ताजा
डोल्पाका यातायात प्रालिले नियमविपरीत कार्य गरे कारबाही गरिने प्रशासनको चेतावनी  ||    जुम्लामा जिल्ला स्तरीय छोरी सञ्जाल गठन, अध्यक्षमा हमाल चयन    ||    डोल्पामा गुडिरहेको ट्रयाक्टरबाट खस्दा एक जना घाइते  ||    डोल्पामा जेठ महिनामा लेक लागेर २ जनाको मृत्यु, १२ जना बिरामी  ||    विश्वले चिन्ने फोक्सुण्डो ताल आफ्नै प्रदेशको बजेटमा गायब  ||    कर्णालीको बजेट ३५ अर्ब ३९ करोड, चालु आवभन्दा ७.२८ प्रतिशत वृद्धि  ||    कर्णालीको डोल्पासहितका जिल्लामा जडीबुटी प्रशोधन केन्द्र स्थापना गर्न सांसद राणाको माग  ||    सुर्खेतमा जिल्लास्तरीय छोरी सञ्जाल गठन, अध्यक्षमा कोइराला चयन  ||   
शुक्रबार , असार ५, २०८३

पुर्ण सार्की/डोल्पा: डोल्पाको मुड्केचुला गाउँपालिकाले गाउँ सभाको १७ औं अधिवेशनबाट ४२ करोड भन्दा माथिको बजेट पारित  गरेको छ।

 

मंगलबार गाउँपालिकाको केन्द्र नर्कुमा पालिकाका अध्यक्ष दत्त शाहीको सभाध्यक्षतामा भएको गाउँसभामा उपाध्यक्ष दुदा रोकायले बजेट सभामा आर्थिक वर्ष २०८२/८३ का लागि चालू तर्फ ६० दशमलव ४७ प्रतिशत पूजिंगत तर्फ ३९ दशमलव ५३ प्रतिशत गरी कुल ४२ करोड ३२ लाख २२ हजार १ सय १२ रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको हो।

 

त्यसै गरी समग्रमा सामाजिक विकास तर्फ १४ करोड ८६ लाख,आर्थिक विकास तर्फ १ करोड २२ लाख,भौतिक पूर्वाधार तर्फ १३ करोड ८५ लाख,सुशासन तथा सस्थागत विकास तर्फ ९ करोड २३ लाख,खानेपानी तथा सरसफाइ तर्फ १ करोड ९ लाख,वडा कार्यालय प्रशासनिक खर्च तर्फ४६ लाख,श्रम रोजगार तर्फ१ करोड २२ लाख र बाँकी रकम अन्य विभिध क्षेत्रमामा बिनियोजन गरिएको मुड्केचुला गाउँपालिका प्रमुख प्रशसकिय अधिकृत रेशम महताराले जानकारी दिए ।

 

गुणस्तरीय स्वास्थ्य सेवा तथा शिक्षाको प्रत्याभूत गर्ने, सूचना प्रविधिको उच्चतम उपयोग र संस्थागत सुशासन कायम गर्ने, दिगो पूर्वाधार निर्माण, सन्तुलित विकास एवम् संरक्षण र सम्वर्द्धन गर्ने,भाषा, संस्कृति, कला, साहित्यको संरक्षण, प्रर्वद्धन र विकास गर्ने,कृषि तथा पशुपंक्षी क्षेत्रको व्यावसायिक विकास एवम् वातावरण संरक्षण र विपद् व्यवस्थापन गर्ने,उद्यमशीलता तथा स्वरोजगारी सिर्जना र युवा तथा खेलकुदको प्रर्वद्धन गर्ने,बजेट प्रणालीमा सुधार गरी सार्वजनिक खर्चको प्रभावकारीता अभिवृद्धि गर्दै “स्वच्छ, शान्त, समृद्ध पर्यटकिय गाउँ मुड्केचुला” भन्ने मूल ध्येय साथ बजेट ल्याइएको अध्यक्ष शाहीले जानकारी दिए।

 

बजेटमा गुणस्तरीय स्वास्थ्य सेवा तथा शिक्षा, फलदायी दिगो पूर्वाधार निर्माण तथा सन्तुलित विकास, सूचना प्रविधि र तिनको अधिकतम उपयोग, वन तथा वातावरण संरक्षण, फोहोरमैला तथा विपद् व्यवस्थापन, आर्थिक विकास र राजस्व परिचालन, पर्यटन क्षेत्रको विकास र प्रवर्द्धन, खानेपानी श्रोतको संरक्षण तथा व्यवस्थापन, सार्वजनिक जग्गाको संरक्षण, प्रशासनिक पुनर्संरचना तथा संस्थागत सुशासन,भाषा, सस्कृति, कला, साहित्यको संरक्षण, प्रवर्द्धन र विकास, उद्यम, स्वरोजगारी र सहकारीताको विकास, युवा शक्ति तथा खेलकुदको प्रवर्द्धन, कृषि तथा पशुपक्षी क्षेत्रको व्यवसायिक विकास, उत्पादकत्वमा अभिवृद्धि, बजारीकरण तथा व्यवसायिकीकरण, जनसांख्यिक लाभको उच्चतम उपयोग र समावेशीकरण तथा महिला तथा सिमान्तकृत समुदायको मूलप्रवाहीकरणलाई प्राथमिकतामा राखिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पालाई आर्थिक केन्द्र बनाउने पाँच एजेन्डा प्रधानमन्त्री समक्ष लैजाने तयारी

डोल्पामा जुवा खेल्दै गरेका ६ जना नगदसहित पक्राउ

डोल्पाका यार्सापाटनमा लुकीछिपी प्रवेश गर्न खोज्ने १५ जना पक्राउ

डोल्पाबाट पञ्चकोशी दर्शन गर्न दैलेख पुगेका एक तीर्थालुको पानीमा डुबेर मृत्यु

डोल्पामा लुकीछिपी यार्सागुम्बा चोर्न जाने ८ जना पक्राउ 

सांसद बूढाको नेतृत्वमा डोल्पाका लागि अर्बौँका पूर्वाधार योजनाको माग 


TOP