एयर इन्डियाको लन्डन गेटविकतर्फ उडान भरिरहेको बोइङ ७८७ ड्रीमलाइनर विमान आज भारतको अहमदाबाद विमानस्थल नजिकै दुर्घटनाग्रस्त भएको छ। उडान नम्बर एआई१७१ मा चालक दलसहित २४२ जना यात्रु सवार थिए।

 

विमान टेकअफको क्रममा विमानस्थलको सीमा नजिकै रहेको एयर कस्टम कार्गो कार्यालय नजिकै दुर्घटनामा परेको हो। भारतीय सञ्चारमाध्यमका अनुसार विमान खस्नासाथ तीव्र धुवाँ देखिएको थियो। घटनास्थलमा प्रहरी, दमकल र एम्बुलेन्सका टोलीहरू तत्काल पुगेका थिए भने राष्ट्रिय विपद् प्रतिक्रिया बल (एनडीआरएफ) का दुईवटा टोली उद्धार कार्यमा संलग्न छन्।

 

एयर इन्डियाले आफ्नो एक्स (पूर्व ट्विटर) अकाउन्टमार्फत दुर्घटनाको पुष्टि गर्दै एक वक्तव्यमा भनेको छ, “अहमदाबाद-लन्डन गेटविक उडान गर्ने उडान नम्बर एआई१७१ आज, १२ जुन २०२५ मा दुर्घटनामा परेको छ।” एयरलाइन्सले थप विवरण सङ्कलन भइरहेको जानकारी दिंदै यथासक्य चाँडो अपडेट उपलब्ध गराउने बताएको छ।

 

भारतका गृहमन्त्री अमित शाहले घटनाबारे गुजरातका मुख्यमन्त्री भूपेन्द्र पटेल र प्रहरी आयुक्तसँग समन्वय गरेको बताइएको छ। उनले केन्द्र सरकारबाट सबै सम्भव सहयोग उपलब्ध गराइने आश्वासन पनि दिएका छन्।

 

न्यूज २४ अनलाइनका अनुसार सो विमानमा गुजरातका पूर्व मुख्यमन्त्री विजय रुपाणी पनि सवार रहेको खबर छ। हालसम्म यात्रुहरूको अवस्था र क्षतिको विस्तृत विवरण सार्वजनिक गरिएको छैन।घटनास्थलमा उद्धार कार्य तीव्र रूपमा अघि बढिरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पालाई आर्थिक केन्द्र बनाउने पाँच एजेन्डा प्रधानमन्त्री समक्ष लैजाने तयारी

सांसद बुढाद्वारा डोल्पाको साझा विकासका एजेन्डा तय गर्न सर्वदलीय छलफल आह्वान 

डोल्पामा जुवा खेल्दै गरेका ६ जना नगदसहित पक्राउ

डोल्पाका यार्सापाटनमा लुकीछिपी प्रवेश गर्न खोज्ने १५ जना पक्राउ

डोल्पाबाट पञ्चकोशी दर्शन गर्न दैलेख पुगेका एक तीर्थालुको पानीमा डुबेर मृत्यु

डोल्पामा लुकीछिपी यार्सागुम्बा चोर्न जाने ८ जना पक्राउ 


TOP