ताजा
बाँकेको बैजनाथका विद्यालयमा सरसफाइ र वृक्षारोपण गर्दै मनाइयो वातावरण दिवस  ||    विद्यार्थी तथा युवामैत्री नीति बनाउन नेविसंघद्वारा कर्णाली प्रदेश सरकारलाई आग्रह  ||    सुर्खेतमा कर्णाली प्रदेश युवा सम्मेलन सुरु, युवाको सहभागितामार्फत विकासमा जोड  ||    कालीकोटका छोरीहरू भन्छन्, ‘आत्मविश्वासले मात्र छोरीहरूलाई आत्मनिर्भर बनाउँछ’  ||    ‘छोरीलाई दया भाव नभई अवसर चाहिएको छ’  ||    कर्णालीका दुर्गम बस्ती अझै राज्यको मूलधारबाट टाढा छन्: सोनाम भुट्टी  ||    नयाँ बजेटप्रति डोल्पाबासी छैनन् सन्तुष्टि   ||    डोल्पा, जाजरकोट र रुकुम पश्चिमबीच निरन्तर सहकार्य र समन्वय गर्ने सहमति  ||   
शनिबार , जेठ २३, २०८३

पूर्ण सार्की/ डोल्पा । हिमाली जिल्ला डोल्पाबाट निर्वाचित सांसद धन बहादूर बुढाको नेतृत्वमा जिल्लाका लागि अर्बौं पूर्वाधार योजनाको माग गरिएको छ ।

बुधबार सांसद बुढासहित जिल्लाका सरोकारवाला निकायहरूको संयुक्त टोलीले संघीय भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयसमक्ष जिल्लाको समग्र विकासका लागि अर्बौँ रुपैयाँ बराबरका विभिन्न पूर्वाधार योजना तथा बजेटको माग प्रस्तुत गरिएको छ।

आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि सडक, खानेपानी, शहरी विकास, आवास तथा पूर्वाधारका ठूला परियोजनाहरू समेटेर मन्त्रालयमा प्रस्ताव बुझाइएको सांसद बुढाले जानकारी दिए ।

बुढाका अनुसार प्रस्तावमा जगदुल्लाको कोटछाँचु एकीकृत बस्ती पूर्वाधार निर्माण (सडक, खानेपानी, खेलमैदान, स्वास्थ्य भवन) , डोल्पोबुद्ध गाउँपालिकाको धोमा बस्ती विकास तथा तिन्जेलाई हिमाली शहर र सुरक्षित नागरिक आवास निर्माणका लागि ५० करोड रुपैयाँ विनियोजन गर्न माग गरिएको छ।

यस्तै, ठूलीभेरी नगरपालिका र त्रिपुरासुन्दरी नगरपालिकामा टाउन प्लानिङ अध्ययनका लागि ५ करोड, तिप्ला वृहत्त खानेपानी तथा ढल निकास आयोजना सहित अन्य ठाउँमा ढल निकास निर्माणका लागि १० करोड रुपैयाँ माग गरिएको छ।

सडक पूर्वाधारतर्फ भेरी करिडोर (उत्तर–दक्षिण सडक) अन्तर्गत त्रिपुराकोट–दुनै–ल्हासिक्याप सडक स्तरोन्नति तथा कालोपत्रेका लागि २ अर्ब, ल्हासिक्याप–सिसोल–धो खण्ड (करीब ३३ किमी) निर्माणका लागि १ अर्ब, तल्लुवगर–त्रिवेणी–त्रिपुराकोट–दुनै खण्डमा मोटरेबल पुल निर्माणका लागि १ अर्ब ५० करोड रुपैयाँ माग गरिएको छ।

त्यसैगरी मुस्ताङ–डोल्पा जोड्ने सडक, पूर्वी रुकुम हुँदै दुनै जोड्ने सडक, विभिन्न स्थानमा ट्रयाक खोल्ने, पुल निर्माण गर्ने, तथा रिङरोड निर्माणलगायतका योजनामा अर्बौँ बजेटको माग प्रस्ताव गरिएको छ। डोल्पोबुद्ध गाउँपालिकामा सुख्खा बन्दरगाह निर्माणका लागि समेत ७ करोड रुपैयाँ माग गरिएको सांसद बुढाले बताए ।

प्रतिनिधिसभा सदस्य बुढाले डोल्पाको समग्र विकासका लागि यी योजना अत्यावश्यक रहेको उल्लेख गर्दै मन्त्रालयमा औपचारिक रूपमा प्रस्ताव पेश गरिएको जानकारी दिए।

उनले मन्त्री सुनील लम्सालले पनि माग गरिएका योजनाप्रति सकारात्मक धारणा व्यक्त गर्दै आगामी बजेटमा समेट्ने आश्वासन दिएको बताए ।

डोल्पाको दुर्गम भौगोलिक अवस्था, सीमित पूर्वाधार र विकासको आवश्यकतालाई मध्यनजर गर्दै प्रस्तुत गरिएका यी योजनाहरू कार्यान्वयनमा आएमा जिल्लाको आर्थिक तथा सामाजिक रूपान्तरणमा महत्वपूर्ण टेवा पुग्ने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पालाई आर्थिक केन्द्र बनाउने पाँच एजेन्डा प्रधानमन्त्री समक्ष लैजाने तयारी

सांसद बुढाद्वारा डोल्पाको साझा विकासका एजेन्डा तय गर्न सर्वदलीय छलफल आह्वान 

डोल्पा सडक अनियमितता प्रकरण: विशेष अदालतद्वारा ३ जना दोषी ठहर, अन्यलाई सफाइ

डोल्पाका यार्सापाटनमा लुकीछिपी प्रवेश गर्न खोज्ने १५ जना पक्राउ

डोल्पाबाट पञ्चकोशी दर्शन गर्न दैलेख पुगेका एक तीर्थालुको पानीमा डुबेर मृत्यु

डोल्पामा लुकीछिपी यार्सागुम्बा चोर्न जाने ८ जना पक्राउ 


TOP