ताजा
यार्सागुम्बा उत्पादन घट्दा हिमाली अर्थतन्त्र संकटमा, सांसद बुढाद्वारा सरकारलाई प्रश्न?   ||    चुलु फार इष्ट हिमालको चुचुरोमा पुगे सशस्त्र प्रहरी जवान डोल्पाका तुलराम बुढा  ||    रुकुम पूर्वको पानीडाल क्षेत्र डोल्पाको भनेपछि काईकेका अध्यक्ष राणाले मागे माफी  ||    डोल्पामा जिप दुर्घटना: घाइते ९ जनाको परिचय खुल्यो  ||    डोल्पाको भित्तीमा जिप दुर्घटना, ९ जना घाइते  ||    रुकुम पश्चिममा जिल्ला छोरी सञ्जाल गठन  ||    डोल्पाको पातीहाल्ना-डोप्केसेरा क्षेत्रमा मकैबालीमा क्षति पुर्‍याउने घोडा नियन्त्रणमा  ||    एक्कासी चल्न छाडे फेसबुकदेखि मेसेन्जर सम्मका सामाजिक सञ्जाल  ||   
सोमबार , असार १, २०८३

 डोल्पा । हिमाली जिल्ला डोल्पाका सांसद धन बहादुर बुढाले कर्णालीको आर्थिक मेरुदण्ड मानिने यार्सागुम्बा गम्भीर संकटमा परेको बताएका छन्। सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले जलवायु परिवर्तन, अव्यवस्थित संकलनलगायतका कारण यस वर्ष पनि डोल्पा सहितका हिमाली जिल्लामा पाइने यार्सागुम्बाको उत्पादन ६० प्रतिशतभन्दा बढीले घटेको दाबी गरे।

सांसद बुढाले डोल्पासहित १२ हिमाली जिल्लाका हजारौं परिवारको वार्षिक आम्दानी यार्सागुम्बामा निर्भर रहेको उल्लेख गर्दै उत्पादनमा आएको गिरावटले हिमाली अर्थतन्त्र नै प्रभावित भएको बताए।

उनले भने, ‘यार्सागुम्बा घट्नु भनेको एउटा जडीबुटी मात्रै घट्नु होइन, हिमाली अर्थतन्त्र घट्नु हो। राष्ट्रलाई ठूलो नोक्सान हुनु हो। बजार सुनसान छन्, हजारौं परिवारको आम्दानी गुमेको छ र यार्सागुम्बामा निर्भर रहेका धेरै घरमा भोकमरीको चिन्ता बढेको छ।’

सांसद बुढाले सरकारले वर्षौंदेखि यार्सागुम्बाबाट करोडौं रुपैयाँ राजस्व उठाउँदै आएको भए पनि संकटमा परेका संकलक र हिमाली समुदायको पक्षमा प्रभावकारी पहल नगरेको आरोप लगाए।

उनले बैठकमा बोल्दै यार्सागुम्बाको संरक्षण, संकलकको सुरक्षा, यार्सागुम्बाको ब्रान्डिङ र दिगो बजार सुनिश्चित गर्न सरकारसमक्ष तीन बुँदे माग समेत राखेका छन्।

यार्सागुम्बा संरक्षण, संकलकको सुरक्षा, उद्धार तथा बीमाको व्यवस्था गर्दै यार्सागुम्बाको ब्रान्डिङ र दिगो बजार सुनिश्चित गर्न वैज्ञानिक तथा दीर्घकालीन नीति तत्काल ल्याउनुपर्ने, प्रभावित संकलक परिवारको अवस्था मूल्यांकन गरी आवश्यक राहत उपलब्ध गराउनुपर्ने र डोल्पामै यार्सासहित अन्य जडीबुटी प्रशोधन उद्योग स्थापना गरी दिगो पर्यटन र स्थानीय रोजगारीसँग जोडिएको विशेष जीविकोपार्जन कार्यक्रम सञ्चालन गर्नुपर्ने माग सांसद बुढाले राखेका छन् ।

बैठकमा उनले सरकारलाई समेत प्रश्न गरेका छन्। ‘डोल्पालगायत हिमाली जनताको आवाज यो सरकारले कहिले सुन्छ?’ । सांसद बुढाले हिमाली समुदायको समस्या समाधानका लागि सरकारले स्पष्ट योजना र ठोस कदम चाल्नुपर्नेमा जोड दिएका छन्। सांसद बूढा गत फागुन २१ मा सम्पन्न प्रतिनिधि सभाको निर्वानिर्वाचीत भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पालाई आर्थिक केन्द्र बनाउने पाँच एजेन्डा प्रधानमन्त्री समक्ष लैजाने तयारी

डोल्पामा जुवा खेल्दै गरेका ६ जना नगदसहित पक्राउ

डोल्पाका यार्सापाटनमा लुकीछिपी प्रवेश गर्न खोज्ने १५ जना पक्राउ

डोल्पाबाट पञ्चकोशी दर्शन गर्न दैलेख पुगेका एक तीर्थालुको पानीमा डुबेर मृत्यु

डोल्पामा लुकीछिपी यार्सागुम्बा चोर्न जाने ८ जना पक्राउ 

सांसद बूढाको नेतृत्वमा डोल्पाका लागि अर्बौँका पूर्वाधार योजनाको माग 


TOP