ताजा
बाँकेको बैजनाथका विद्यालयमा सरसफाइ र वृक्षारोपण गर्दै मनाइयो वातावरण दिवस  ||    विद्यार्थी तथा युवामैत्री नीति बनाउन नेविसंघद्वारा कर्णाली प्रदेश सरकारलाई आग्रह  ||    सुर्खेतमा कर्णाली प्रदेश युवा सम्मेलन सुरु, युवाको सहभागितामार्फत विकासमा जोड  ||    कालीकोटका छोरीहरू भन्छन्, ‘आत्मविश्वासले मात्र छोरीहरूलाई आत्मनिर्भर बनाउँछ’  ||    ‘छोरीलाई दया भाव नभई अवसर चाहिएको छ’  ||    कर्णालीका दुर्गम बस्ती अझै राज्यको मूलधारबाट टाढा छन्: सोनाम भुट्टी  ||    नयाँ बजेटप्रति डोल्पाबासी छैनन् सन्तुष्टि   ||    डोल्पा, जाजरकोट र रुकुम पश्चिमबीच निरन्तर सहकार्य र समन्वय गर्ने सहमति  ||   
शनिबार , जेठ २३, २०८३

सुर्खेत: कर्णाली प्रदेशमै पहिलो पटक वृत्ति मार्ग निर्देशन तथा रोजगार मेला हुने भएको छ। कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय र वीरेन्द्रनगर नगरपालिकाको संयुक्त आयोजना तथा हेल्भेटास नेपालको प्राविधिक सहयोगमा यही असार १८ र १९ गते (बुधबार र बिहीबार) वीरेन्द्रनगरको सिटी हलमा दुई दिने वृत्ति मार्गनिर्देशन तथा रोजगार मेला २०८२ आयोजना हुने भएको हो।

बुधबार देखि सुरु हुने दुई दिने रोजगार मेलाको सम्पूर्ण तयारी पूरा भएको रोजगार मेलालाई सफल सफल बनाउन सबैले आफ्नो आफ्नो तर्फ बाट सहयोग गर्दिनु हुन आयोजक टीमले मंगलबार सिटी हलमा गरेको पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ।

 

रोजगारको खोजीमा रहेका युवा र विद्यार्थीहरूलाई उनीहरूको रुचि, सीप र क्षमताअनुसार करिअरको मार्गदर्शन दिने उद्देश्यले यो मेला आयोजना गर्न लागिएको कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ ।

 

मेलाले रोजगारदाता र रोजगार खोज्ने व्यक्तिहरूलाई एउटै ठाउँमा ल्याएर सहकार्यको अवसर दिनेछ।रोजगार मेलामा विशेष गरेर वृत्ति विकाससम्बन्धी परामर्श सेवा, सीपमूलक तालिमहरूको जानकारी र प्रदर्शनी, रोजगारदातासँग प्रत्यक्ष सम्पर्कको अवसर, निःशुल्क कार्यस्थलमा आधारित तालिमबारे जानकारी, स्थानीय उत्पादनहरूको प्रदर्शनी गरिने बताइएको छ। मेलामा ४० भन्दा बढी स्टलको सहभागिता समेत रहने छ।

 

मेलामा सरकारी, गैरसरकारी, शैक्षिक, प्राविधिक तथा निजी क्षेत्रका रोजगारदाता र तालिम प्रदायक संस्थाहरू सहभागी हुनेछन्। विद्यालयका विद्यार्थीहरूलाई समेत मेलामा अवलोकन गराउने व्यवस्था गरिएको छ।

मेलाको प्रचार स्थानीय एफएम, पत्रपत्रिका, अनलाइन र माइकिङमार्फत भइरहेको छ। आयोजकहरूका अनुसार मेलाले विदेश जाने सोच बनाएका युवाहरूलाई स्वदेशमै रोजगारीका अवसर पहिचान गर्न सहयोग पुर्‍याउनेछ साथै बेरोजगारी, जनशक्ति पलायन र दक्ष जनशक्तिको अभावलाई ध्यानमा राख्दै आयोजना गरिएको यस मेलाले स्थानीय श्रम बजारको माग अनुसार जनशक्ति उत्पादनमा सहयोग गर्ने र नीति निर्माणमा समेत मार्गदर्शन दिने छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पालाई आर्थिक केन्द्र बनाउने पाँच एजेन्डा प्रधानमन्त्री समक्ष लैजाने तयारी

सांसद बुढाद्वारा डोल्पाको साझा विकासका एजेन्डा तय गर्न सर्वदलीय छलफल आह्वान 

डोल्पा सडक अनियमितता प्रकरण: विशेष अदालतद्वारा ३ जना दोषी ठहर, अन्यलाई सफाइ

डोल्पाका यार्सापाटनमा लुकीछिपी प्रवेश गर्न खोज्ने १५ जना पक्राउ

डोल्पाबाट पञ्चकोशी दर्शन गर्न दैलेख पुगेका एक तीर्थालुको पानीमा डुबेर मृत्यु

डोल्पामा लुकीछिपी यार्सागुम्बा चोर्न जाने ८ जना पक्राउ 


TOP