डोल्पा। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले हिमाली जिल्ला डोल्पामा संगठन विस्तार कार्य सुरु गरेको छ।
संगठन नै विस्तार नभएको रास्वपाले बुधबार जिल्ला तदर्थ समितिका पदाधिकारीहरु चयन गर्दै संगठन विस्तार कार्यलाई अगाडि बढाएको हो ।


जिल्ला सदरमुकाम दुनैमा बुधबार बसेको भेलाले जिल्ला तदर्थ समितिको सभापतिमा देवसिं ऐडीलाई सर्वसम्मत चयन गरेको छ । ऐडी गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा डोल्पाबाट उम्मेदवार समेत बनेका थिए ।
त्यस्तै उप-सभापतीमा युवराज शाही, सचिवमा ज्ञान बहादुर बुढा, स-सचिवमा सुबास कार्की,कोषाध्यक्षमा जुनु हिराचन सहित ९ सदस्यीय तदर्थ समिति गठन सहित संगठन विस्तार कार्यको सुरुवात गरेको रास्वपाका कर्णाली प्रदेश सभापति मदन खड्काले जानकारी दिए ।
संगठन नै विस्तार नभएको रास्वपाले गत चुनावमा डोल्पाबाट प्रतक्ष्य तर्फ हार व्यहोरेपनी समानुपातिक तर्फ भने राम्रो मत प्राप्त गर्दै तेश्रो दल बनेको थियो ।










