बुधबार , असार ३, २०८३

डोल्पा: डोल्पाको शे–फोक्सुण्डो गाउँपालिकाको १७औँ गाउँ सभा मंगलबार सम्पन्न भएको छ। आगामी आर्थिक वर्ष २०८२/८३ का लागि कुल रु ३७ करोड १९ लाख ९९ हजारको बजेट पारित गर्दै सभा सम्पन्न भएको हो।

 

सभामा शिक्षा क्षेत्रमा मात्रै दातृ निकायबाट रु ३ करोड ६५ लाख ८० हजार ५५४ बजेट विनियोजन गरिएको गाउँपालिका उपाध्यक्ष पेमावाङछेन गुरुङले जानकारी दिए।

पारित बजेटमध्ये चालुतर्फ रु १३ करोड ७५ लाख १० हजार ६५० र पुँजीगततर्फ रु २३ करोड ४४ लाख ८८ हजार ३५० विनियोजन गरिएको छ।

 

सभामा उपाध्यक्ष धावासम्डुक गुरुङको अध्यक्षता र विशेष कार्यक्रमबीच उपाध्यक्ष पेमावाङछेन गुरुङले बजेट प्रस्तुत गरेका थिए। गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत सुमन ढकालले यो बजेट नागरिकमुखी र सर्वसम्मत रूपमा पारित भएको जानकारी दिए।

 

सभामा पालिकाका राष्ट्रसेवक कर्मचारीहरूलाई विशेष सम्मान गरिएको थियो। उपाध्यक्ष गुरुङले कठिन भौगोलिक अवस्थाबीच तनमन दिएर काम गरिरहेका कर्मचारीहरूको हौसला बढाउन सम्मान गरिएको बताए।यस्तै, शिक्षा क्षेत्रको योगदानको कदर गर्दै उत्कृष्ट विद्यालय तर्फ तापारिचा माध्यमिक विद्यालय , उत्कृष्ट प्रधानाध्यापक यज्ञबहादुर शाही (मुक्पोरोङ हिमाल आधारभूत विद्यालय, भिजेर)लाई पनि पुरस्कृत गरिएको छ। त्यस्तै उत्कृष्ट शिक्षक होमबहादुर डाँगी (मुक्पोरोङ आधारभूत विद्यालय, भिजेर) लाई प्रमाणपत्रसहित सम्मान गरिएको हो।

सभाबाट पालिकाले ‘परम्परागत उपचार पद्धति (आम्ची) संरक्षण र व्यवस्थापन सम्बन्धी ऐन २०८२’ पारित गरिएको छ। साथै, वार्षिक नीति तथा कार्यक्रम, आर्थिक विधेयक, विनियोजन विधेयकलगायतका महत्वपूर्ण प्रस्तावहरु पनि पारित गरिएका छन्।

 

यसै अवसरमा शे–फोक्सुण्डो गाउँपालिकालाई ‘साक्षर गाउँपालिका’ र ‘पूर्ण खोप सुनिश्चितता कायम भएको पालिका’ घोषणा गरिएको अध्यक्ष गुरुङले जानकारी दिए।

 

उनले शे–फोक्सुण्डोलाई अझ विकासोन्मुख बनाउन प्रतिबद्धता जनाउँदै आगामी दिनमा जनताको विश्वास जित्ने कार्य निरन्तर जारी रहने बताए।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पालाई आर्थिक केन्द्र बनाउने पाँच एजेन्डा प्रधानमन्त्री समक्ष लैजाने तयारी

डोल्पामा जुवा खेल्दै गरेका ६ जना नगदसहित पक्राउ

डोल्पाका यार्सापाटनमा लुकीछिपी प्रवेश गर्न खोज्ने १५ जना पक्राउ

डोल्पाबाट पञ्चकोशी दर्शन गर्न दैलेख पुगेका एक तीर्थालुको पानीमा डुबेर मृत्यु

डोल्पामा लुकीछिपी यार्सागुम्बा चोर्न जाने ८ जना पक्राउ 

सांसद बूढाको नेतृत्वमा डोल्पाका लागि अर्बौँका पूर्वाधार योजनाको माग 


TOP