ताजा
बाँकेको बैजनाथका विद्यालयमा सरसफाइ र वृक्षारोपण गर्दै मनाइयो वातावरण दिवस  ||    विद्यार्थी तथा युवामैत्री नीति बनाउन नेविसंघद्वारा कर्णाली प्रदेश सरकारलाई आग्रह  ||    सुर्खेतमा कर्णाली प्रदेश युवा सम्मेलन सुरु, युवाको सहभागितामार्फत विकासमा जोड  ||    कालीकोटका छोरीहरू भन्छन्, ‘आत्मविश्वासले मात्र छोरीहरूलाई आत्मनिर्भर बनाउँछ’  ||    ‘छोरीलाई दया भाव नभई अवसर चाहिएको छ’  ||    कर्णालीका दुर्गम बस्ती अझै राज्यको मूलधारबाट टाढा छन्: सोनाम भुट्टी  ||    नयाँ बजेटप्रति डोल्पाबासी छैनन् सन्तुष्टि   ||    डोल्पा, जाजरकोट र रुकुम पश्चिमबीच निरन्तर सहकार्य र समन्वय गर्ने सहमति  ||   
शनिबार , जेठ २३, २०८३

डोल्पा । हिमाली जिल्ला डोल्पामा विपद्‌को पूर्वतयारी स्वरूप विपद् प्रतिकार्य अभ्यास गरिएको छ ।

सोमबार जिल्लाको सदरमुकाम दुनैस्थित भेरी नदीमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त आयोजनामा विपद् प्रतिकार्य सम्बन्धी कृत्रिम अभ्यास गरिएको हो ।

अभ्यासका क्रममा वर्षायाममा हुन सक्ने बाढी, पहिरो तथा खोलामा पानीको बहाव बढ्दा उत्पन्न हुन सक्ने जोखिम र त्यसबाट प्रभावितको उद्धार गर्ने तरिकाबारे प्रदर्शन गरिएको नेपाली सेनाको सुलीगाडस्थित संग्राम शार्दुल गुल्मले जानकारी दिएको छ ।

गुल्मका अभ्यासमा विपद्‌को समयमा अपनाउनुपर्ने पूर्वतयारी, उद्धार तथा घाइतेलाई प्राथमिक उपचार गरी अस्पतालसम्म पुर्‍याउने प्रक्रियाको अभ्यास गरिएको थियो ।

विशेषगरी बाढी र पहिरोका कारण जोखिममा परेका नागरिकको सुरक्षित उद्धार, डोरीको प्रयोग, स्ट्रेचरमार्फत घाइतेको व्यवस्थापन तथा तत्काल उपचारको अभ्यास गरिएको जनाइएको छ ।

उक्त प्रतिकार्य अभ्यासमा जिल्ला विपद् व्यवस्थापन समितिका निकाय, सुरक्षा निकाय, जिल्ला समन्वय समितिका पदाधिकारी, स्थानीय तहका जनप्रतिनिधि, सदरमुकामस्थित सरस्वती माध्यमिक विद्यालयका विद्यार्थी तथा स्थानीयवासीको सहभागिता रहेको थियो ।

सुरक्षा निकायले वर्षायाम नजिकिँदै गएकाले सम्भावित विपद्‌बाट हुने क्षति न्यूनीकरणका लागि यस्ता अभ्यासले उद्धार कार्यलाई प्रभावकारी बनाउन सहयोग पुग्ने बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पालाई आर्थिक केन्द्र बनाउने पाँच एजेन्डा प्रधानमन्त्री समक्ष लैजाने तयारी

सांसद बुढाद्वारा डोल्पाको साझा विकासका एजेन्डा तय गर्न सर्वदलीय छलफल आह्वान 

डोल्पा सडक अनियमितता प्रकरण: विशेष अदालतद्वारा ३ जना दोषी ठहर, अन्यलाई सफाइ

डोल्पाका यार्सापाटनमा लुकीछिपी प्रवेश गर्न खोज्ने १५ जना पक्राउ

डोल्पाबाट पञ्चकोशी दर्शन गर्न दैलेख पुगेका एक तीर्थालुको पानीमा डुबेर मृत्यु

डोल्पामा लुकीछिपी यार्सागुम्बा चोर्न जाने ८ जना पक्राउ 


TOP