काठमाडौं। सामाजिक सञ्जालका प्रमुख माध्यमहरू फेसबुक, इन्स्टाग्राम र मेसेन्जरमा एक्कासि प्राविधिक समस्या देखिएको छ। शुक्रबार साँझदेखि यस्तो समस्या देखिन थालेको हो।
यसका कारण नेपालभरका प्रयोगकर्ताहरूले सेवा प्रयोग गर्न पाइरहेका छैनन्। यो समस्यामा प्रयोगकर्ताहरूले आफ्नो अकाउन्ट चलाउँदा चलाउँदै अचानक स्वतः लगआउट हुने अनौठो झमेला बेहोर्नु परिरहेको छ।


फेसबुक र इन्स्टाग्रामको फिड लोड नहुने, मेसेजहरू नजाने र लगइन गर्न खोज्दा समथिङ वेन्ट रङ जस्ता सन्देशहरू देखिने गरेका छन्।
मेटा कम्पनीको तर्फबाट यस विषयमा कुनै आधिकारिक प्रतिक्रिया आइसकेको छैन। साथै यस समस्याको वास्तविक कारण अहिलेसम्म प्रस्ट हुन सकेको छैन्।










