ताजा
डोल्पाका यातायात प्रालिले नियमविपरीत कार्य गरे कारबाही गरिने प्रशासनको चेतावनी  ||    जुम्लामा जिल्ला स्तरीय छोरी सञ्जाल गठन, अध्यक्षमा हमाल चयन    ||    डोल्पामा गुडिरहेको ट्रयाक्टरबाट खस्दा एक जना घाइते  ||    डोल्पामा जेठ महिनामा लेक लागेर २ जनाको मृत्यु, १२ जना बिरामी  ||    विश्वले चिन्ने फोक्सुण्डो ताल आफ्नै प्रदेशको बजेटमा गायब  ||    कर्णालीको बजेट ३५ अर्ब ३९ करोड, चालु आवभन्दा ७.२८ प्रतिशत वृद्धि  ||    कर्णालीको डोल्पासहितका जिल्लामा जडीबुटी प्रशोधन केन्द्र स्थापना गर्न सांसद राणाको माग  ||    सुर्खेतमा जिल्लास्तरीय छोरी सञ्जाल गठन, अध्यक्षमा कोइराला चयन  ||   
शनिबार , असार ६, २०८३

काठमाडौं,। प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँ चक्रपथको कलङ्की–कोटेश्वर खण्डमा नवनिर्मित ग्वार्को फ्लाई ओभरको उद्घाटन गरेका छन् । चक्रपथमा हुने गरेको सवारी आवागमनको अत्यधिक चाप व्यवस्थापन गर्न ग्वार्कोमा ओभर पास निर्माण गरिएको हो । उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालमै पहिलोपल्ट फ्लाई ओभर निर्माण भएको बताए । यस फ्लाई ओभरले अब ग्वार्कोमा जामको समस्या समाधान हुने बताए ।

 

उनले दैलेखकमा पत्ता लागेको मिथेन ग्यास नेपालको समृद्धि र विकासका लागि धेरै महत्वपूर्ण रहेको बताए । ‘हामी विकासको बाटोमा लगातार अगाडि बढीरहेका छौं । हिजोमात्रै एउटा समाचार आयो । आज अखबारहरुमा व्यापक महत्व पायो । दैलेखमा नेपालाई ५० वर्ष पुग्नेगरी मिथेन ग्यास फेला पर्यो । त्यो प्रमाणित भयो । तीन वटा कुवा छ त्यहाँ । एउटा वेलबाट मात्रै ५० वर्ष नेपाललाई पुग्ने ग्यास त्यहाँबाट उत्पादन हुन्छ । जुन कुरा यो फ्लाई ओभर सुरु गरेजस्तै त्यसको पनि सुरुवात मैले नै गरेको थिएँ,’– उनले भने ।

प्रधानमन्त्री ओलीले धौवादी फलाम कारखाना पनि अगाडि बढाइने बताए । उनले धौवादी फलाम कारखाना सम्पन्न हुनेबित्तिकै नेपाललाई सयौं वर्ष पुग्ने फलाम र प्रशोधन कारखाना स्थापना हुने उनले बताए ।

फोटो:पुर्ण सार्की 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पामा जुवा खेल्दै गरेका ६ जना नगदसहित पक्राउ

डोल्पाका यार्सापाटनमा लुकीछिपी प्रवेश गर्न खोज्ने १५ जना पक्राउ

डोल्पाबाट पञ्चकोशी दर्शन गर्न दैलेख पुगेका एक तीर्थालुको पानीमा डुबेर मृत्यु

डोल्पामा लुकीछिपी यार्सागुम्बा चोर्न जाने ८ जना पक्राउ 

सांसद बूढाको नेतृत्वमा डोल्पाका लागि अर्बौँका पूर्वाधार योजनाको माग 

डोल्पामा संगठन विस्तार गर्दै रास्वपा, पहिलो पटक तदर्थ समिति गठन 


TOP