रुकुम पश्चिम । रुकुम पश्चिमस्थित जिल्ला अस्पतालको फार्मेसीमा चोरी भएको छ। जिल्लाको मुसिकोट नगरपालिका-०१ सल्लेमा रहेको जिल्ला अस्पतालको फार्मेसीबाट मंगलबार राति करिब ८ बजेतिर नगद चोरी भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

प्रहरीका अनुसार फार्मेसीमा कार्यरत कर्मचारी शौचालय गएको बेला काउन्टरमा रहेको करिब १४ देखि १५ हजार रुपैयाँ चोरी भएको हो। फार्मेसीबाट नगद बाहेक अन्य कुनै सामग्री चोरी नभएको प्रहरीले जनाएको छ ।

घटनापछि प्रहरीले चोरीमा संलग्न रहेको आरोपमा मुसिकोट नगरपालिका-०३ का १९ वर्षीय दिपेश वली तथा मुसिकोट-०१ का २२ वर्षीय अल्बड सिंह र १९ वर्षीय जगदीश परियारलाई पक्राउ गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी झविन्द्र परियारका अनुसार पक्राउ परेका तीनै जना मानसिक अवस्था सामान्य नरहेका तथा बेवारिसे अवस्थामा सडकमा बस्दै आएका व्यक्ति हुन्। उनीहरूका अभिभावक तथा आफन्त कोही नभएकाले सडकमै जीवनयापन गर्दै आएका छन्।

प्रहरीले यसअघि पनि उनीहरूलाई विभिन्न घटनामा नियन्त्रणमा लिएको जनाएको छ। सूचना अधिकारी परियारले उनीहरूलाई सुधार केन्द्रमा राख्न आवश्यक देखिए पनि परिवार तथा अभिभावकको टुंगो नलागेकाले राख्न नसकिएको बताए।

पक्राउ परेकाहरूलाई आवश्यक सोधपुछ तथा सम्झाइ बुझाइपछि छाडिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पालाई आर्थिक केन्द्र बनाउने पाँच एजेन्डा प्रधानमन्त्री समक्ष लैजाने तयारी

सांसद बुढाद्वारा डोल्पाको साझा विकासका एजेन्डा तय गर्न सर्वदलीय छलफल आह्वान 

डोल्पामा जुवा खेल्दै गरेका ६ जना नगदसहित पक्राउ

डोल्पाका यार्सापाटनमा लुकीछिपी प्रवेश गर्न खोज्ने १५ जना पक्राउ

डोल्पाबाट पञ्चकोशी दर्शन गर्न दैलेख पुगेका एक तीर्थालुको पानीमा डुबेर मृत्यु

डोल्पामा लुकीछिपी यार्सागुम्बा चोर्न जाने ८ जना पक्राउ 


TOP