ताजा
डोल्पाका यातायात प्रालिले नियमविपरीत कार्य गरे कारबाही गरिने प्रशासनको चेतावनी  ||    जुम्लामा जिल्ला स्तरीय छोरी सञ्जाल गठन, अध्यक्षमा हमाल चयन    ||    डोल्पामा गुडिरहेको ट्रयाक्टरबाट खस्दा एक जना घाइते  ||    डोल्पामा जेठ महिनामा लेक लागेर २ जनाको मृत्यु, १२ जना बिरामी  ||    विश्वले चिन्ने फोक्सुण्डो ताल आफ्नै प्रदेशको बजेटमा गायब  ||    कर्णालीको बजेट ३५ अर्ब ३९ करोड, चालु आवभन्दा ७.२८ प्रतिशत वृद्धि  ||    कर्णालीको डोल्पासहितका जिल्लामा जडीबुटी प्रशोधन केन्द्र स्थापना गर्न सांसद राणाको माग  ||    सुर्खेतमा जिल्लास्तरीय छोरी सञ्जाल गठन, अध्यक्षमा कोइराला चयन  ||   
शुक्रबार , असार ५, २०८३

डोल्पा:डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाले कांग्रेस र माओवादीका निर्वाचित जनप्रतिनिधिको उपस्थिति बिनै बजेट ल्याएको छ। संविधान अनुसार असार १० गतेभित्र स्थानीय तहले बजेट ल्याइसक्नु पर्ने कानुनी प्रावधान भएकाले आजै बजेट ल्याइएको नगर प्रमुख जनचन्द्र रोकायले जानकारी दिए।

त्रिपुरासुन्दरी नगरपालिकाकाे आ.ब. २०८२/८३ काे १३ औं नगर सभा तथा बार्षिक नीति तथा कार्यक्रममा रु ५२ कराेड ६८ लाख ३० हजार ३ सय ३४ रुपैया बजेट पेश भएकाे त्रिपुरासुन्दरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत भिम बहादुर थापाले जानकारी दिए। थापाले भने” नगर सभा उद्घाटन भएकाे छ, बन्द सत्रमा आवश्यकता अनुसार बजेट बाँडफाँड गरिने छ। केही बिबादका कारण बजेट बाडफाड नहुदा चालू र पुजिगत खर्च नछुट्टिएकाे हाे अब असार ११ गते बस्ने सभाकाे बन्द सत्रले कुन क्षेत्रमा कति बजेट विनियोजन गर्ने निर्णय गर्ने अधिकृत थापाले बताए ।नगर सभामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबाट निर्वाचित कार्यपालिका सदस्यहरु सहभागी भएका थिएनन्। नगरपालिकाकै जनप्रतिनिधि बिचको बिवादलाई समाधान गरेर बजेटलाई पुर्णता दिन निरन्तर छलफल भइरहेकाले भोली भित्रै नगर प्रमुख घर्तीले जाहेरी फिर्ता लिने र हिरासतमा रहेका वडाध्यक्ष बुढा फर्किने नगर प्रमुख रोकायले स्पष्ट पारे ।

यस बिषयमा नेकपा एमाले पार्टी र स्वयमं जाहेरी कर्ता घर्ती पनि सकारात्मक भइसकेको उनको भनाइ छ ।वडाध्यक्ष बुढा हिरासतमुक्त हुने बित्तिकै बजेटको दफावार छलफलमा जाने उनले बताए ।

बजेट सभामा भाग नलिने काँङ्ग्रेस माओवादीका जनप्रतिनिधिको अडान कायमै 

प्रहरी हिरासतमा रहेका वडाध्यक्ष बुढा हिरासतमुक्त नभएसम्म काँङ्ग्रेस र माओवादीका जनप्रतिनिधिद्धारा बजेट सभामा भाग नलिने घोषणा गरेकाछन् ।मंगलबार नगर प्रमुख रोकायलाई ध्यानकर्षण पत्र बुझाउँदै माओवादीका ५ र काँङ्ग्रेसका १ गरेर ६ जना वडाध्यक्षले हस्तारक्षर गरेर बजेट सभामा भाग नलिने घोषणा गरेकाहुन् ।

नगरपालिकाकैमा टुंग्याउनु पर्ने सामान्य भनाभनलाई गल्तीको माफि माग्दा समेत नमानी हिरासतमा पु¥याइएकाले अब नगरपालिकाले गर्ने बजेट सम्बन्धि कुनै पनि सभामा नेपाली काँङ्ग्रेस र माओवादीका गरेर ३२ जना सभा सदस्यले भाग नलिने वडा नं ४ का अध्यक्ष रञ्जित बुढाले बताए ।

