डोल्पा— हिमाली जिल्ला डोल्पामा निर्माणाधीन जगदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेडले सिभिल र हाइड्रो मेकानिकल कार्यका लागि आह्वान गरेको ठेक्काको आशयपत्र जारी गरेको छ। कम्पनीले कर रहित १२ अर्ब १५ करोड रुपैयाँको आर्थिक प्रस्ताव कबोल गरेको जियाङ्सी कन्स्ट्रक्सन इन्जिनियरिङ (ग्रुप) कर्पोरेसन (चीन) र एएनके कन्स्ट्रक्सन नेपाल जेभीलाई ठेक्का दिन लागेको हो।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सञ्जय सापकोटाका अनुसार आशयपत्र जारी गरिसकिएकाले चित्त नबुझेको पक्षले १५ दिनभित्र सार्वजनिक खरिद पुनरावलोकन समितिमा उजुरी दिन सक्नेछ। “यदि उजुरी परेन भने सोही अवधिभित्र सम्झौताको लागि पत्र काट्ने प्रक्रिया अघि बढ्छ,” सापकोटाले बताए। सम्झौता गर्नुअघि धरौटी, बैंक ग्यारेन्टी सहितका सम्पूर्ण प्राविधिक प्रक्रिया पूरा गर्नुपर्नेछ।

 

यद्यपि ठेक्काको छनोट प्रक्रिया माथि प्रश्न उठिरहेको छ। चीनको हेझाउ साङ्चेङ इलेक्ट्रिक पावर कम्पनीले आफूले साङ्चेङ जलविद्युत् आयोजना निर्माण सकिएको प्रमाणपत्र नदिएको र आफ्नो नाम अनधिकृत रूपमा प्रयोग गरिएको भन्दै आपत्ति जनाएको छ। जेठ ७ गते इमेलमार्फत जगदुल्ला कम्पनीलाई जानकारी गराउँदै साङ्चेङ आयोजना आर्थिक अभावका कारण निर्माणै नभएको स्पष्ट गरिएको छ।

 

तर, उक्त इमेल आधिकारिक हो वा होइन भन्ने विषयमा स्पष्टता आइसकेको छैन। सीईओ सापकोटाका अनुसार जियाङ्सी कन्स्ट्रक्सनसँग सामान्यतः हुने इमेल संवादकै माध्यमबाट उक्त सन्देश प्राप्त भएको हो, तर प्रमाणपत्र दिने संस्थाबाट आएको इमेललाई आधिकारिक मान्ने वा नमान्ने भन्नेमा अन्योल छ।

 

यसैबीच, सिनो हाइड्रो कर्पोरेसनले ठेक्का छनोट प्रक्रिया अस्वीकार गर्दै उजुरी दिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोग र केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले यस सम्बन्धमा अनुसन्धान गरिरहेका छन्। साथै, सिउ इन्फ्रास्ट्रक्चर र हाई हिमालय हाइड्रो कन्स्ट्रक्सन जेभीले दायर गरेको रिटमाथि जेठ २१ गते उच्च अदालत पाटनमा पेसी तोकिएको छ। अदालतले हालसम्म कुनै अन्तरिम आदेश भने दिएको छैन।

 

यसअघि, कम्पनीले वैशाख ९ गते जियाङ्सी–एएनके जेभी र सिनो हाइड्रोलाई योग्य दाबी गर्दै आर्थिक प्रस्ताव खोल्ने सूचना जारी गरेको थियो। वैशाख २४ गते खोलिएको आर्थिक प्रस्तावअनुसार सबैभन्दा कम मूल्य कबोल गर्ने जियाङ्सी–एएनके जेभी ठेक्काको दौडमा अघि देखिएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पालाई आर्थिक केन्द्र बनाउने पाँच एजेन्डा प्रधानमन्त्री समक्ष लैजाने तयारी

सांसद बुढाद्वारा डोल्पाको साझा विकासका एजेन्डा तय गर्न सर्वदलीय छलफल आह्वान 

डोल्पामा जुवा खेल्दै गरेका ६ जना नगदसहित पक्राउ

डोल्पाका यार्सापाटनमा लुकीछिपी प्रवेश गर्न खोज्ने १५ जना पक्राउ

डोल्पाबाट पञ्चकोशी दर्शन गर्न दैलेख पुगेका एक तीर्थालुको पानीमा डुबेर मृत्यु

डोल्पामा लुकीछिपी यार्सागुम्बा चोर्न जाने ८ जना पक्राउ 


TOP