ताजा
बाँकेको बैजनाथका विद्यालयमा सरसफाइ र वृक्षारोपण गर्दै मनाइयो वातावरण दिवस  ||    विद्यार्थी तथा युवामैत्री नीति बनाउन नेविसंघद्वारा कर्णाली प्रदेश सरकारलाई आग्रह  ||    सुर्खेतमा कर्णाली प्रदेश युवा सम्मेलन सुरु, युवाको सहभागितामार्फत विकासमा जोड  ||    कालीकोटका छोरीहरू भन्छन्, ‘आत्मविश्वासले मात्र छोरीहरूलाई आत्मनिर्भर बनाउँछ’  ||    ‘छोरीलाई दया भाव नभई अवसर चाहिएको छ’  ||    कर्णालीका दुर्गम बस्ती अझै राज्यको मूलधारबाट टाढा छन्: सोनाम भुट्टी  ||    नयाँ बजेटप्रति डोल्पाबासी छैनन् सन्तुष्टि   ||    डोल्पा, जाजरकोट र रुकुम पश्चिमबीच निरन्तर सहकार्य र समन्वय गर्ने सहमति  ||   
शनिबार , जेठ २३, २०८३

डोल्पा: जिल्ला प्रहरी कार्यालय डोल्पाको नेतृत्वमा पुनः प्रहरी नायव उपरीक्षक (डीएसपी) डा. हेमबहादुर केसीलाई नै खटाइएको छ। प्रहरी प्रधान कार्यालय, नक्सालले उनलाई पुनः डोल्पा फर्काउने निर्णय गरेको हो।

केही दिन अघि मात्रै, कार्यालयमा लामो समय मुद्दा फाँटमा कार्यरत प्रहरी नायव निरीक्षक (सई) शैलेन्द्रकुमार रसाइलीसँगको विवादपछि डा. केसी काठमाडौं तानिएका थिए। नौ दिनको कार्यकालमै उनले सई रसाइलीमाथि हातपात गरेको आरोप लागेको थियो। छानबिनका लागि कर्णाली प्रदेश प्रहरी कार्यालयबाट खटिएको डीएसपी नारायण डाँगीको टोलीले प्रतिवेदन बुझाइसकेको छ।

गएको वैशाख १० गते डा. केसीको डोल्पा सरुवा गरिएको थियो। उनी १५ गते मात्र कार्यभार सम्हाल्न डोल्पा पुगेका थिए, तर सात दिन नपुग्दै विवादमा मुछिएपछि १६ गते नै प्रधान कार्यालय बोलाइएको थियो।

 

यार्सागुम्बा संकलनको सिजन नजिकिँदै गर्दा मुलुककै सबैभन्दा ठूलो र भौगोलिक रूपमा जटिल जिल्ला डोल्पामा नेतृत्वविहीनताको अवस्था सिर्जना भएको थियो। आगामी जेठ ५ गतेदेखि डोल्पाका सामुदायिक वन र राष्ट्रिय निकुञ्ज भित्र पर्ने सम्पूर्ण यार्सापाटनमा यार्सा संकलनका लागि खुल्दैछन्। विगतमा यो अवधिमा चोरी–तस्करी, बलात्कार, हत्या लगायतका गम्भीर अपराधहरू भएका छन्।

 

यस्तो संवेदनशील घडीमा सीमित सुरक्षाकर्मी, असुरक्षित वन क्षेत्र र सामूहिक वासस्थलबीच डोल्पा पुनः डा. केसीकै नेतृत्वमा सञ्चालन हुने भएको छ। विवादास्पद भन्दै तानिएका अधिकारीको पुनः फिर्तीले सुरक्षाको प्रश्न उठाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पालाई आर्थिक केन्द्र बनाउने पाँच एजेन्डा प्रधानमन्त्री समक्ष लैजाने तयारी

सांसद बुढाद्वारा डोल्पाको साझा विकासका एजेन्डा तय गर्न सर्वदलीय छलफल आह्वान 

डोल्पा सडक अनियमितता प्रकरण: विशेष अदालतद्वारा ३ जना दोषी ठहर, अन्यलाई सफाइ

डोल्पाका यार्सापाटनमा लुकीछिपी प्रवेश गर्न खोज्ने १५ जना पक्राउ

डोल्पाबाट पञ्चकोशी दर्शन गर्न दैलेख पुगेका एक तीर्थालुको पानीमा डुबेर मृत्यु

डोल्पामा लुकीछिपी यार्सागुम्बा चोर्न जाने ८ जना पक्राउ 


TOP