डोल्पा । जिल्ला समन्वय समिति महासंघ नेपालको केन्द्रीय कोषाध्यक्षमा जिल्ला समन्वय समिति डोल्पाका प्रमुख श्याम बहादुर रोकाया निर्विरोध निर्वाचित भएका छन्।
काठमाडौँमा सोमबारदेखि जारी जिल्ला समन्वय समिति महासंघ नेपालको केन्द्रीय महाधिवेशनअन्तर्गत छैटौँ परिषद्बाट रोकाया कोषाध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका हुन्।


रोकाया यसअघि कर्णाली प्रदेश समन्वय समिति महासंघको प्रदेश कमिटी सदस्यका रूपमा सक्रिय रहेका थिए। महासंघको केन्द्रीय कोषाध्यक्षमा निर्विरोध निर्वाचित भएपछि उनले आफूलाई विश्वास गर्दै जिम्मेवारी प्रदान गर्ने सम्पूर्ण प्रतिनिधि तथा सरोकारवालाप्रति आभार व्यक्त गरेका छन्।
उनले जिल्ला समन्वय समितिहरूको भूमिका सुदृढ बनाउन तथा महासंघलाई अझ प्रभावकारी बनाउन आफू प्रतिबद्ध रहने बताएका छन्। रोकाया नेपाली कांग्रेसको तर्फबाट वि.सं. २०७९ सालमा जिल्ला समन्वय समिति डोल्पाको प्रमुख पदमा निर्विरोध निर्वाचित भएका थिए।











