ताजा
डोल्पाका यातायात प्रालिले नियमविपरीत कार्य गरे कारबाही गरिने प्रशासनको चेतावनी  ||    जुम्लामा जिल्ला स्तरीय छोरी सञ्जाल गठन, अध्यक्षमा हमाल चयन    ||    डोल्पामा गुडिरहेको ट्रयाक्टरबाट खस्दा एक जना घाइते  ||    डोल्पामा जेठ महिनामा लेक लागेर २ जनाको मृत्यु, १२ जना बिरामी  ||    विश्वले चिन्ने फोक्सुण्डो ताल आफ्नै प्रदेशको बजेटमा गायब  ||    कर्णालीको बजेट ३५ अर्ब ३९ करोड, चालु आवभन्दा ७.२८ प्रतिशत वृद्धि  ||    कर्णालीको डोल्पासहितका जिल्लामा जडीबुटी प्रशोधन केन्द्र स्थापना गर्न सांसद राणाको माग  ||    सुर्खेतमा जिल्लास्तरीय छोरी सञ्जाल गठन, अध्यक्षमा कोइराला चयन  ||   
शनिबार , असार ६, २०८३

पुर्ण सार्की/ डोल्पा: हिमाली जिल्ला डोल्पाको जिल्ला अस्पतालमा निःशुल्क महिला स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ।

स्वास्थ्य सेवा कार्यालय डोल्पा र जन स्वास्थ्य सरोकार ट्रष्ट नेपालको संयुक्त आयोजना तथा ठूली भेरी नगरपालिकाको सहयोगमा आषाढ १ गते देखि ३ गते सम्म  निःशुल्क महिला स्वास्थ्य शिविर सञ्चालन हुने स्वास्थ्य सेवा कार्यालय डोल्पाले जानकारी दिएको छ।

३ दिन सम्म चल्ने निःशुल्क महिला स्वास्थ्य शिविरमा महिलाको स्वास्थ्य सम्बन्धी सामान्य स्वास्थ्य परीक्षण, स्त्री रोग परीक्षण, पाठेघर मुखको क्यान्सरको परीक्षण र स्तन क्यान्सर परीक्षण सहित सम्बन्धित विषयमा विशेषज्ञ चिकित्सकहरु द्वारा सेवा प्रदान गरिने जिल्ला अस्पताल डोल्पाका डा. अखण्ड उपाध्यायले जानकारी दिए।

यो शिविर डोल्पाका महिलाको लागि लाभदायी हुने र शिविरमा उपस्थित भै आफ्नो निःशुल्क स्वास्थ्य सेवा लाभ लिन स्वास्थ्य सेवा कार्यालय डोल्पाले अनुरोध समेत गरेको छ।

शिविरमा जिल्ला अस्पताल डोल्पामा  बिहान ९ बजे देखि दिउँसो २ बजे सम्म सञ्चालन हुने छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पामा जुवा खेल्दै गरेका ६ जना नगदसहित पक्राउ

डोल्पाका यार्सापाटनमा लुकीछिपी प्रवेश गर्न खोज्ने १५ जना पक्राउ

डोल्पाबाट पञ्चकोशी दर्शन गर्न दैलेख पुगेका एक तीर्थालुको पानीमा डुबेर मृत्यु

डोल्पामा लुकीछिपी यार्सागुम्बा चोर्न जाने ८ जना पक्राउ 

सांसद बूढाको नेतृत्वमा डोल्पाका लागि अर्बौँका पूर्वाधार योजनाको माग 

डोल्पामा संगठन विस्तार गर्दै रास्वपा, पहिलो पटक तदर्थ समिति गठन 


TOP