डोल्पा । हिमाली जिल्ला डोल्पामा यात्रुवाहक जिप दुर्घटना हुँदा ९ जना घाइते भएका छन्। जिल्लाको ठूलीभेरी नगरपालिका-०९ भित्तीस्थित भेरी करिडोर सडकखण्डमा शनिबार साँझ करिब ६ः३० बजे ग १ ज ६४३७ नम्बरको यात्रुवाहक जिप दुर्घटना हुँदा ९ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ।

प्रहरीका अनुसार सदरमुकाम दुनैबाट त्रिपुराकोटतर्फ जाँदै गरेको जिप एक्कासी ब्रेक फेल भएपछि विपरीत दिशाबाट आउँदै गरेको रा १ च २९४८ नम्बरको ट्याक्टरसँग ठोक्किएको थियो।

दुर्घटनामा जिपमा सवार चालकसहित १० जनामध्ये ९ जना घाइते भएका छन्। घाइतेहरूको नाम, थर तथा स्वास्थ्य अवस्था खुल्न बाँकी रहेको र घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल दुनै पठाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी पदम रावलले जानकारी दिए ।

रावलका अनुसार दुघर्टनापछि सम्बन्धित ठाउँमा प्रहरी पुगी जीप चालक ठुली भेरी नगरपालिका-०९ बस्ने ३१ वर्षीय राजकुमार सिंह र ट्याक्टर चालक ठुली भेरी नगरपालिका-०४ बस्ने २३ वर्षीय दिल बहादुर विकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने दुर्घटनाग्रस्त जिप र ट्याक्टर घटनास्थलमै रहेका छन्। दुर्घटनाका कारण सडक अवरुद्ध नभएको घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पालाई आर्थिक केन्द्र बनाउने पाँच एजेन्डा प्रधानमन्त्री समक्ष लैजाने तयारी

सांसद बुढाद्वारा डोल्पाको साझा विकासका एजेन्डा तय गर्न सर्वदलीय छलफल आह्वान 

डोल्पामा जुवा खेल्दै गरेका ६ जना नगदसहित पक्राउ

डोल्पाका यार्सापाटनमा लुकीछिपी प्रवेश गर्न खोज्ने १५ जना पक्राउ

डोल्पाबाट पञ्चकोशी दर्शन गर्न दैलेख पुगेका एक तीर्थालुको पानीमा डुबेर मृत्यु

डोल्पामा लुकीछिपी यार्सागुम्बा चोर्न जाने ८ जना पक्राउ 


TOP