डोल्पा – मनसुन सुरु हुन नपाउँदै हिमालीडोल्पा जिल्लामा बाढी र पहिरोका कारण झण्डै २९ सय नागरिक विस्थापित हुने प्रारम्भिक अनुमान जिल्ला विपद् व्यवस्थापन समितिले सार्वजनिक गरेको छ। विगत वर्षहरूमा आएका प्राकृतिक प्रकोपका घटनाबाट सिकेर तयार पारिएको यो पूर्वानुमानले डोल्पा जिल्लामा उच्च जोखिमको चेतावनी दिएको हो।

समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी (प्रजिअ) रोमहादुर महतका अनुसार, अघिल्लो वर्षका तथ्यांक र असरको समीक्षा गरेर सम्भावित क्षतिको अनुमान गरिएको हो। ‘विपद् व्यवस्थापन पूर्वतयारीको विषय हो, तर स्थानीय जनप्रतिनिधिको सहभागिताको अभाव अझै पनि चुनौतीको रूपमा देखिएको छ,’ प्रजिअ महतले बताए।

उनका अनुसार, विपद् पूर्वतयारीबारे छलफल गर्न पटक–पटक जनप्रतिनिधिहरूलाई निमन्त्रणा गरिए पनि सहभागिता नहुनु चिन्ताजनक विषय बनेको छ। ‘सामूहिक तयारीको आवश्यकता परेका बेला जनप्रतिनिधिहरू अनुपस्थित हुनु गम्भीर कमजोरी हो,’उनले भने।

 

यसैबीच, जिल्ला सुरक्षा संयन्त्र पूर्ण रूपमा सक्रिय पारिएको छ। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रमुखहरूको उपस्थितिमा विपद् व्यवस्थापन सम्बन्धी विशेष बैठकसमेत सम्पन्न भएको छ। बैठकमा छिटो सुरु भएको मनसुन र डोल्पाको पहाडी भौगोलिक बनावटलाई दृष्टिगत गर्दै संभावित दुर्घटनाबाट नागरिकलाई कसरी सुरक्षित राख्ने भन्नेबारे गम्भीर छलफल भएको हो।

जिल्ला प्रशासनले तत्कालीन उद्धार, अस्थायी बास, खाद्य तथा स्वास्थ्य सहायता लगायतका विषयमा सुरक्षा निकायहरूसँग समन्वयात्मक योजना तयार गरेको छ।

प्रजिअ महतका अनुसार, हाल जिल्लामा जोखिमयुक्त बस्तीहरूको पहिचान र पूर्व-सञ्चार,सम्भावित बाढी तथा पहिरो प्रभावित क्षेत्रहरूको मानचित्राङ्कन,स्थानीय सञ्चार माध्यम र सूचना केन्द्रमार्फत सचेतना अभियान,प्रत्येक पालिकामा उद्धारकर्मी तथा स्वयंसेवकको तालीम र उपकरण तयारी,विद्यालय, भवन र सार्वजनिक स्थानलाई अस्थायी शिविरका रूपमा प्रयोग गर्न तयारी,सूचना प्रवाहका लागि जिल्ला आपतकालीन सञ्चालन केन्द्र (DEOC) सक्रिय लगायतका विषयहरूलाई प्राथमिकतामा राखेको छ।

समितिका अनुसार सदरमुकाम दुनै बजार आसपास, ठुलीभेरी नगरपालिका अन्तर्गत डांगीवाडा, मुड्केचुला गाउँपालिकाको कालिका र कौशिला खोलाको आसपासका बस्तीहरू उच्च जोखिममा रहेका छन्।

 

 प्रशासन र सुरक्षानिकाय मात्रै सक्रिय हुँदा पनि स्थानीय तह र जनप्रतिनिधि लगायत सम्बन्धित सरोकारवालाहरूको सक्रिय सहभागिता नभएसम्म सफल विपद् व्यवस्थापन भने सम्भव हुने छैन।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पालाई आर्थिक केन्द्र बनाउने पाँच एजेन्डा प्रधानमन्त्री समक्ष लैजाने तयारी

सांसद बुढाद्वारा डोल्पाको साझा विकासका एजेन्डा तय गर्न सर्वदलीय छलफल आह्वान 

डोल्पामा जुवा खेल्दै गरेका ६ जना नगदसहित पक्राउ

डोल्पाका यार्सापाटनमा लुकीछिपी प्रवेश गर्न खोज्ने १५ जना पक्राउ

डोल्पाबाट पञ्चकोशी दर्शन गर्न दैलेख पुगेका एक तीर्थालुको पानीमा डुबेर मृत्यु

डोल्पामा लुकीछिपी यार्सागुम्बा चोर्न जाने ८ जना पक्राउ 


TOP