डोल्पा:डोल्पाको काईके गाउँपालिका–४ रिव गाउँमा असार १२ गते राति परेको अविरल वर्षाका कारण बाढी तथा पहिरो जाँदा ठूलो क्षति पुगेको छ। घटनामा ५३ घरधुरीका ३०० भन्दा बढी नागरिक विस्थापित भएका छन्। बाढीका कारण विद्यालयसहित धेरै घरहरू लेदोले पुरिएका छन्।



प्राकृतिक विपद् पछिको राहत तथा उद्धार कार्यलाई सहज बनाउन ठूलीभेरी नगरपालिकाले २ लाख ५० हजार सहयोग गर्ने घोषणा गरेको छ। ठूलीभेरीका नगरप्रमुख श्वबर्ण कुमार बुढाले छिमेकीको पीडामा छिमेकीले साथ दिनु पर्ने भन्दै नगरपालिकाको तर्फबाट सहयोगको प्रतिबद्धता जनाएका हुन।

बाढी पीडितको सहयोगका लागि काईके गाउँपालिकाले नेपाल बैंकमा ‘बाढी राहत कोष’ खाता सञ्चालनमा ल्याएको छ, जसमा इच्छुक जो कोहीले सहयोग गर्न सक्ने काइके गाउँपालिका अध्यक्ष अध्यक्ष रानाले जानकारी गराए।
सहयोगको लागि












