ताजा
डोल्पाका यातायात प्रालिले नियमविपरीत कार्य गरे कारबाही गरिने प्रशासनको चेतावनी  ||    जुम्लामा जिल्ला स्तरीय छोरी सञ्जाल गठन, अध्यक्षमा हमाल चयन    ||    डोल्पामा गुडिरहेको ट्रयाक्टरबाट खस्दा एक जना घाइते  ||    डोल्पामा जेठ महिनामा लेक लागेर २ जनाको मृत्यु, १२ जना बिरामी  ||    विश्वले चिन्ने फोक्सुण्डो ताल आफ्नै प्रदेशको बजेटमा गायब  ||    कर्णालीको बजेट ३५ अर्ब ३९ करोड, चालु आवभन्दा ७.२८ प्रतिशत वृद्धि  ||    कर्णालीको डोल्पासहितका जिल्लामा जडीबुटी प्रशोधन केन्द्र स्थापना गर्न सांसद राणाको माग  ||    सुर्खेतमा जिल्लास्तरीय छोरी सञ्जाल गठन, अध्यक्षमा कोइराला चयन  ||   
शनिबार , असार ६, २०८३

 डोल्पा :कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ३२ अर्ब ९९ करोड ६६ लाख ५५ हजार रुपैयाँको बजेट ल्याएको छ। असार १ गते मध्यराति प्रदेशसभा बैठकमा कर्णालीका आर्थिक मामिला तथा योजना मन्त्री राजीव विक्रम शाहले बजेट प्रस्तुत गर्दै प्रदेशका पर्यटकीय स्थलहरुको संरक्षण तथा विकासमा २१ करोड रुपैयाँ विनियोजन गरिएको जानकारी दिए।

 

तर, विश्वमै चर्चित डोल्पाको शे–फाेक्सुण्डो गाउँपालिका–८ रिग्मो गाउँ स्थित प्रसिद्ध फोक्सुण्डो ताल भने नीति तथा कार्यक्रममै बेवास्ता गरिएको छ। नीति तथा कार्यक्रमको बुँदा नम्बर ५९ मा मुगुको रारा ताल, सुर्खेतको काक्रेविहार र बुलबुले उद्यान , सल्यानको कुपिण्डे दह र रुकुम पश्चिमको स्यार्पू तालका लागि गुरुयोजना कार्यान्वयन अन्तर्गत बजेट विनियोजन गरिएको उल्लेख छ। तर, फोक्सुण्डो ताल जस्तो अन्तर्राष्ट्रिय मान्यता प्राप्त गन्तव्यको नामसमेत नीति तथा कार्यक्रममा समेटिएको छैन।

 

स्थानीय जानकारहरूका अनुसार, बर्सेनि हजारौं आन्तरिक तथा बाह्य पर्यटक आगमन हुने फोक्सुण्डो तालले राष्ट्रिय राजस्वमा महत्वपूर्ण योगदान दिँदै आएको छ। तर, यति महत्वपूर्ण स्थललाई बेवास्ता गर्दै ‘पावर, पहुँच र कार्यकर्तामुखी’ बजेट ल्याएको भन्दै उनीहरू आक्रोशित छन्।

 

“फोक्सुण्डो ताल आफैंमा इतिहास बोकेको, विश्वका पर्यटकको ध्यान खिचिसकेको स्थल हो। यस्तो गन्तव्यलाई प्रदेश सरकारको नीति तथा कार्यक्रममा समेत समावेश नगर्नु राज्यप्रति बेवास्ता हो,” एक स्थानीय पर्यटन व्यवसायीले भने।

 

डोल्पामा रहेका बहुमूल्य जडिबुटी स्रोत, कृषि सम्भाव्यता र पर्यटन विकासका अपार सम्भावनालाई उपयोग गर्न सके कर्णाली प्रदेश सरकार आफैं लाभान्वित हुने उनीहरूको भनाइ छ।

 

प्रदेश सरकारले योजना बैंक सञ्चालन गरेको भए पनि नीति तथा कार्यक्रममा पुरानै शैली दोहोरिएको भन्दै दसवटै जिल्लालाई समेट्ने नाममा डोल्पा जस्ता सम्भाव्य क्षेत्र उपेक्षित भएको गुनासो बढेको छ।

यो वर्ष मात्रै नभई वर्षेनी आउने कर्णालीको नीति तथा कार्यक्रममा डोल्पा र डोल्पाका प्रसिद्ध धार्मिक एबम् पर्यटकीय गन्तव्यहरुलाई ओझेलमा पारिएको देखिन्छ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पामा जुवा खेल्दै गरेका ६ जना नगदसहित पक्राउ

डोल्पाका यार्सापाटनमा लुकीछिपी प्रवेश गर्न खोज्ने १५ जना पक्राउ

डोल्पाबाट पञ्चकोशी दर्शन गर्न दैलेख पुगेका एक तीर्थालुको पानीमा डुबेर मृत्यु

डोल्पामा लुकीछिपी यार्सागुम्बा चोर्न जाने ८ जना पक्राउ 

सांसद बूढाको नेतृत्वमा डोल्पाका लागि अर्बौँका पूर्वाधार योजनाको माग 

डोल्पामा संगठन विस्तार गर्दै रास्वपा, पहिलो पटक तदर्थ समिति गठन 


TOP