ताजा
डोल्पा प्रहरीको एक्सन: लागुऔषध सेवन गरेर सवारी चलाउने दुई चालक नियन्त्रणमा   ||    राज्यको करोडौं लगानी भएको डोल्पाको बलङ्ग्रा चौरी फार्म अलपत्र, बनेका संरचना जीर्ण  ||    डोल्पाका यातायात प्रालिले नियमविपरीत कार्य गरे कारबाही गरिने प्रशासनको चेतावनी  ||    जुम्लामा जिल्ला स्तरीय छोरी सञ्जाल गठन, अध्यक्षमा हमाल चयन    ||    डोल्पामा गुडिरहेको ट्रयाक्टरबाट खस्दा एक जना घाइते  ||    डोल्पामा जेठ महिनामा लेक लागेर २ जनाको मृत्यु, १२ जना बिरामी  ||    विश्वले चिन्ने फोक्सुण्डो ताल आफ्नै प्रदेशको बजेटमा गायब  ||    कर्णालीको बजेट ३५ अर्ब ३९ करोड, चालु आवभन्दा ७.२८ प्रतिशत वृद्धि  ||   
सोमबार , असार ८, २०८३

सुर्खेत। हिजो र अस्तिको तुलनामा आज शनिबार देशभर वर्षा हुने क्रम केही घट्ने मौसमविद्ले अनुमान गरेका छन्। मौसम पूर्वानुमान महाशाखाले आज बिहान ६ बजे सार्वजनिक गरेको २४ घण्टे बुलेटिन अनुसार देशभर मौसम साधारणतया बदली रहनेछ।

दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशका तराई र पहाडी भूभागका केही स्थानहरूमा, बागमती र गण्डकी प्रदेश लगायत बाँकी पहाड क्षेत्रका थोरै स्थानहरूमा तथा तराईका एकदुई स्थानमा मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

रातिको समयमा पनि देशभर बदली हुने र सबै प्रदेशका पहाडी भूभागका केही स्थान तथा तराईका थोरै स्थानहरूमा मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ।

हाल मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानभन्दा केही दक्षिणतर्फ र पश्चिममा सरदर स्थान आसपास सक्रिय रहेको जानकारी दिइएको छ।

महाशाखाका अनुसार २४ घण्टाभित्र १० देखि ५० मिलिमिटर वर्षा भएको खण्डमा त्यसलाई मध्यम वर्षा मानिन्छ। यस्तै, वर्षा हुने स्थानहरूको प्रतिशत अनुसार एकदुई स्थान,थोरै स्थान,केही स्थान,धेरै स्थान र अधिकांश स्थान भनेर वर्गीकृत गरिन्छ।

सम्बन्धित क्षेत्रका नागरिकलाई आवश्यक सतर्कता अपनाउन मौसमविद्‌हरूले सुझाव दिएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

TOP