ताजा
डोल्पाका यातायात प्रालिले नियमविपरीत कार्य गरे कारबाही गरिने प्रशासनको चेतावनी  ||    जुम्लामा जिल्ला स्तरीय छोरी सञ्जाल गठन, अध्यक्षमा हमाल चयन    ||    डोल्पामा गुडिरहेको ट्रयाक्टरबाट खस्दा एक जना घाइते  ||    डोल्पामा जेठ महिनामा लेक लागेर २ जनाको मृत्यु, १२ जना बिरामी  ||    विश्वले चिन्ने फोक्सुण्डो ताल आफ्नै प्रदेशको बजेटमा गायब  ||    कर्णालीको बजेट ३५ अर्ब ३९ करोड, चालु आवभन्दा ७.२८ प्रतिशत वृद्धि  ||    कर्णालीको डोल्पासहितका जिल्लामा जडीबुटी प्रशोधन केन्द्र स्थापना गर्न सांसद राणाको माग  ||    सुर्खेतमा जिल्लास्तरीय छोरी सञ्जाल गठन, अध्यक्षमा कोइराला चयन  ||   
शनिबार , असार ६, २०८३

पूर्ण सार्की/डोल्पा : डोल्पा जिल्लामा पहिलो पटक जुवा तास खेल्ने व्यक्तिहरूलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय डोल्पाबाट खटिएको प्रहरी टोलीले गोप्य सूचनाको आधारमा डोल्पाको ठुलीभेरी नगरपालिका–३ स्थित दुनै बजारमा रहेको ‘बि एन्ड बी होटल’को तेस्रो तल्लामा छापा मारी पाँच जना व्यक्तिलाई नियन्त्रणमा जिल्ला प्रहरी कार्यालय डोल्पाले जानकारी दिएको छ।

 

मंगलबार  राति करिब ९:४५ बजे तिर गरिएको छापाका क्रममा प्रहरीले उनीहरु सगै नगद रु १,१८,२७५ (एक लाख अठार हजार दुई सय पचहत्तर) बरामद गरेको छ। साथै, घटनास्थलबाट २ गड्डी नखोलेको र ४–५ गड्डी खुला तास पनि फेला परेको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक रूक बहादुर खड्काले जानकारी दिए।

पक्राउ पर्नेमा रुकुम पुर्वको पुथाउत्तरगंगा गा.पा. ८ का  ३३ वर्षीय अञ्चल मल्ल,डोल्पा त्रिपुरासुन्दरी न.पा. ११ का  २० वर्षीय  नरकर्ण पुन, काईके गा.पा. ३ का  ३३ वर्षीय राजु बुढा,ठुलिभेरी न.पा. ३ का  ३६ वर्षीय सट कुमार बोहोरा र जुम्ला पातारासी गा.पा. ४का ३२ वर्षीय प्रदिप बोहोरा रहेका छन्।

जिल्ला प्रहरी कार्यालय डोल्पाका अनुसार पक्राउ परेकाहरूले मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ बमोजिम ‘जुवा खेल्न नहुने वा सट्टाबाजी गर्न नहुने’ कसुर अन्तर्गत म्याद थप गरी अनुसन्धान थालिएको छ। प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरूले नगद र बैंक कारोबार दुवै माध्यमबाट जुवा तास खेलिरहेको पुष्टि भएको प्रहरीले जनाएको छ।

 

डोल्पा जस्तो दुर्गम जिल्लामा पहिलो पटक यस्ता गतिविधिमा संलग्न व्यक्तिहरू पक्राउ परेका छन्, जसले जिल्लामा गैरकानुनी गतिविधिहरू बढ्दो अवस्थामा रहेको संकेत गरेको प्रहरीको भनाइ छ। प्रहरीले जुवा तथा सट्टाबाजी जस्ता अवैध गतिविधिहरू नियन्त्रणमा कडाइ गर्ने जानकारी समेत दिएको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पामा जुवा खेल्दै गरेका ६ जना नगदसहित पक्राउ

डोल्पाका यार्सापाटनमा लुकीछिपी प्रवेश गर्न खोज्ने १५ जना पक्राउ

डोल्पाबाट पञ्चकोशी दर्शन गर्न दैलेख पुगेका एक तीर्थालुको पानीमा डुबेर मृत्यु

डोल्पामा लुकीछिपी यार्सागुम्बा चोर्न जाने ८ जना पक्राउ 

सांसद बूढाको नेतृत्वमा डोल्पाका लागि अर्बौँका पूर्वाधार योजनाको माग 

डोल्पामा संगठन विस्तार गर्दै रास्वपा, पहिलो पटक तदर्थ समिति गठन 


TOP