ताजा
बाँकेको बैजनाथका विद्यालयमा सरसफाइ र वृक्षारोपण गर्दै मनाइयो वातावरण दिवस  ||    विद्यार्थी तथा युवामैत्री नीति बनाउन नेविसंघद्वारा कर्णाली प्रदेश सरकारलाई आग्रह  ||    सुर्खेतमा कर्णाली प्रदेश युवा सम्मेलन सुरु, युवाको सहभागितामार्फत विकासमा जोड  ||    कालीकोटका छोरीहरू भन्छन्, ‘आत्मविश्वासले मात्र छोरीहरूलाई आत्मनिर्भर बनाउँछ’  ||    ‘छोरीलाई दया भाव नभई अवसर चाहिएको छ’  ||    कर्णालीका दुर्गम बस्ती अझै राज्यको मूलधारबाट टाढा छन्: सोनाम भुट्टी  ||    नयाँ बजेटप्रति डोल्पाबासी छैनन् सन्तुष्टि   ||    डोल्पा, जाजरकोट र रुकुम पश्चिमबीच निरन्तर सहकार्य र समन्वय गर्ने सहमति  ||   
शनिबार , जेठ २३, २०८३

डोल्पा । डोल्पा र रुकुम पश्चिमको सिमानास्थित त्रिवेणी क्षेत्रका केही युवाले आफ्नो निजी जग्गामा आवतजावत गरेको भन्दै सवारीसाधन कब्जा गरेका छन् ।

रुकुमको त्रिवेणी हुँदै तल्लो डोल्पाको मुड्केचुला क्षेत्रमा जाने सर्वसाधारणले प्रयोग गर्दै आएको सडक खण्डमा स्थानीयले निजी जग्गा प्रयोग गरिएको भन्दै सवारीसाधनलाई अवरोध गर्ने, चाबी खोस्ने, नियन्त्रणमा लिने र धम्की दिने जस्ता कार्यहरू गरिरहेको मुड्केचुलाका नागरिकको गुनासो छ ।

बैशाख ६ गते एभिन्युज टेलिभिजनका जिल्ला संवाददाता पत्रकार विष्णु प्रसाद देवकोटाले रिपोर्टिङका क्रममा मुड्केचुला तिर जाँदै गर्दा आठबिसकोट नगरपालिका-७ अन्तर्गत पर्ने त्रिवेणी क्षेत्रमा आफूले पनि यस्तो घटनाको सामना गर्नुपरेको जानकारी दिए ।

त्रिवेणी स्थित भेरीनदीमाथि निर्माण गरिएको ह्युमपाईपहुँदै कालिका क्षेत्रतर्फ जाँदै गरेका बेला ३/४ जनाको समूह अचानक आएर निजी जग्गा को बहाना देखाउँदै आक्रामक व्यवहारसहित बाईक रोकेर चाबी खोसेको उनले बताए ।

उक्त क्षेत्रका बासिन्दाले हालसम्म कम्तीमा ६ वटा बाईकका चाबी खोसेको र ती सवारीसाधनहरू जोखिमपूर्ण अवस्थामा छोडिएको त्रिवेणीकै एक स्थानीयले बताए ।

यसअघि मुड्केचुला गाउँपालिका र स्थानीयबीच मौखिक सहमतिमा क्षतिपूर्ति दिने सर्तमा उक्त ठाउँमा बाटो खुला गरिएको थियो ।

तर पालिकाले क्षतिपूर्ति नदिएको भन्दै सवारी आवतजावत बन्द गर्ने, धम्काउने, चाबी खोस्ने गतिविधिहरू त्यहाँका स्थानीयले गर्दै आएका हुन् ।

उता क्षतिपूर्तिको विषयमा गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले सहमतिअनुसार रकम दिन तयार भए पनि जग्गाको कागजात नआएकाले प्रक्रिया अगाडि बढ्न नसकेको बताएका छन्। ‘जग्गा नापी नभएको जस्तो देखिन्छ, यदि नापी भएको भए कागज ल्याइन्थ्यो’ उनले भने ‘ जग्गाको सम्पूर्ण कागजात ल्याएर आए क्षतिपूर्ति दिन तयार छौं।’

स्थानीयको दादागिरी यत्तिमै सीमित छैन। बैशाख ५ गते मुड्केचुला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रेशम महताराको बाईक समेत सोही समूहले नियन्त्रणमा लिएको उनले बताए ।

उनीहरूले ‘सिडियो, डिएसपी आए पनि नछाड्ने ‘ भन्दै खुलेआम चुनौती दिने गरेको आरोप छ।

घटनापछि पत्रकार देवकोटाले जिल्ला प्रहरी कार्यालय डोल्पामा उजुरी दिएका छन्। जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रमुख डिएसपी रुकबहादुर खड्काले घटनाबारे छानबिन सुरु गरिएको र आवश्यक कानुनी प्रक्रिया अघि बढाइने बताएका छन्।

स्थानीय बासिन्दाका अनुसार त्रिवेणी क्षेत्र प्रशासनिक पहुँचभन्दा टाढा रहेकाले स्थायी सुरक्षा उपस्थिति छैन। यही अवस्थाको फाइदा उठाउँदै केही समूहले बारम्बार यस्ता गतिविधि दोहोर्याउदै आएका छन्।

त्रिवेणी क्षेत्र भेरी करिडोर सडकखण्डअन्तर्गत पर्ने संवेदनशील बिन्दु हो, जहाँ रुकुम पश्चिम, जाजरकोट र डोल्पाको संगम पर्छ। यहाँ संयुक्त सुरक्षा पोष्ट स्थापना गरी निगरानी बढाउन नसके भविष्यमा थप गम्भीर घटना हुन सक्ने स्थानीयको चिन्ता छ।

उक्त क्षेत्रमा स्थानीयले अवरोध गर्न थालेपछि निर्माणाधीन जगदुल्ला जलविद्युत आयोजनाका सामानहरु ढुवानीको लागि समेत समस्या भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पालाई आर्थिक केन्द्र बनाउने पाँच एजेन्डा प्रधानमन्त्री समक्ष लैजाने तयारी

सांसद बुढाद्वारा डोल्पाको साझा विकासका एजेन्डा तय गर्न सर्वदलीय छलफल आह्वान 

डोल्पा सडक अनियमितता प्रकरण: विशेष अदालतद्वारा ३ जना दोषी ठहर, अन्यलाई सफाइ

डोल्पाका यार्सापाटनमा लुकीछिपी प्रवेश गर्न खोज्ने १५ जना पक्राउ

डोल्पाबाट पञ्चकोशी दर्शन गर्न दैलेख पुगेका एक तीर्थालुको पानीमा डुबेर मृत्यु

डोल्पामा लुकीछिपी यार्सागुम्बा चोर्न जाने ८ जना पक्राउ 


TOP