ताजा
बाँकेको बैजनाथका विद्यालयमा सरसफाइ र वृक्षारोपण गर्दै मनाइयो वातावरण दिवस  ||    विद्यार्थी तथा युवामैत्री नीति बनाउन नेविसंघद्वारा कर्णाली प्रदेश सरकारलाई आग्रह  ||    सुर्खेतमा कर्णाली प्रदेश युवा सम्मेलन सुरु, युवाको सहभागितामार्फत विकासमा जोड  ||    कालीकोटका छोरीहरू भन्छन्, ‘आत्मविश्वासले मात्र छोरीहरूलाई आत्मनिर्भर बनाउँछ’  ||    ‘छोरीलाई दया भाव नभई अवसर चाहिएको छ’  ||    कर्णालीका दुर्गम बस्ती अझै राज्यको मूलधारबाट टाढा छन्: सोनाम भुट्टी  ||    नयाँ बजेटप्रति डोल्पाबासी छैनन् सन्तुष्टि   ||    डोल्पा, जाजरकोट र रुकुम पश्चिमबीच निरन्तर सहकार्य र समन्वय गर्ने सहमति  ||   
शनिबार , जेठ २३, २०८३

पूर्ण सार्की/डोल्पा। हिमाली जिल्ला डोल्पाका असिना सँगै परेको पानीले स्याउको बिरुवामा क्षति पुर्याएको छ । शनिबार साँझको अविरल वर्षा सँगै परेको असिनाले जिल्लाका विभिन्न ठाउँमा रहेका स्याउका बिरुवामा क्षति पुर्याएको हो ।

स्याउको राजधानीका रूपमा परिचित त्रिपुरासुन्दरी नगरपालिका-३ जिउँ, सुँ गाउँ ,४ को रंग गाउँ ठुलिभेरीको डाँगीवाडा, जुफाल, थाला लगायतका क्षेत्रमा असिनाले स्याउ खेतीमा क्षति पुर्याएको कृषकले जानकारी दिएका छन् ।

 

जिल्लामा झण्डै आधा घण्टासम्म परेको असिनाले भर्खर फुलेका स्याउका फूल र लाग्दै गरेका दाना सबै झारेर नष्ट गरेको त्रिपुरासुन्दरी ३ स्थित महादेव फलफूल तथा बगैचा उद्योगका प्रोपाइटर रामबहादुर गुरुङले जानकारी दिए ।

उनले भने ‘एकैछिनको असिनाले वर्षभरीको मेहनत सखाप बनायो। गत वर्ष स्याउबाट मात्रै ३ देखि ५ लाख रुपैयाँसम्म आम्दानी भएको थियो, असिनाका कारण यस वर्ष सोचेजस्तो उत्पादन नहुने भयो ।’

प्राकृतिक विपद्ले डोल्पाका स्याउ किसानहरूलाई आर्थिक रूपमा संकटमा पारेको छ। विशेषगरी विमा व्यवस्था नहुँदा किसानहरू थप मारमा परेका छन्। जुम्ला, मनाङ र मुस्ताङ जस्ता जिल्लामा स्याउ बाली विमा लागू भएको सुनिए पनि डोल्पामा भने यस्तो कुनै प्रभावकारी व्यवस्था नभएको किसानहरूको गुनासो छ।

राष्ट्रिय कृषि आधुनिकीकरण तथा कार्यक्रम कार्यान्वयन इकाईका कार्यालय प्रमुख गाेविन्द बहादुर मल्लले स्याउ किसानहरुलाई विमा गर्न विगतदेखि नै बुझाउँदै आएपनि खासै चासाे नदिएकाे बताए ।

उनले कार्यालयबाट जब सम्म स्याउकाे विमा गरिदैन तब सम्म विभिन्न कार्यक्रमकाे बजेट राेक्का गरिदिदा समेत पनि विमा नगरेपछि अन्त्यमा बाध्य भएर कार्यक्रम तथा याेजनाकाे भुक्तानी दिएकाे जानकारी दिए ।

डोल्पाली किसानहरूले विपद्का कारण भएको क्षतिको उचित मूल्यांकन गरी राहत तथा बाली विमा व्यवस्था तत्काल लागू गर्न सरकारसँग माग गरेका छन्। दुर्गम क्षेत्रमा कृषिमा आश्रित किसानहरूको जीवनरक्षा र उत्पादनको सुनिश्चितताका लागि राज्यले समयमै हस्तक्षेप नगरे, डोल्पाको स्याउ खेती संकटमा पर्ने देखिन्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पालाई आर्थिक केन्द्र बनाउने पाँच एजेन्डा प्रधानमन्त्री समक्ष लैजाने तयारी

सांसद बुढाद्वारा डोल्पाको साझा विकासका एजेन्डा तय गर्न सर्वदलीय छलफल आह्वान 

डोल्पा सडक अनियमितता प्रकरण: विशेष अदालतद्वारा ३ जना दोषी ठहर, अन्यलाई सफाइ

डोल्पाका यार्सापाटनमा लुकीछिपी प्रवेश गर्न खोज्ने १५ जना पक्राउ

डोल्पाबाट पञ्चकोशी दर्शन गर्न दैलेख पुगेका एक तीर्थालुको पानीमा डुबेर मृत्यु

डोल्पामा लुकीछिपी यार्सागुम्बा चोर्न जाने ८ जना पक्राउ 


TOP