ताजा
डोल्पा प्रहरीको एक्सन: लागुऔषध सेवन गरेर सवारी चलाउने दुई चालक नियन्त्रणमा   ||    राज्यको करोडौं लगानी भएको डोल्पाको बलङ्ग्रा चौरी फार्म अलपत्र, बनेका संरचना जीर्ण  ||    डोल्पाका यातायात प्रालिले नियमविपरीत कार्य गरे कारबाही गरिने प्रशासनको चेतावनी  ||    जुम्लामा जिल्ला स्तरीय छोरी सञ्जाल गठन, अध्यक्षमा हमाल चयन    ||    डोल्पामा गुडिरहेको ट्रयाक्टरबाट खस्दा एक जना घाइते  ||    डोल्पामा जेठ महिनामा लेक लागेर २ जनाको मृत्यु, १२ जना बिरामी  ||    विश्वले चिन्ने फोक्सुण्डो ताल आफ्नै प्रदेशको बजेटमा गायब  ||    कर्णालीको बजेट ३५ अर्ब ३९ करोड, चालु आवभन्दा ७.२८ प्रतिशत वृद्धि  ||   
सोमबार , असार ८, २०८३

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईमाथि अनुसन्धान हुनुपर्ने माग गर्दै अख्तियारमै उजुरी दर्ता भएको छ ।

सिन्धुलीका कमलामाई नगरपालिकाका युवराज पौडेलले राईमाथि अनुसन्धान गर्नुपर्ने माग गर्दै अख्तियारको कार्यालयमा उजुरी दर्ता गरेका हुन् । राईविरुद्धको उजुरी ‘सी–००३४९८’ नम्बरमा दर्ता भएको हो ।

पौडेलले राईमाथि वाइडबडी विमान खरिद अनियमितता, नेपाल आयल निगमको जग्गा खरिद अनियमितता र नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपितहरुले राईको गाडीमा पैसा हालिदिएको विषयमा छानविन गरी कारबाहीको माग गरेका छन।

विशेष अदालतले गत हप्ता वाइडबडी विमान खरिद भ्रष्टाचार मुद्दाको पूर्णपाठमा दूषित काम कारबाहीको शुरुवाती निर्णयकर्तामाथि नै अनुसन्धान नभएको, मुद्दा चलाउने क्रममा केहीलाई छान्ने र केहीलाई छाड्ने गरी चयनपूर्ण अभियोजन भएको भनेर न्यायिक टिप्पणी गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP