू भन्छन्, ‘आत्मविश्वासले मात्र छोरीहरूलाई आत्मनिर्भर बनाउँछ’  ||    ‘छोरीलाई दया भाव नभई अवसर चाहिएको छ’  ||    कर्णालीका दुर्गम बस्ती अझै राज्यको मूलधारबाट टाढा छन्: सोनाम भुट्टी  ||    नयाँ बजेटप्रति डोल्पाबासी छैनन् सन्तुष्टि   ||    डोल्पा, जाजरकोट र रुकुम पश्चिमबीच निरन्तर सहकार्य र समन्वय गर्ने सहमति  ||   
शनिबार , जेठ २३, २०८३

कुलेन्द्र शाही/सुर्खेत– जाजरकोटको शिवालय गाउँपालिका–७ स्थित वीरेन्द्र माध्यमिक विद्यालय, जुँगाथापाचौरमा कक्षा १२ को परीक्षा दिँदै गरेका विद्यार्थीहरू मोबाइल प्रयोग गर्दै गरेको तस्बिर सार्वजनिक भएको छ। वैशाख २१ गते देखि जारी कक्षा १२ को परीक्षामा २६ गते भएको सामाजिक विषयको परीक्षाको दौरान खिचिएको भनिएको उक्त तस्बिरले अहिले व्यापक चर्चा बटुल्दैछ।

नाम नखुलाउने शर्तमा एक परीक्षार्थीले उक्त तस्बिर आफूले नै खिचेको दाबी गर्दै सञ्चारमाध्यमलाई उपलब्ध गराएका छन्। “फोटो मैले नै खिचेको हो,”ति विद्यार्थीले भने, “परीक्षा दिने विद्यार्थी शिवालय–३ स्थित सरस्वती माध्यमिक विद्यालय, सिमाका हुन्। म ती विद्यार्थीहरूलाई चिन्छु पनि।”

तर, यस विषयमा विद्यालयका केन्द्राध्यक्ष शेर बहादुर खत्रीसँग सम्पर्क गर्ने प्रयास गर्दा सम्पर्क हुन सकेन। यता, शिवालय गाउँपालिकाका वरिष्ठ शिक्षा अधिकृत मान बहादुर बस्नेतले भने छानबिन नगरीकनै उक्त फोटो शिवालयको नभएको दाबी गरे। उनले  तस्बिर अन्यत्रको हुन सक्ने तर्क राखे। ईजनचासो सग कुरा गर्दै प्रमुख बस्नेतले यो विषयमा चाँडै नै छानबिन हुने र फोटो उक्त विद्यालयको हो या होइन भन्ने विषय जानकारी गराउने बताएका छन्।

शिवालय गाउँपालिका–७ का वडा अध्यक्ष टाइरेन्ट शाहीले भने छानबिन नै नगरी फोटोको खण्डन गर्नु उचित नहुने बताए। “फोटो हाम्रो विद्यालयको हो भन्ने ठोस आधार छैन, यथार्थ पत्ता लगाउन छानबिन गर्छौं,” उनले भने।

राष्ट्रिय परीक्षा बोर्डले परीक्षा हलमा मोबाइल लगायत विद्युतीय सामग्रीहरू लैजान निषेध गरेको छ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पालाई आर्थिक केन्द्र बनाउने पाँच एजेन्डा प्रधानमन्त्री समक्ष लैजाने तयारी

सांसद बुढाद्वारा डोल्पाको साझा विकासका एजेन्डा तय गर्न सर्वदलीय छलफल आह्वान 

डोल्पा सडक अनियमितता प्रकरण: विशेष अदालतद्वारा ३ जना दोषी ठहर, अन्यलाई सफाइ

डोल्पाका यार्सापाटनमा लुकीछिपी प्रवेश गर्न खोज्ने १५ जना पक्राउ

डोल्पाबाट पञ्चकोशी दर्शन गर्न दैलेख पुगेका एक तीर्थालुको पानीमा डुबेर मृत्यु

डोल्पामा लुकीछिपी यार्सागुम्बा चोर्न जाने ८ जना पक्राउ 


TOP