ताजा
सुर्खेतको वीरेन्द्रनगरमा ब्राउन सुगरसहित २४ वर्षीय युवक पक्राउ  ||    परीक्षामा पास गराइदिने भन्दै करोडौं ठगी गर्ने दैलेखका एक युवक सुर्खेत प्रहरीको फन्दामा   ||    कर्णाली प्रदेशमा २०८३ सालका लागि ६ दिन थप सार्वजनिक बिदा घोषणा  ||    सर्वोच्चको आदेश: ओली र लेखकमाथि २६ चैतभित्र अनुसन्धान टुंग्याउनू  ||    जाजरकोटमा नक्कली प्रवेशपत्र बनाएर सट्टामा परीक्षा, बाबु र छोरासँगै पक्राउ परे लेखापाल  ||    कर्णाली प्रदेशको विकासका लागि निजी क्षेत्रको सहयोग आवश्यक : मुख्यमन्त्री कँडेल  ||    सांसद बुढाद्वारा डोल्पाका विभिन्न ठाउँमा टेलिकमको फोरजी सेवा विस्तार सहित टावर स्तरवृद्धिको माग  ||    प्रधानमन्त्री बालेन शाहलाई डा. अबुल हुसेन अन्सारीको खुला पत्र  ||   
मंगलबार , चैत्र २४, २०८२

सुर्खेत: १३ औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दोमा सुर्खेतका निशानले स्वर्ण पदक प्राप्त गरेका छन् ।

ललितपुरको सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा मंसिर १५ गतेदेखि २० गतेसम्म सञ्चालन भएको १३ औँ कोरियन एम्बेस्डरमा सुर्खेतको वीरेन्द्रनगर–७ का निशान प्याकुरेलले जुनियर पुरुषको ४८ केजीमुनिको तौल समूहमा प्रतिस्पर्धा गरेका थिए।

इत्राम तेक्वान्दो डोजाङबाट सहभागी उनले कञ्चनपुरका समिर कुँवरलाई पराजित गर्दै स्वर्ण पदक जितेका हुन् । १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण पदक जित्ने आफू कर्णाली प्रदेशकै पहिलो खेलाडी रहेको उनले बताए।

सुर्खेतको चिल्ड्रेन प्याराडाइज विद्यालयमा अध्ययनरत निशानले यसअघि १३औं र १४औं राष्ट्रपति रनिङ सिल्डमा पनि स्वर्ण पदक जितेका थिए। यस्तै नेपाल तेक्वान्दो संघले आयोजना गरेको एनटीए लिगमा पनि उनले तेस्रो स्थान हात पारेका थिए। निशान संघले सञ्चालन गरेको जुनियर राष्ट्रिय टोलीमा पनि परेका थिए। उनी सुर्खेतको इतराम डोजाङका प्रशिक्षक पनि हुन्। उनी डोजाङमा खेलाडीलाई प्रशिक्षण गराउनुका साथै आफै प्रशिक्षण पनि गर्छन्।

च्याम्पियनसिपमा नेपाल, भारत, पाकिस्तान, बंगलादेश र भुटानका खेलाडीले प्रतिस्पर्धा थिए। चिल्ड्रेन, क्याडेट, जुनियर र सिनियर स्पर्धामा ग्योरोगी, पुम्सेसँगै पारा तेक्वान्दोलाई पनि समावेश गरिएको थियो। दक्षिण एसियाका पाँच देशका एक हजार पाँच सय ३० खेलाडीले प्रतिस्पर्धा गरेको च्याम्पियनसिपमा कर्णाली प्रदेशका प्याकुरेलले भिन्न रुपमा चर्चा बटुले।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पाका सांसद बुढाले गरे आफूले पाउने सेवा–सुविधा समाजसेवामा खर्च गर्ने प्रतिबद्धता

प्रधानमन्त्री बालेनसमक्ष डोल्पाका सांसद धन बहादूर बुढाको १५ बुँदे माग, के के छन् माग? 

सांसद बुढाद्वारा डोल्पाका विभिन्न ठाउँमा टेलिकमको फोरजी सेवा विस्तार सहित टावर स्तरवृद्धिको माग

प्रधानमन्त्री बालेन शाहलाई डा. अबुल हुसेन अन्सारीको खुला पत्र

केपी ओलीको रिहाइको माग गर्दै डोल्पामा प्रदर्शन 

जुम्लामा जातीय विभेदको आरोपमा एक महिला पक्राउ


TOP