ताजा
बाँकेको बैजनाथका विद्यालयमा सरसफाइ र वृक्षारोपण गर्दै मनाइयो वातावरण दिवस  ||    विद्यार्थी तथा युवामैत्री नीति बनाउन नेविसंघद्वारा कर्णाली प्रदेश सरकारलाई आग्रह  ||    सुर्खेतमा कर्णाली प्रदेश युवा सम्मेलन सुरु, युवाको सहभागितामार्फत विकासमा जोड  ||    कालीकोटका छोरीहरू भन्छन्, ‘आत्मविश्वासले मात्र छोरीहरूलाई आत्मनिर्भर बनाउँछ’  ||    ‘छोरीलाई दया भाव नभई अवसर चाहिएको छ’  ||    कर्णालीका दुर्गम बस्ती अझै राज्यको मूलधारबाट टाढा छन्: सोनाम भुट्टी  ||    नयाँ बजेटप्रति डोल्पाबासी छैनन् सन्तुष्टि   ||    डोल्पा, जाजरकोट र रुकुम पश्चिमबीच निरन्तर सहकार्य र समन्वय गर्ने सहमति  ||   
शनिबार , जेठ २३, २०८३

डोल्पा। हिमाली जिल्ला डोल्पामा लुकीछिपी यार्सागुम्बा चोर्न जाने ८ जना पक्राउ परेका छन् ।

जिल्लाका विभिन्न यार्सा पाटनहरूमा यार्सागुम्बा चोर्न जाँदै गरेका ८ जनालाई नियन्त्रणमा लिएको शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्जको कार्यालयले जानकारी दिएको छ ।

कार्यालयका अनुसार आइतबार बिहान जिल्लाको शे-फोक्सुण्डो गाउँपालिका स्थित कोनास यार्सा पाटनमा लुकीछिपी यार्सागुम्बा चोर्न जाँदै गरेका जुम्लाको पातारासी गाउँपालिकाका ६ जनालाई निकुञ्जको सुन्धुवा स्थित निकुञ्ज र नेपाली सेनाको संयुक्त सुरक्षा पोष्टले पक्राउ गरेको हो । पक्राउ परेकाहरुलाई निकुञ्जको कार्यालय तर्फ ल्याउँदै गरेको निकुञ्जका सूचना अधिकारी विज्ञान सेनले रंगिन पाटीलाई जानकारी दिए ।

त्यस्तै गत वैशाख ११ गते शुक्रबार जगदुल्ला गाउँपालिकास्थित फूलबारी यार्सा पाटनबाट तोइजुम स्थित निकुञ्ज र नेपाली सेनाको संयुक्त सुरक्षा पोष्टले जगदुल्ला गाउँपालिका ५ का दुई जनालाई पक्राउ गरिएको निकुञ्जले जानकारी दिएको छ ।

पक्राउ परेका उनीहरूलाई दुई दिन नियन्त्रणमा राखेर बयान लगि हाजिरी जमानीमा छोडिएको निकुञ्जका सूचना अधिकारी विज्ञान सेनले बताए ।

यार्सागुम्बा संकलनको समय नजिकिँदै गर्दा डोल्पाका यार्सापाटनहरुमा सुरक्षा बढाइएको छ । यो वर्ष यार्सागुम्बा संकलनका लागि जिल्लाका यार्सापाटनहरु कहिले खुलाउने भन्ने विषयमा सर्वदलीय, सर्वपक्षीय बैठक यही वैशाख २२ गते मंगलबार बोलाइएको छ ।

निकुञ्जले यार्सापाटनहरु आधिकारिक रूपमा नखुल्दै कोही कसैलाई चोरीको लागी पाटनतिर नजान आग्रह समेत गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पालाई आर्थिक केन्द्र बनाउने पाँच एजेन्डा प्रधानमन्त्री समक्ष लैजाने तयारी

सांसद बुढाद्वारा डोल्पाको साझा विकासका एजेन्डा तय गर्न सर्वदलीय छलफल आह्वान 

डोल्पा सडक अनियमितता प्रकरण: विशेष अदालतद्वारा ३ जना दोषी ठहर, अन्यलाई सफाइ

डोल्पाका यार्सापाटनमा लुकीछिपी प्रवेश गर्न खोज्ने १५ जना पक्राउ

डोल्पाबाट पञ्चकोशी दर्शन गर्न दैलेख पुगेका एक तीर्थालुको पानीमा डुबेर मृत्यु

डोल्पामा लुकीछिपी यार्सागुम्बा चोर्न जाने ८ जना पक्राउ 


TOP