ताजा
डोल्पाका यातायात प्रालिले नियमविपरीत कार्य गरे कारबाही गरिने प्रशासनको चेतावनी  ||    जुम्लामा जिल्ला स्तरीय छोरी सञ्जाल गठन, अध्यक्षमा हमाल चयन    ||    डोल्पामा गुडिरहेको ट्रयाक्टरबाट खस्दा एक जना घाइते  ||    डोल्पामा जेठ महिनामा लेक लागेर २ जनाको मृत्यु, १२ जना बिरामी  ||    विश्वले चिन्ने फोक्सुण्डो ताल आफ्नै प्रदेशको बजेटमा गायब  ||    कर्णालीको बजेट ३५ अर्ब ३९ करोड, चालु आवभन्दा ७.२८ प्रतिशत वृद्धि  ||    कर्णालीको डोल्पासहितका जिल्लामा जडीबुटी प्रशोधन केन्द्र स्थापना गर्न सांसद राणाको माग  ||    सुर्खेतमा जिल्लास्तरीय छोरी सञ्जाल गठन, अध्यक्षमा कोइराला चयन  ||   
शनिबार , असार ६, २०८३

जुम्ला:  जुम्ला बजार क्षेत्रमा चोरीका घटना बढ्दो क्रममा रहेका बेला अब धार्मिक स्थलहरू समेत सुरक्षित नरहने अवस्था देखिएको छ। जुम्ला सदरमुकामस्थित ऐतिहासिक चन्दननाथ मन्दिरमा दिउँसोको समयमा दानपेटीबाट रकम चोरी भएको घटना सार्वजनिक भएको छ।

 

मन्दिर व्यवस्थापन समितिका अनुसार, एक अज्ञात व्यक्तिले फलामको रड प्रयोग गरी दानपेटीभित्रको रकम चोरी गरेको दृश्य मन्दिर परिसरमा राखिएको सीसीटीभी क्यामरामा कैद भएको छ। मन्दिरका व्यवस्थापक रत्नप्रसाद आचार्यले घटनाबारे प्रहरीलाई जानकारी दिइसकेको बताए।

 

‘दानपेटीमा राखिएको केही रकम चोर्ने क्रममा उक्त व्यक्ति सीसी क्यामरामा प्रष्ट देखिन्छ,’ व्यवस्थापक आचार्यले भने। ‘हामीले तुरुन्तै प्रहरीलाई जानकारी गराएका छौं।’

 

यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरीक्षक (डीएसपी) रविन बाबु रेग्मीले घटनाबारे जानकारी प्राप्त भएको पुष्टि गरेका छन्। ‘सुरक्षालाई थप प्रभावकारी बनाउन निर्देशन दिइएको छ,’ उनले भने, ‘चोरीमा संलग्न व्यक्तिको खोजी तीव्र पारिएको छ।’

 

दिउँसो मानिसहरूको आवतजावत हुने मन्दिरमा खुल्ला अवस्थामा यस्तो घटना हुनु स्थानीय बासिन्दा र भक्तजनका लागि अचम्मको विषय बनेको छ। स्थानीय स्तरमा सुरक्षा चुनौती गहिरिँदै गएकोप्रति चिन्ता बढेको छ।

 

जिल्ला प्रहरी कार्यालयका अनुसार, जुम्ला बजार क्षेत्रमा हालसालै चोरी, झगडा तथा अन्य आपराधिक गतिविधिमा वृद्धि भएको छ। यसको प्रमुख कारण बजार क्षेत्रमा पर्याप्त संख्यामा सीसीटीभी क्यामरा नहुनु हो।

 

प्रहरीले जनशक्ति अभाव र प्राविधिक स्रोतसाधनको कमीले अपराध नियन्त्रणमा समस्या भइरहेको बताउँदै आएको छ। स्थानीय व्यापारी तथा सर्वसाधारणले समेत सार्वजनिक स्थानहरूमा सुरक्षा निगरानीको लागि सीसीटीभी जडान आवश्यक भएको माग गरिरहेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पामा जुवा खेल्दै गरेका ६ जना नगदसहित पक्राउ

डोल्पाका यार्सापाटनमा लुकीछिपी प्रवेश गर्न खोज्ने १५ जना पक्राउ

डोल्पाबाट पञ्चकोशी दर्शन गर्न दैलेख पुगेका एक तीर्थालुको पानीमा डुबेर मृत्यु

डोल्पामा लुकीछिपी यार्सागुम्बा चोर्न जाने ८ जना पक्राउ 

सांसद बूढाको नेतृत्वमा डोल्पाका लागि अर्बौँका पूर्वाधार योजनाको माग 

डोल्पामा संगठन विस्तार गर्दै रास्वपा, पहिलो पटक तदर्थ समिति गठन 


TOP