ताजा
डोल्पा प्रहरीको एक्सन: लागुऔषध सेवन गरेर सवारी चलाउने दुई चालक नियन्त्रणमा   ||    राज्यको करोडौं लगानी भएको डोल्पाको बलङ्ग्रा चौरी फार्म अलपत्र, बनेका संरचना जीर्ण  ||    डोल्पाका यातायात प्रालिले नियमविपरीत कार्य गरे कारबाही गरिने प्रशासनको चेतावनी  ||    जुम्लामा जिल्ला स्तरीय छोरी सञ्जाल गठन, अध्यक्षमा हमाल चयन    ||    डोल्पामा गुडिरहेको ट्रयाक्टरबाट खस्दा एक जना घाइते  ||    डोल्पामा जेठ महिनामा लेक लागेर २ जनाको मृत्यु, १२ जना बिरामी  ||    विश्वले चिन्ने फोक्सुण्डो ताल आफ्नै प्रदेशको बजेटमा गायब  ||    कर्णालीको बजेट ३५ अर्ब ३९ करोड, चालु आवभन्दा ७.२८ प्रतिशत वृद्धि  ||   
सोमबार , असार ८, २०८३

काठमाण्डौं:  देशभर भाडाको घरमा बस्ने परिवारको संख्या ८ लाख ५२ हजार ५८७ पुगेको छ ।

राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको पछिल्लो जनगणना अनुसार, कुल ६६ लाख ६० हजार ८४१ परिवारमध्ये ५७ लाख २८ हजार ३ सय २३ परिवार आफ्नै घरमा बसोबास गर्छन् ।

यो कुल परिवार संख्याको करिब ८६ प्रतिशत रहेको छ । यसका अतिरिक्त, संस्थागत वा अन्य घरमा बस्ने परिवार संख्या ३९ हजार ९ सय ६५ रहेको तथ्यांकले जनाएको छ । नेपालमा अझै पनि अधिकांश परिवार आफ्नै घरमा बस्ने देखिए पनि भाडामा बस्नेको संख्या उल्लेखनीय छ ।

सबैभन्दा धेरै काठमाडौं क्षेत्र नम्बर–१ मा ६२ प्रतिशत परिवार भाडामा बसोबास गर्ने तथ्यांकले देखाएको छ । देशभरको तथ्यांक हेर्दा ८६ दशमलव ८ प्रतिशत परिवार भने आफ्नै घरमा बसोबास गर्ने गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP