ताजा
डोल्पाका यातायात प्रालिले नियमविपरीत कार्य गरे कारबाही गरिने प्रशासनको चेतावनी  ||    जुम्लामा जिल्ला स्तरीय छोरी सञ्जाल गठन, अध्यक्षमा हमाल चयन    ||    डोल्पामा गुडिरहेको ट्रयाक्टरबाट खस्दा एक जना घाइते  ||    डोल्पामा जेठ महिनामा लेक लागेर २ जनाको मृत्यु, १२ जना बिरामी  ||    विश्वले चिन्ने फोक्सुण्डो ताल आफ्नै प्रदेशको बजेटमा गायब  ||    कर्णालीको बजेट ३५ अर्ब ३९ करोड, चालु आवभन्दा ७.२८ प्रतिशत वृद्धि  ||    कर्णालीको डोल्पासहितका जिल्लामा जडीबुटी प्रशोधन केन्द्र स्थापना गर्न सांसद राणाको माग  ||    सुर्खेतमा जिल्लास्तरीय छोरी सञ्जाल गठन, अध्यक्षमा कोइराला चयन  ||   
शनिबार , असार ६, २०८३

डोल्पा : गत असार १२ गते राति परेको अविरल वर्षाका कारण काइके गाउँपालिका–४ रिवा गाउँका दलित बस्ती लगायत विभिन्न स्थानहरूमा आएको बाढी र पहिरोले स्थानीय भौतिक पूर्वाधारमा ठूलो क्षति पुर्‍याएको छ। बाढीले गाउँ बस्तीका घर, खेतबारी, सडक तथा अन्य संरचनाहरूमा भएको क्षतिको क्षतिपूर्ति र राहतको आवश्यकता भइरहेका बेला विभिन्न पक्षहरूबाट सहयोग सुरू गरिएको छ।

यस्तै दुःखद घडीमा पीडितको घाउमा मलम लगाउन डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका वडा नं ०२ का अध्यक्ष टंक बहादुर थापा ‘ विकास’ ले एक महीनाको सेवा सुविधा र आफूले पाउने २-३ दिन बराबरको भत्ता  रकम, रू. २५,००० (पच्चीस हजार) बाढी पीडितको राहतका लागि सहयोग गरेका छन् ।

उनले सहयोग गर्दै सम्पूर्ण सहयोगी मनहरूलाई पनि विपद्‌ प्रभावित काइके गाउँका पीडितहरूका लागि सक्दो सहयोग गर्न हार्दिक आग्रह गरेका छन्।

 

हाल काइके गाउँपालिकामा राहत, उद्धार र पुर्नस्थापनाका कार्यहरू जारी छन्। स्थानीय सरकार, सुरक्षाकर्मी र सामाजिक संघसंस्थाहरूको समन्वयमा राहत वितरण कार्य सञ्चालन भइरहेको छ।

सहयोगका लागि 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पामा जुवा खेल्दै गरेका ६ जना नगदसहित पक्राउ

डोल्पाका यार्सापाटनमा लुकीछिपी प्रवेश गर्न खोज्ने १५ जना पक्राउ

डोल्पाबाट पञ्चकोशी दर्शन गर्न दैलेख पुगेका एक तीर्थालुको पानीमा डुबेर मृत्यु

डोल्पामा लुकीछिपी यार्सागुम्बा चोर्न जाने ८ जना पक्राउ 

सांसद बूढाको नेतृत्वमा डोल्पाका लागि अर्बौँका पूर्वाधार योजनाको माग 

डोल्पामा संगठन विस्तार गर्दै रास्वपा, पहिलो पटक तदर्थ समिति गठन 


TOP