ताजा
राज्यको करोडौं लगानी भएको डोल्पाको बलङ्ग्रा चौरी फार्म अलपत्र, बनेका संरचना जीर्ण  ||    डोल्पाका यातायात प्रालिले नियमविपरीत कार्य गरे कारबाही गरिने प्रशासनको चेतावनी  ||    जुम्लामा जिल्ला स्तरीय छोरी सञ्जाल गठन, अध्यक्षमा हमाल चयन    ||    डोल्पामा गुडिरहेको ट्रयाक्टरबाट खस्दा एक जना घाइते  ||    डोल्पामा जेठ महिनामा लेक लागेर २ जनाको मृत्यु, १२ जना बिरामी  ||    विश्वले चिन्ने फोक्सुण्डो ताल आफ्नै प्रदेशको बजेटमा गायब  ||    कर्णालीको बजेट ३५ अर्ब ३९ करोड, चालु आवभन्दा ७.२८ प्रतिशत वृद्धि  ||    कर्णालीको डोल्पासहितका जिल्लामा जडीबुटी प्रशोधन केन्द्र स्थापना गर्न सांसद राणाको माग  ||   
आइतबार , असार ७, २०८३

डोल्पा: यार्सागुम्बा संकलनका लागि हिमाली जिल्ला डोल्पा पुगेका दुई समूहबीच झडप भएको छ।शनिबार दिउँसो ठूली भेरी नगरपालिका – १ को ठांगे लेक( दह देउराली)मा यार्सागुम्बा संकलन गर्न गएका २ समूहबीच झडप भएको हो।

जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी निरीक्षक मनिश थापाका अनुसार डोल्पाको ठूली भेरी नगरपालिका ०१ थालाका र काइके गाउँपालिका ०२ माथिल्लो शहरताराका स्थानीयहरुबिच झडप भएको हो।  यार्सा सङ्कलनको लागि डोल्पा पुगेका पूर्वी रुकुमको मैकोट गाउँका स्थानीय पनि झगडामा सामेल भएको बताइएको छ।

उनीहरूबीच यार्सागुम्बा संकलनमा सीमा इलाकाको विषयमा विवाद भई झडप भएको थियो। दुवै पक्षका गरी अन्दाजी ७ सय मानिसहरू रहेको प्रहरी निरीक्षक थापाले जानकारी दिए।

यो दुई ठाउँका स्थानीय बीच विगत लामो समय देखि सीमा विवाद चलिरहेको छ। ठांगे यार्सा पाटनलाई दुवै ठाउँका सामुदायहरुले एक अर्काको दाबी गर्दै आइरहेका छन्। अरु बेला खासै सीमा विवाद नआएपनि यार्सा सङ्कलनको समयमा भने विवाद हुँदै आइरहेको छ।

दुवै ठाउँका स्थानीय बीच ढुङ्गा मुढा, गाली गलौज भै स्थितिलाई नियन्त्रणमा लिन सशस्त्र प्रहरी बल नेपाल नं.४६ गुल्म डोल्पाबाट सशस्त्र प्रहरी नायब निरीक्षकको कमाण्डमा खटिएको टोलीले २ राउन्ड हवाइ फायर गरेको शसस्त्र प्रहरी बल नेपाल नं ४६का डिएसपी भुवन अर्यालले जानकारी दिए। अहिले त्यहाँको अवस्था सामान्य रहेको उनले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पामा जुवा खेल्दै गरेका ६ जना नगदसहित पक्राउ

डोल्पाका यार्सापाटनमा लुकीछिपी प्रवेश गर्न खोज्ने १५ जना पक्राउ

डोल्पाबाट पञ्चकोशी दर्शन गर्न दैलेख पुगेका एक तीर्थालुको पानीमा डुबेर मृत्यु

डोल्पामा लुकीछिपी यार्सागुम्बा चोर्न जाने ८ जना पक्राउ 

सांसद बूढाको नेतृत्वमा डोल्पाका लागि अर्बौँका पूर्वाधार योजनाको माग 

डोल्पामा संगठन विस्तार गर्दै रास्वपा, पहिलो पटक तदर्थ समिति गठन 


TOP