डोल्पा:नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यक्रम जनतासंग माओवादी, मध्यपहाडि लोकमार्ग अभियान अन्र्तगत भोली (मंगलबार) रुकुम पश्चिमको चौरजहारीमा विशाल जनसभाको आयोजना गरिएको छ । जनसभालाई नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) सहित अन्य शिर्ष नेतृत्वले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

चौरजहारीमा हुने जनसभामा जिल्लाका सबै पालिकाबाट नेता कार्यकर्ता सहित सर्वसाधरणहरुको ठुलो सहभागीता रहने नेकपा माओवादी केन्द्र रुकुम पश्चिमले जनाएको छ । प्रचण्डले जनसभामा सम्बोधन गर्नुका साथै त्यसअघि सहिदपरिवारसंग भेटघाट समेत गर्नेछन । प्रचण्डले मंगलबार विहान चौरजहारी पार्टी कार्यालयमा शहीदपरिवारहरु संगै, जनयुद्धका घाईते, आपांग, पूर्व जनमुक्ति सेनाको टिमसंग भेटघाट गर्नेछन ।

त्यस्तै चौरजहारी नगरपालिकाको कार्यालय अवलोकन र कर्मचारीहरुसंग भेटघाट समेत गर्नेछन । प्रचण्डले चौरजहारीको जनसभा समापन लगतै मुसिकोटको यात्रा प्रस्थान गरी सदरमुकाम खलंगाको शेरीगाउँ शहीदप्रतिष्ठानमा आयोजना गरिएको जनसंसाद कार्यक्रममा सहभाभी हुनेछन । मंगलबार प्रचण्ड रुकुम पश्चिम सदरमुकाम खलंगामा नै बास बसेर ७ गते विहान रुकुमकोट तर्फ लाग्नेछन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पालाई आर्थिक केन्द्र बनाउने पाँच एजेन्डा प्रधानमन्त्री समक्ष लैजाने तयारी

सांसद बुढाद्वारा डोल्पाको साझा विकासका एजेन्डा तय गर्न सर्वदलीय छलफल आह्वान 

डोल्पामा जुवा खेल्दै गरेका ६ जना नगदसहित पक्राउ

डोल्पाका यार्सापाटनमा लुकीछिपी प्रवेश गर्न खोज्ने १५ जना पक्राउ

डोल्पाबाट पञ्चकोशी दर्शन गर्न दैलेख पुगेका एक तीर्थालुको पानीमा डुबेर मृत्यु

डोल्पामा लुकीछिपी यार्सागुम्बा चोर्न जाने ८ जना पक्राउ 


TOP