ताजा
डोल्पाका यातायात प्रालिले नियमविपरीत कार्य गरे कारबाही गरिने प्रशासनको चेतावनी  ||    जुम्लामा जिल्ला स्तरीय छोरी सञ्जाल गठन, अध्यक्षमा हमाल चयन    ||    डोल्पामा गुडिरहेको ट्रयाक्टरबाट खस्दा एक जना घाइते  ||    डोल्पामा जेठ महिनामा लेक लागेर २ जनाको मृत्यु, १२ जना बिरामी  ||    विश्वले चिन्ने फोक्सुण्डो ताल आफ्नै प्रदेशको बजेटमा गायब  ||    कर्णालीको बजेट ३५ अर्ब ३९ करोड, चालु आवभन्दा ७.२८ प्रतिशत वृद्धि  ||    कर्णालीको डोल्पासहितका जिल्लामा जडीबुटी प्रशोधन केन्द्र स्थापना गर्न सांसद राणाको माग  ||    सुर्खेतमा जिल्लास्तरीय छोरी सञ्जाल गठन, अध्यक्षमा कोइराला चयन  ||   
शनिबार , असार ६, २०८३

पूर्ण सार्की: हिमाली जिल्ला डोल्पाको तत्कालीन दुनै गाविस वडा नं. २ र ३ मा अस्तित्वमै नरहेको विद्यालय देखाएर सरकारी रकम हिनामिना गरेको आरोपमा चारजनाविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दिएको जानकारीअनुसार, उक्त ठाउँमा ‘दुर्गा प्राथमिक विद्यालय, तिप्ला’ नामक विद्यालय अस्तित्वमै नरहे पनि सोही नाममा २ कोठे विद्यालय भवन निर्माणको योजना पारेर रु. ७ लाख ६० हजार रकम हिनामिना गरिएको पुष्टि भएको छ।

आयोगको अनुसन्धानका क्रममा हालको डोल्पा जिल्ला ठूलीभेरी नगरपालिका वडा नं. ४ (साविक दुनै गाविस वडा नं. २ र ३) मा ‘दुर्गा प्रा.वि.’ नामको कुनै विद्यालय सञ्चालनमा नरहेको, र त्यहाँ केवल ‘श्री लालिगुँरास आधारभूत विद्यालय’ मात्र रहेको पुष्टि भएको छ। त्यसैगरी, सो क्षेत्रका लागि शान्ति तथा पुनर्निर्माण मन्त्रालयबाट कुनै पनि रकम विनियोजन नभएको र विद्यालय भवनसमेत नबनेको जिल्ला शिक्षा कार्यालय, डोल्पाको पत्र तथा अख्तियारको प्राविधिक टोलीको स्थलगत निरीक्षणबाट पुष्टि भएको आयोगले जानकारी दिएको छ।

अनुसन्धानका आधारमा अख्तियारले जिल्ला प्राविधिक कार्यालय, दुनै डोल्पाका तत्कालीन कार्यालय प्रमुख ईन्जिनियर रविचन्द्र पजियार, लेखापाल मनिराम कुर्मी, उपभोक्ता समितिका अध्यक्ष नन्दसिंह बुढा र कोषाध्यक्ष संगिता बुढालाई योजनाबद्ध ढंगले झुट्टा कागजात तयार गरी काल्पनिक उपभोक्ता समिति गठन गरेर भ्रष्टाचार गरेको ठहर गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो।

उनीहरूले आपसी मिलेमतोमा दुर्गा प्रा.वि.का लागि भवन बनेको देखाएर नक्कली कागजात तयार पारेर चेकमार्फत रु. ७,६०,००० रकम भुक्तानी लिएको अख्तियारको दाबी छ।

चारै जनाविरुद्ध जनही ७ लाख ६० हजार रुपैयाँ बराबरको बिगो माग गर्दै अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डोल्पामा जुवा खेल्दै गरेका ६ जना नगदसहित पक्राउ

डोल्पाका यार्सापाटनमा लुकीछिपी प्रवेश गर्न खोज्ने १५ जना पक्राउ

डोल्पाबाट पञ्चकोशी दर्शन गर्न दैलेख पुगेका एक तीर्थालुको पानीमा डुबेर मृत्यु

डोल्पामा लुकीछिपी यार्सागुम्बा चोर्न जाने ८ जना पक्राउ 

सांसद बूढाको नेतृत्वमा डोल्पाका लागि अर्बौँका पूर्वाधार योजनाको माग 

डोल्पामा संगठन विस्तार गर्दै रास्वपा, पहिलो पटक तदर्थ समिति गठन 


TOP