यता नेपाली काँङ्ग्रेसबाट निर्वाचित वडा नं ११ का वडाध्यक्ष चन्द्ररुपमा डसासलले सामान्य भनाभनको बिषयलाई ठुलो बनाइएको बताए ।

उनि भन्छन् ‘गल्ती गरे होलान तर,माफि माग्दा समेत माफि नदिनु उचित होइन्,एक जना जनप्रतिनिधि हिरासतमा हुँदा अरु जनप्रतिनिधिले कसरी सभामा भाग लिन सक्छन्,त्यसैले वडाध्यक्ष बुढा हिरासतमुक्त नभएसम्म बजेट सभामा काँङ्ग्रेसका कुनैपनि प्रतिनिधिले भाग लिँदैनन् ।’

के हो घटना?

सोमबार बिहान बजेट बनाउने बिषयमा नगर प्रमुख जनचन्द्र रोकाय र नगर उप–प्रमुख घर्ती बिच सामान्य भनाभन् पर्यो ।समावेशी क्षेत्रमा बजेट बनाउने बिषयमा नगर प्रमुख र उप–प्रमुख बिच सामान्य भनाभन परेको नगरपालिका स्रोतले जनाएको छ । यस लगत्तै उप प्रमुख घर्ती बाहिर निस्केको बताइन्छ ।घर जानको लागि कान्छि बजार पुग्नु अघि वडाध्यक्ष बुढा आफन्त र वडाबासी सहित घर जान गाडीमा बसेका थिए ।

उप–प्रमुख घर्ती पुग्ने बित्तिकै जीप चालकले तपाइहरु बाहिर निस्कनुस उप–मेयरलाई लिएर जानुपर्ने भयो भनेपछि वडाध्यक्ष बुढा र उप–प्रमुख घर्ती बिच भनाभन सुरु भएको थियो ।

त्यसपछि उप–प्रमुखले माधक पदार्थ सेवन गरेको भन्दै मोवाइलमा फोटो खिच्न लागेपछि वडाध्यक्षले फोटो किन खिचेको भन्दै मोवाइल खोसेपछि दुबै पक्ष बिच बिवाद उत्पन्न भएको प्रहरीले जनाएको छ ।

पछि उप प्रमुख घर्तीले आफुमाथि अभद्र ब्यवहार गरेको भन्दै प्रहरीलाई खबर गरेपछि तुरुन्त घरतर्फ हिँडेका वडाध्यक्ष बुढालाई फर्काएर जिल्ला प्रहरी कार्यालय डोल्पामा पु¥याएको थियो ।सोमबार नै उप–प्रमुख घर्तीले आफुमाथि अभन्द्र ब्यवहार गरेको भन्दै उजुरी दिइन् । सामान्य विषयलाई लिएर राजनीतिक प्रतिशोध साँचेर वडा अध्यक्षलाई फसाउन खोजेको नेकपा माओवादी केन्द्र र निर्वाचित जनप्रतिनिधिले बताएका छन्। विवाद समाधान नहुने बेला सम्म बजेट पास हुन नदिने उनीहरूको अडान कायमै रहेको छ।

 

यता वडा अध्यक्ष नै हिरासत पुगेपछि नगरपालिकाका जन प्रतिनिधि बीचको झगडाले उग्र रूप लिएको छ।नगर उप–प्रमुख घर्ती नेकपा एमालेबाट निर्वाचित हुन् भने वडाध्यक्ष बुढा माओवादीबाट निर्वाचित वडाध्यक्ष हुन् । यस बिषयलाई दुबै पक्षले राजनितिक रुपमा जोडेको बताइन्छ ।यस बिषयमा बिवाद समाधान गर्न दुबै पक्षका नेता र जनप्रतिनिधि जुटेपनि समहमती जुट्न सकेको छैन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पालाई आर्थिक केन्द्र बनाउने पाँच एजेन्डा प्रधानमन्त्री समक्ष लैजाने तयारी

डोल्पामा जुवा खेल्दै गरेका ६ जना नगदसहित पक्राउ

डोल्पाका यार्सापाटनमा लुकीछिपी प्रवेश गर्न खोज्ने १५ जना पक्राउ

डोल्पाबाट पञ्चकोशी दर्शन गर्न दैलेख पुगेका एक तीर्थालुको पानीमा डुबेर मृत्यु

डोल्पामा लुकीछिपी यार्सागुम्बा चोर्न जाने ८ जना पक्राउ 

सांसद बूढाको नेतृत्वमा डोल्पाका लागि अर्बौँका पूर्वाधार योजनाको माग 


TOP