बुधबार , असार ३, २०८३

डोल्पाको काईके गाउँपालिका वडा नं. ४ मा पर्ने रिबा गाउँमा यही असार १२ गते मध्यराति भीषण बाढीले ठूलो क्षति पुर्‍याएको छ।

पहाडी भेगबाट अकस्मात आएको बाढीले गाउँका बासिन्दालाई मध्यरातिमा त्रसित बनायो। आकाशबाट मूसलधारे वर्षा र पाखाबाट आएको बाढीको हल्का सुईकाे महशुस भएपछि गाउँभर हल्लाखल्ला मच्चियो। अनि गाउँका सबै स्थानिय रातारात ज्यान जोगाउँन भागाभाग गरे । स्थानीय बासिन्दाहरू रातको अँध्यारोमै बालबच्चा च्याप्दै पानीमा भिज्दै सुरक्षित स्थानतर्फ भागेका थिए। ५३ घरधुरी रहेको रिवा बस्तीका धेरै घरहरू माटोमा परिणत भएका छन्। हाल पूर्ण क्षति भएका परिवारसँग लगाएकाे एक्सराे कपडाबाहेक केही पनि बाँकी छैन।

 

बाढीले तीन घर र एक विद्यालय पूर्ण रूपमा क्षतिग्रस्त

बाढीले स्थानीय मनिराज बिक, सुरेन्द्र बिक र धनलाल सुनारका घर पूर्ण रूपमा ध्वस्त बनाएको छ। साथै श्री पुथादेव आधारभूत विद्यालयका दुई भवन (छ वटा कक्षाकोठा) पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। विद्यालयका सबै कागजात, फर्निचर, शैक्षिक सामग्री पनि बगाएको प्रधानाध्यापक कृष्ण बहादुर खड्काले जानकारी दिए। “न त बस्ने ठाउँ छ, न त खाने, न त पढाउने,” उनले भने।

बाढीबाट ३०० बढी पीडित, सिंगो बस्ती नै बाढीदेखि  प्रभावित 

बाढीका कारण १२ घरमा आंशिक, २२ घरमा सामान्य क्षति पुगेको छ भने २० वटा परिवार प्रत्यक्ष प्रभावित भएका छन्। सुरक्षाकर्मीहरूका अनुसार रिवा गाउँका करिब ३०५ भन्दा बढी मानिसमा बाढीको असर परेको छ। क्षतिको अनुमान करोडौँको रकम बराबर  रहेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जानकारी दिएको छ।

 

गाउँपालिका अध्यक्षद्वारा तत्काल राहतको घोषणा

बाढीको खबर पाउनेबित्तिकै काईके गाउँपालिका अध्यक्ष अंगद कुमार राना प्रत्यक्ष प्रभावित क्षेत्रमा पुगेर निरीक्षण तथा पीडितसँग भेटघाट गरेका छन्। उनले पीडितहरूलाई छरछिमेकको सहयोगमा अस्थायी बसोबासको व्यवस्था गर्न आग्रह गरे। तत्काल राहतस्वरूप गाउँपालिकाले १० लाख रुपैयाँ बराबरको सामग्री उपलब्ध गराउने घोषणा समेत गरेका छन्। उनले घर पुनर्निर्माणका लागि सबै सरोकारवाला निकायसँग समन्वय गरी सहयोग जुटाउने आश्वासन दिएका छन्।

यहीँ असार १२ गते राति परेको अविरल वर्षाले काईके गाउँपालिकाका अन्य स्थानहरूमा पनि भौतिक संरचना र कृषिमा ठूलो क्षति पुर्‍याएको छ।ब्यास गार्डस्थित एतिहासिक काठेपुल – सदरमुकाम दुनैबाट काईके हुँदै माथिल्लो डोल्पा जाने मूल सडकमार्गमा पर्ने उक्त पुल बाढीले बगाएको छ।

बाढीले टुप्पा खोला (शहरतारा बगर नाउँदो) – त्यहाँ बनाइएको मिनि काठेपुल पनि बगाएको छ।

काइके मात्रै नभई यतिखेरको वर्षाले डोल्पा जिल्ला भरनै वितन्ड मच्चाएको छ। जिल्लाका अधिकांश सडकहरु पूर्ण रुपमा अवरुद्ध भएका छन्। त्रिपुरासुन्दरी ०३ जिउ गाउँमा समेत बाढीले ठुलो क्षति पुर्याएको छ। बाढीले यहाँका २५ घरधुरी प्रभावित भएका छन्। त्यस्तै सोही वडा भित्र पर्ने भित्तीमा बसोबास गरिरहेका स्थानीय बासिन्दाको घरमा समेत क्षति पुर्याएको छ।

बाढीले क्षति ग्रस्त रिव गाउँ ,फोटो :लेख बूढा 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पालाई आर्थिक केन्द्र बनाउने पाँच एजेन्डा प्रधानमन्त्री समक्ष लैजाने तयारी

डोल्पामा जुवा खेल्दै गरेका ६ जना नगदसहित पक्राउ

डोल्पाका यार्सापाटनमा लुकीछिपी प्रवेश गर्न खोज्ने १५ जना पक्राउ

डोल्पाबाट पञ्चकोशी दर्शन गर्न दैलेख पुगेका एक तीर्थालुको पानीमा डुबेर मृत्यु

डोल्पामा लुकीछिपी यार्सागुम्बा चोर्न जाने ८ जना पक्राउ 

सांसद बूढाको नेतृत्वमा डोल्पाका लागि अर्बौँका पूर्वाधार योजनाको माग 


TOP