डोल्पा : गत असार १२ गते राति परेको अविरल वर्षाका कारण काइके गाउँपालिका–४ रिवा गाउँका दलित बस्ती लगायत विभिन्न स्थानहरूमा आएको बाढी र पहिरोले स्थानीय भौतिक पूर्वाधारमा ठूलो क्षति पुर्याएको छ। बाढीले गाउँ बस्तीका घर, खेतबारी, सडक तथा अन्य संरचनाहरूमा भएको क्षतिको क्षतिपूर्ति र राहतको आवश्यकता भइरहेका बेला विभिन्न पक्षहरूबाट सहयोग सुरू गरिएको छ।



यस्तै दुःखद घडीमा पीडितको घाउमा मलम लगाउन डोल्पाको ठूली भेरी नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष मनराम ठकुल्लाले एक महीनाको सेवा सुविधा बराबरको रकम, रू. २२,००० (बाइस हजार) बाढी पीडितको राहतका लागि सहयोग गरेका छन् ।

उनले सहयोग गर्दै सम्पूर्ण सहयोगी मनहरूलाई पनि विपद् प्रभावित काइके गाउँका पीडितहरूका लागि सक्दो सहयोग गर्न आग्रह समेत गरेका छन्।

हाल काइके गाउँपालिकामा राहत, उद्धार र पुर्नस्थापनाका कार्यहरू जारी छन्। स्थानीय सरकार, सुरक्षाकर्मी र सामाजिक संघसंस्थाहरूको समन्वयमा राहत वितरण कार्य सञ्चालन भइरहेको छ।
सहयोगको लागि












