बुधबार , असार ३, २०८३

सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ३२ अर्ब ९९ करोड ६६ लाख ५५ हजार बराबरको बजेट ल्याएको छ । प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री राजीब विक्रम शाहले मध्यरातमा सुरु भएको प्रदेशसभामा बजेट प्रस्तुत गरेका हुन् ।

प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि चालु तर्फ ७ अर्ब ७९ करोड ९१ लाख रुपैयाँ र पुँजीगत तर्फ पुँजीगततर्फ १९ अर्ब ९८ करोड २७ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । त्यस्तै, वित्तीय व्यवस्था अन्तर्गत ६१ करोड ५० लाख रुपैयाँ र स्थानीय तहमा वित्तीय हस्तान्तरणबापत ४ अर्ब ५९ करोड ९८ लाख ४१ हजार छुट्याइएको छ ।

 

बजेट कार्यक्रमको खर्च व्यहोर्ने स्रोत तर्फ कर राजस्वबाट ९६ करोड ७४ लाख ११ हजार रुपैयाँ, राजश्व बाँडफाँट १० अर्ब २७ करोड ३० लाख रुपैयाँ, समानीकरण अनुदानतर्फ १० अर्ब ५६ करोड ४ लाख, सशर्त अनुदानतर्फ ४ अर्ब ४४ करोड ६० लाख, समपूरक अनुदानतर्फ ५३ करोड ९७ लाख रुपैयाँ र विशेष अनुदानतर्फ ४९ करोड ४६ लाख रुपैयाँको स्रोत अनुमान गरिएको छ ।

या वर्ष आन्तरिक राजश्वबापत ५ अर्ब ६९ करोड ६८ लाख ४४ हजार तथा वैदेशिक सहायता १ करोड ८७ लाख रुपैयाँ प्राप्त हुने प्रदेशको अनुमान छ ।

सात वटै प्रदेश सरकारको बजेट हेर्नुहोस्।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पालाई आर्थिक केन्द्र बनाउने पाँच एजेन्डा प्रधानमन्त्री समक्ष लैजाने तयारी

डोल्पामा जुवा खेल्दै गरेका ६ जना नगदसहित पक्राउ

डोल्पाका यार्सापाटनमा लुकीछिपी प्रवेश गर्न खोज्ने १५ जना पक्राउ

डोल्पाबाट पञ्चकोशी दर्शन गर्न दैलेख पुगेका एक तीर्थालुको पानीमा डुबेर मृत्यु

डोल्पामा लुकीछिपी यार्सागुम्बा चोर्न जाने ८ जना पक्राउ 

सांसद बूढाको नेतृत्वमा डोल्पाका लागि अर्बौँका पूर्वाधार योजनाको माग 


TOP